फूलको सौन्दर्यता : सजावट मात्रै होइन, अचुक औषधी पनि

यो समाचार 1787 पटक पढिएको

सामान्य स्वास्थ समस्यादेखि क्यान्सरसम्ममा फूल उपयोगी

लेखनाथ पोखरेल । काठमाडौं

हामीले आफ्नै गाउँघरमा फुल्ने फूलहरु सुन्दरताका प्रतिकमात्रै होइनन्,औषधीसमेत हुन् भन्ने धेरैलाई जानकारी हुनसक्छ । किनभने गाउँदेखि शहरसम्म अधिकांस फूलहरु सजावटमात्रै प्रयोग गरिँदै आएको छ भने सजावटकै वस्तुका रुपमा फूलहरुको व्यवसायिक उत्पादन गर्ने गरिएको पाइन्छ । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बीँड भने जस्तै आफ्नै करेसावारीमा उपलव्ध फूल औषधीका रुपमा प्रयोग गर्न सकिने भए पनि चेतनाको अभावमा सामान्य स्वास्थ समस्यामासमेत औषधि पसल धाउने प्रचलन रहँदै आएको छ । वनस्पत्ती विज्ञका अनुसार आफ्नै करेसावारी वा नजिकको वनपाखामा फूल्ने फूलहरु सामान्य स्वास्थ समस्यादेखि क्यान्सरमासमेत उपयोगी रहेका छन् ।

हुन त सबै किसिमका खाद्यन्न तथा वनस्पतिमा केही न केही औषधीय गुण रहेको हुन्छ तर यहाँ चलन चल्तीमा रहेका फूलको मात्रै चर्चा गरिएको छ । धेरै वर्षअघि गोदावरी फूल चीनमा औषधिका रुपमा प्रयोग हुने गर्दथ्यो । सबैभन्दा बढी चियाका रुपमा प्रयोग गरिने गोदावरी फूल टाउँको दुखेमा ज्वरो आएमा, आँखा सुन्निएमा र तनाव निकै लाभकारी हुने बनस्पती विज्ञ कुबेर जंग मल्ल बताउछन् । उनको अनुसार तत्कालिन समयमा गोदावरी फूल औषधिका रुपमा प्रयोग हुँदै आएको र पछिमात्रै फूलका रुपमा गर्न थालिएको हो ।

त्यस्तै सयपत्री फूल कलेजाका विरामीका लागि निकै उपयोगी हुन्छ । कलेजोको पत्थरी हटाउन सयपत्री फूलको रस लाभकारी हुन्छ । गाउँघरतिर सयपत्री फूलको रंग बनाउने प्रचलन पनि रहेको छ । सयपत्रीफूल लामखुट्टे भगाउने औषधिका रुपमा पनि प्रयोग हुने गरेको छ । सयपत्री प्रजातिमै पर्ने पाइरथाम भन्ने फूलबाट लामखुटट्े धपाउने पाइरोथाम नामक औषधि बनाइन्छ ।

त्यस्तै असर्फी फूल अर्थात क्यालेन्डुला पनि रंग बनाउन र किराले टोकेकोमा प्रयोग हुन्छ । अनुहार चम्काउन र घाउ खटिरा हटाउन फेसियलका रुपमा पनि यसलाई प्रयोग गरिन्छ । नौरंगी अर्थात कर्नफ्लावर पनि कलेजो रोगका औषधिका साथै फेसियलमा पनि प्रयोग हुन्छ । महिलाको महिनावारी समस्यामा पहेलो जाइ फूलको रस निकै उपयोगी हुन्छ ।

त्यस्तै जुही अर्थात हनि सकल नामक फूल उच्चरक्तचापका विरामीका साथै छालालाई पोल्ने समस्यामा पनि प्रयोग गर्न सकिन्छ भने कमलको फूलको वीउ कमलपित रोगमा बढी प्रयोग हुने गरेको छ । कमलको फूल भने विभिन्न किसिमको ज्वरो, ब्रोङकाइटिस् र झाडापखालामा औषधिका रुपमा प्रयोग गरिन्छ । युरोपियन मुलुकहरुमा सलादका रुपमा सबैभन्दा बढी प्रयोग हुने नास्टरसियम इन्फलुयान्जा तथा पिसाव नलीको इन्फेक्सनमा निकै प्रभावकारी मानिन्छ । यसको स्वाद मुलाको पातको जस्तै पिरो पिरो हुने भएकोले युरोपियनहरुले विहानको खाजामा सलादका प्रयोग गर्दै आएका छन् ।

त्यस्तै सूर्यमुखी फूल पनि महिनावरी, टन्सिल, गीजा रोग, घाँटीको समस्यामा निकै उपयोगी हुने गरेको छ । माछा खाँदा माछाको काँडा अडकियो भने लालीगुरास लालीगुराँसको नाम लिएमात्रै पनि हराउँछ भन्ने मान्यता रहँदै आएको छ । लालीगुराँस फूलमा माछाको काँडा गलाउने एसिड हुने भएकोले निकै उपयोगी हुने वनस्पतीविज्ञ मल्ल बताउँछन् ।

त्यस्तै प्रेमको प्रतिक गुलाफले वास्नाले नै खुशी बनाउने र फूलले डिफ्रेसन नियन्त्रण गर्छ भ्यागुते फूल टयुमर र अल्सर विरामीका लाभकारी हुन्छ भने चाँपको सेवनले इनर्जी दिन्छ । त्यस्तै पुतली फूल अर्थात प्यान्जी फूल चिलाउने रोगमा प्रयोग गरिन्छ भने डेजी अर्थात ताराले शरिरमा रहेकोले टक्सिनका साथै कव्जियत हटाउन सहयोग गर्छ । पिताम्बर अर्थात क्यालिफोर्नियन पत्ति चिन्ता र अनिन्द्रा समस्यामा उपयोगी हुन्छ ।

ल्याभेन्डर फूल छाला रोग, टाउको दुख्ने समस्या, सामान्य डिप्रेसन र चाया हटाउन प्रयोग हुन्छ । विदेशमा पर्फयूम बनाउने ल्याभेन्डरको व्यवसायिकरुपमा खेती हुँदै आएको पनि उनले बताए । सुनाखरी भने बहुउपयोगी रहेको छ । सुनखरीको विरुवा क्यान्सर रोगको औषधिमासमेत प्रयोग हुँदै आएको छ । चियाका साथै च्यावनप्राशमा पनि यसको प्रयोग हुने गरेको छ । सुनाखरी बहुउपयोगी भएकै कारण नेपालबाट अबैधरुपमा चीनतर्फ जाने गरेको छ ।

साइटिसद्धारा प्रतिवन्धित सुनाखरीको फूल सोझै निर्यात गर्न पाइँदैन । प्रसोधन गरेरमात्रै निर्यात गर्न पाइन्छ । तर नेपालमा औषधिकै लागि भनेर यसको व्यवसायिक खेती गरिएको छैन । त्यसो त वनस्पतिको फूल, पात, जरा, डाँठमा फरक परक किसिमको औषधीय गुण पाइन्छ । नेपालका कति संख्या यस्ता औषधिय गुण भएका वनस्पती रहेका छन् भन्ने एकिन तथ्यांक छैन । वनस्पती विभागले ७ सय वनस्पतिमा औषधीय गुण रहेको तथ्यांक प्रस्तुत गरेको छ भने बनस्पति विज्ञहरुले भने हाल १ हजार ६ सयवटा वनस्पत्तिमा औषधीय गुण रहेको तथ्यांक प्रस्तुत गरेका छन् ।

फ्लार इसेन्स । पानीमा डुवाएर घाम राख्ने , २,३ घन्टामा भाइरेसन उत्पन्न गर्छ पानीमा मिसिन्छ। गुलाफ प्रेमभाव जगाउने । अन्य फूलहरुपनि छन् । इसेन्स बचाउनका लागि ब्राण्डीमा हालेर पनि खाने चलन चलेको छ । परफयूम त सबै फूल काम लाग्छ । कसैको पात, कसैको जरा, डाँठमा पनि औषधिय गुण हुन्छ । मेडिनियसनल ७ सय विरुवा छन भनेका बनस्पत्री विभागले । विदेशका विरुवा पनि समावेश छन् । अन्य विज्ञहरुले १६ सय विरुवामा औषधिय गुण भएको लेखेका छन् । ह्याण्डबुक अफ मेडिसिनल प्लान अफ नेपाल निकालेका छौ । विरुवासहितको छ । १६ सय विरुवासम्मको लेख्ने सोचाइ बनाएको छ । विरुवा देखाउन सक्दैनन् तर हामीले विरुवाको फोटोसमेत राखेका छ ।

जापानमा जडीबुटी खेतीसम्वन्धि तालिम लिएर आएको म । जाइकको सहयोगमा । अतिस भनको कस्तो हुन्छ भन्छन् तर फोटो हुँदैन । अन्यको पनि वोट कस्तो हुन्छ भनेर सोध्ने गर्थे । जापानी र नेपाली मिलेर निकालेको छ पुस्तक । नेपाली विरुवा कति औषधिमा प्रयोग हुन्छन् भन्ने एकिन तथ्यांक छैन । मकै गहुँ पनि औष्ािधय गुण छ । मकै गहुँ, जौ सवैमा औषधीय गुण छ । लालुपाते को दूध प्वाइजनमा प्रयोग हुन्छ । काँडा विजेको छ भने घाउ पकाउछ । काँडा झिक्न सजिलो हुन्छ ।