नेपालमा कफी लगानी सम्मेलन हुँदै

यो समाचार 107 पटक पढिएको

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास वोर्डले कफी लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।

कफी खेतीमा निजी क्षेत्रलाई लगानी गर्न अभिप्रेरित गर्ने उद्देश्यका साथ कफी सम्मेलन आयोजना गर्न लागिएको वोर्डका निर्देशक दिपक खनालले जानकारी दिएका छन् । सम्मेलन आगामी मार्च महिनामा हुने उनले बताए ।

अन्तराष्ट्रिय बजारमा नेपाली कफीको उच्च माग भएपनि उत्पादन बढ्न नसकेका कारण नेपालले कफीबाट अपेक्षाअनुसार फाइदा लिन नसकेको उनले बताए । उनका अनुसार अन्तराष्ट्रिय बजारमा ८ हजार मेट्रिक टन नेपाली कफीको माग रहेको छ तर नेपालको उत्पादन ५ सय १३ मेट्रिक टन मात्र छ ।

उनले भने– अहिले कफी फार्मिङमा साना किसानमात्रै छन्, सोही कारण व्यवसायिकरुपमा यसको खेती विस्तार हुनसकेन । यसको ठूलो स्केलमा फार्मिङ गरेर कफीको उत्पादन बढाउन ठूला व्यवसायिक घरानालाई आकर्षित गर्नुपर्ने देखिएको छ । त्यसो त नेपालमा कफी कल्चरको अझै विकास हुन सकेको छैन, विदेशमा जस्तो कफी खानैपर्ने कफी संस्कृतिको विकासका लागि र सचेतनाका लागि कफी शिक्षा र कफीको अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने नेशनल कफी एकेडेमीका अध्यक्ष डा. राजकुमार बन्जारा बताउँछन् । नेपालमा ९० हजार मेट्रिक टन कफी उत्पादनको संभावना रहेको विज्ञहरुले बताएका छन् । कतिपयले भने कृषिको व्यवसायिककीरणका लागि नेपाली सेनालाई पनि उत्पादनमा लगाउनुपर्ने बताएका छन् ।

हाल नेपालको २ हजार ६ सय ५० हेक्टरमा कफीखेती हुँदै आएको छ । राष्ट्रिय चिया तथा कफी विकास वोर्डका अनुसार अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०७३ ।०७४मा २ हजार ६ सय ४६ हेक्टर, आर्थिक वर्ष २०७२ ।०७३ मा २ हजार १ सय १८ हेक्टर र आर्थिक वर्ष २०७१ ।०७२ मा २ हजार ३ सय ८१ हेक्टरमा खेती भएको थियो । कफीको निर्यातसमेत पनि न्यून रहेको छ । गत आर्थिक वर्ष २०७४ ।०७५ मा जम्मा ८४ मेट्रिक टनमात्रै निर्यात भएको छ । अघिल्लो वर्ष ९९ मेट्रिक टन र २०७२ ।०७३ मा १ सय ५ मेट्रिक टन कफी निर्यात भएको थियो । निर्यातको तुलनामा आयातको हिस्सा दोव्वरभन्दा बढी रहेको छ । गत आर्थिक वर्ष १ सय ६३ मेट्रिक टन कफी आयात भएको थियो ।

कफी क्यू ग्रेडिङ तालिम हुँदै
नेपालमै पहिलोपटक कफी क्यू ग्रेडिङ तालिम सञ्चालन हुने भएको छ । नेशनल कफी एकेडेमीले आगामी फागुन ७ गतेदेखि एकसाता लामो अन्तराष्टियस्तरको कफी क्यू ग्रेडिङ तालिम सञ्चालन गर्ने भएको हो । त्यस्तै माघ २९ गतेदेखि फागुन ३ गतेसम्म कफीसँग सम्वन्धित ब्रुइङ फाउन्डेसन र इन्टरमिडिएट तालिम पनि सञ्चालन हुने आयोजकले जनाएको छ । नेपाली कफीको गुणस्तरीय उत्पादन, गुण स्तरोन्नती र अन्तराष्र्टिय बजारमा बजारमा प्रवद्र्धन गर्नसक्ने जनशक्ति उत्पादन गर्न अमेरिकाको कफी क्वालिटी इन्ष्टिच्यूट( सीक्यूआइ) र स्पेसलिष्ट कफी एसोसिएसन(एससीए)सँगको सहकार्यमा नेशनल कफी एकेडेमीले तालिम आयोजना गर्न लागेको हो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :