यसरी गरौं जाडो मौसममा छालाको हेरचाह

यो समाचार 240 पटक पढिएको

मङ्सिर सुरु भयो कि जाडो मौसमको हाम्रो शरिरले अनुभूत गर्न थाल्छ । यस मौसममा हामीले आफनो छालाको केयर गर्नु पर्ने हुन्छ ,साथ साथै जाडोमा कसरी आफनो सुन्दरतालाई निखार ल्याउनु भन्ने समस्याले धेरैलाई चिन्ता बनाइरहेको हुन्छ ।

व्युटि़शियन जुली प्याकुरेल

यस्तै जाडो लाग्ने बित्तिकै बजारमा सयौ कस्मेटिक समानहरुको बिज्ञापन आउने गरेको छ । तर, हाम्रो घरमै सहज रूपमा उपलब्ध हुने तेलहरुको फाइदाबारेमा भने धेरै जसो अनविज्ञ हुने गरेका छौ ।

कस्मेटिकभन्दा घरमै पाइने घरेलु उपचार सुन्दरतामा निखार ल्याउन अझ बढी प्रभावकारी भूमिका खेलेको हुन्छ । तेलले छालामा स्वच्छ तथा चमक प्रदान गर्नुका साथै ओठलाई नरम, नङलाई बलियो बनाउन पनि एकदमै उपयोगी मानिन्छ ।

जाडोमा त्वचालाई आफनौ घरमा पाइने सस्तो र राम्रो उपाय हरुको यस्ता रहेका छन् । जाडो मौसममा छालालाई चिसोबाट जोगाउन एक चम्चा क्यास्टर ओयल र आधा चम्चा गुलाबजल मिलाउने । त्यसलाई हरेक रात सुत्नुअघि अनुहारमा लगाउने र बिहान मनतातो पानीले पखाल्ने । घामले डढेको छाला छ भने त्यसलाई हटाउन जैतुनको तेल र भेनेगर बराबर मात्रा मिसाउने र नुहाउनु एक घण्टा अगाडि त्यसलाई लगाउने ।

सुख्खा छालाका लागि जैतुनको तेलमा नरम कपडा भिजाएर नाक र आँखा भएको ठाउँमा प्वाल बनाएर अनुहारलाई छोप्ने । आधा घण्टापछि सफा कपडाले पुछ्ने । यो प्रक्रिया राति सुत्नुअघि गर्ने र बिहान उठेर मनतातो पानीले अनुहार धुने । एन्टी रिङ्कल क्रिम बनाउन एक चम्चा जैतुनको तेल र अण्डा मिसाएर अनुहार तथा घाँटीमा लगाई त्यसलाई सुक्न दिने । सुकेपछि तातो पानीमा एक चम्चा सोडा मिसाई कटनले राम्ररी पुछ्ने ।

सबैभन्दा राम्रो ब्युटी मास्क बनाउन एक चम्चा चनाको पिठोमा सुन्तला बोक्राको पाउडर, जैतुनको तेल र एक चम्चा मोही मिसाउने । यो लेपलाई आफ्नो अनुहार तथा घाँटीमा लगाउने र सुकेपछि हातले रगड्ने । त्यसपछि मनतातो पानीले अनुहार सफा गरी चिसो पानीले मुख धुने । यसले तपाईंको अनुहारमा भएको दाग हटाउन पनि मद्दत गर्छ ।साथै तपाईंको छालालाई नरम तथा चमक प्रदान गर्छ ।

अनुहारमा धेरै दाग छन् भने पहिला १० मिनेट बाफ लिने । राम्ररी क्लिन्जिङ गरी नरम कपडाले पुछ्ने ।त्यसपछि एक चम्चा जैतुनको तेलमा आधा चम्चा कागतीको रस मिसाएर अनुहारमा मसाज गरी २० मिनेटपछि अनुहारमा आइस ५ मिनेटसम्म राख्ने ।

अनुहारमा कालो धब्बा तथा सुख्खा छ भने एक चम्चा चनाको पिठोमा एक चम्चा बेसार, केही थोपा कागतीको रस, आधा चम्चा जैतुनको तेल र दूध मिसाएर लेप तयार गरी अनुहारमा आधा घण्टा राखेर सफा गर्ने । अनुहारमा नरमपना तथा चमक ल्याउन राति सुत्नुअघि बेबी ओयल अनुहार तथा घाँटीमा लगाउने ।

सुख्खा तथा फुटेको छालामा एक चम्चा बदामको तेल, कागतीको रस र दूधको क्रिम राखेर लेप तयार पार्ने । त्यसलाई हरेक रात सुत्नुअघि आफ्नो अनुहार तथा घाँटीमा लगाउने ।

सुख्खा छालालाई सफा राख्न अण्डाको पहेँलो भाग, आधा चम्चा जैतुनको तेल र कागतीको रस मिसाएर अनुहारमा सुत्नेबेला लगाउने। यी सब कुरा गर्नुभयो भने पक्कै पनि जाडोको समयमा तपाईको छालाको चमक र सुन्दरता कसरी जोगाउने भन्ने समस्या समाधान भएर जान्छ ।

यो जानकारी व्युटि़शियन जुली प्याकुरेल बाट लिएको हो उनि पुर्बान्चलमा निकै चर्चित व्युटि़शियन मध्ये एकमा पार्छिन । उनले विराटनगरमा apls beauty parlour and gents salon बाट महिला पुरुष दुबै लाई सौर्न्दर्य सेवा प्रदान गर्दै आएकी छिन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :