कसले खायो एक करोडको जैतुनको बिरुवा ?

यो समाचार 3878 पटक पढिएको

काठमाडौं । सरकारले कृषिको विकासका लागि जति लगानी गरेको छ, त्यो सबै बालुवामा पानी जतिको पनि भएको छैन । बरु वालुवामा पानी खन्याएमा त्यसको केही उपलब्धी सम्भव होला । तर, नेपालमा कृषिका कर्मचारी र प्राविधिकहरुको भ्रष्ट मनोवृत्तिले गर्दा नेपालको कृषि क्षेत्र खरानी पथमा लम्किदै छ ।

कृषि खरानी पथमा लम्किएको कुरा अन्त कतै केही आंकडा नहेरी प्रत्येक वर्ष कृषिमा लगानी गरएिको पूँजीगत खर्च र त्यसबाट प्राप्त प्रतिफलको समिक्षा गरे स्पष्ट हुन्छ ।

कृषिमा हुने लुटतन्त्रको एउटा सानो उदाहरण यस्तो छ । कृषि विकास मन्त्रालयले गत आर्थिक वर्षको अन्त्यमा रातारात करिब एक करोडको जैतुनको विरुवा किसानका लागि अनुदानमा वितरण गर्ने गरी खरिद गर्यो । मन्त्रालयको फलफूल विकास निर्देशनालय किर्तिपूरले आफैंले नर्सरी उत्पादन गरी किसान सम्म पुर्याउन छाडिसकेको छ ।

जैतुनको विकासका लागि ईटाली सरकारले १२ वर्ष अगाडि बाजुराको कोल्टीस्थित जनप्रकाश उच्च माध्यमीक विद्यालयमा जैतुन खेतीको परीक्षण गरेको थियो । जुन जैतुन खेती सफल पनि भएको थियो । बाजुरामा जैतुन खेती परीक्षण भए पश्चात परियोजनाले भौतिक पूर्वाधारसहितको सरकारलाई जिम्मा लगाएको थियो । जैतुनको सम्भावना धेरै भएकाले कृषि विकास मन्त्रालयको कार्यालयमा जैतुनले प्राथमिकता पायो ।

सरकारले विरुवा उत्पादन गर्नका लागि मकवानपुरको चित्लाङमा पनि लगानी गर्यो । तर न त विरुवा फस्टायो न त नर्सनी नै । चित्लाङमा नर्सरी विकास हुन सकेन । फलस्वरुप आर्थिक वर्षमा जैतुनको विरुवा खरिद गरी अनुदानमा वितरण गर्ने योजना सहित मन्त्रालयले करिब १ करोड रुपैयाँ विनियोजन समेत गरेको थियो । पश्चिमी पहाडी जिल्लामा जैतुनको नर्सरी स्थापनाका लागि २ वर्ष देखि बाजुरामा कार्यालयनै खडा गरियो तर जैतुनको विकास हुन सकेन् ।

सरकारले नर्सरीको विकास गनुपर्ने थियो । तर, गतबर्ष करिब १ करोडको लागतमा १७ हजार विरुवा खरिद गर्ने टेन्डर निकालियो । टेन्डर प्रक्रियाको नाटक गर्दै स्टेशनरी सप्लार्यसबाट जैतुनका विरुवा किन्ने काम फलफूल निर्देशनालयले गर्यो । निर्देशनालयका अनुसार बाजुरामा ४ हजार, बझाङमा २ हजार, डोल्पामा २ हजार, जाजरकोटमा २ हजार, कालिकोटमा २ हजार, रुकुममा ३ सय, मनाङमा ३ सय, खोटाङमा ३ सय, मुगुमा ३ सय विरुवा वितरण गरिएको रेर्कड कागजमा राखिएको स्रोत बताउछ ।

यहि हिसावले गर्दा पनि २ हजार १ सय विरुवा गायव भएको देखिन्छ । प्रति विरुवा ४ सय ९३ रुपैयाँमा खरिद गरिएको दोिइएको छ भने सो विरुवा संकट मोचा कार्की सप्लायर्सले फलफूल विकास निर्देशनालयलाई उपलबध गराएको थियो । स्रोत भन्छ फलफूल निर्देशनालयका निमित्त प्रमुख रामजी देवकोटाले उपलब्ध गराएको विवरण अनुरुप त बाजुरामा सो संख्याको जैतुनको विरुवा पुगेको छ न जाजरकोट र डोल्पामा नै ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :