यस्तो छ, पोलेको मकै खानुका आश्चर्यजनक फाइदाहरु !

यो समाचार 1439 पटक पढिएको

अहिले वर्षायाम चलिरहेको छ । हुन त यो महिना पानी पर्ने होइन तर अहिलेको मौसममा लगातार जसो पानी परेर मौसम बदलिएको छ । वर्षाको मौसममा तपाईँलाई सबैभन्दा बढी के खान मन पर्छ ? प्रायःजसोले वर्षाको मौसममा तातो–तातो पकोडा, कफी वा चिया खान मन पराउँछन् तर बर्षायाममा पोलेको मकै खानुको छुट्टै आनन्द छ । हामी रहरले पोलेको मकै खाने गर्छौँ । किनभने पोलेको मकैको स्वाद नै मिठो हुन्छ । मधुरो आगोमा पोलेको मकैमा नुन र कागती हालेर खाँदा त्यसको स्वाद अझ बढ्छ । तर, कहिल्यै सोच्नु भएको छ पोलेको मकै खानाले हाम्रो स्वास्थ्यलाई कतिको फाइदा हुन्छ भनेर ?

मकैलाई हामीले पोलेर, उसिनेर, भुटेर वा मकैंको पिठोबाट विभिन्न प्रकारका परिकार बनाएर खान सक्छौं । नेपालको अधिकाँश स्थानहरुमा खेती हुने प्रमुख बाली मकैं खानु हाम्रो स्वास्थ्यको लागि निकै उपयोगी मानिन्छ । मकैंमा शरीरको पोषणको लागि जरुरी सबै प्रकारका मिनरल हुन्छन् । यो एक यस्तो पौष्टिक आहार हो जसको सेवन तपाई जहिले पनि र जतिखेर पनि गर्न सक्नुहुनेछ । आयुर्वेदमा मकै खानुको अनेक फाइदा हुन्छ भनेर उल्लेख गरिएको छ । पोलेको मकै खानाले प्यास लागेको बेला पानीको मात्रा पुरा गर्छ । मकै एक यस्तो तत्व हो जसमा पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्छ । पोलेको मकैमा क्यारेटोनोइड र भिटामिन ए को राम्रो स्रोत हुन्छ ।

जानी राखौं पोलेको मकै खानुको फाइदा :

१. पोलेको मकै खानाले दाँत बलियो हुन्छ ।

२. मकै खाइ सकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।

३. त्यति मात्र नभई मकैको खोयालाई सुखाएर जलाएर त्यसको धुँवा सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्याउँछ । त्यसबाहेक यसले खोकी लागेको मा पनि निको हुन्छ ।

४. पोलेको मकैमा पर्याप्त मात्रामा एन्टी–अक्सीडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग पनि लड्नमा मद्दत गर्छ ।

५. बच्चाहरुको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ त्यसैले पोलेको मकै खाँदा मुटुपनि स्वस्थ रहन्छ ।

६. कोलेस्ट्रोल कम गर्छ
शरीरमा जम्मा भएको अतिरिक्त फ्याट अर्थात कोलेस्ट्रोललाई कम गर्ने सबैभन्दा प्रभावकारी तरिका हो मकैको सेवन । मकै खाएर केवल तौल मात्र कम गर्न सकिन्न्, बरु अन्य प्रकारका रोगबाट पनि मुक्त हुन सकिन्छ । मकैमा भिटामिन सी, वायोफ्लेवेनोइड्स केरोटेनाइड र फाइवर भरपुर मात्रामा पाइन्छ । यसले कोलेस्ट्रोललाई कम गरी धमनीलाई ब्लक हुनबाट रोक्छ । यसमा रहेको फाइवर कोलेस्ट्रोललाई नियन्त्रण गर्नमा सहयोग गर्छ ।

७. क्यान्सरबाट जोगाउँछ
मकैंमा पाइने एन्टिअक्सिडेन्ट्स र फ्लेवेनोइड तत्वको कारण यसले क्यान्सर जस्तो खतरनाक रोगको खतरालाई कम गर्छ । यसवाहेक यसले फ्रि रेडिकलबाट हुने नोक्सानबाट पनि जोगाउँछ । मकैंमा पाइने फेरुलिक एसिडले ब्रेस्ट र लिभरको टयुमरको आकारलाई कम गर्नमा पनि सहयोग गर्छ ।

८. हाड बलियो बनाउँछ
हाडलाई मजबुत गर्नको लागि हमी दूध र भिटामिन डिको सेवन गर्छौं । तर मकैंमा पाइने जिन्क, फस्फोरस म्याग्नेसियम र आइरनले हाडलाई मजबुत बनाउन निक्कै ठूलो भुमिका खेल्छ । यसवाहेक यसले हाडजोर्नी दुख्ने रोगलाई पनि कम गर्छ ।

९. छाला र अनुहारमा निखार
अनुहार सुन्दर बनाउनकोे लागि पनि मकैंको सेवन गर्न सकिन्छ । मकैंमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ । यसका साथै एन्टी अक्सिडेन्ट फ्रि रेडिकलबाट बचाउँछ । छालालाई चाँयाबाट पनि जोगाउँछ ।

१०. आँखाको लागि गुणकारी
मकैंमा बिटा क्यारोटिन, भिटामिन एक हुन्छ, जसले आँखालाई स्वस्थ्य राख्न सहयोग गर्छ । आँखाको कम देख्ने समस्यालाई पनि यसले हटाउँछ । बढ्दो उमेरमा हुने रतन्धो र म्येकुलर डी जेनरेशनको सम्भावनालाई पनि कम गर्छ ।

११. उर्जावान बनाउँछ
आलस्य लाग्छ र शरीरमा शक्ति कम भएको अनुभव हुन्छ भने मकैं सेवन गर्नुहोस् । यसले पर्याप्त मात्रामा शक्ति प्रदान गर्छ । मकैंमा कार्वोहाइड्रेट हुन्छ, जसले शरीरमा उर्जा प्रदान गर्ने काम गर्छ ।

१२. पेटको समस्या समाधान गर्छ
मकैंमा पाइने फाइवरले कब्जियतजस्तो समस्याबाट सजिलै छुटकारा दिलाउँछ । यसले मलाशयको कोलनमा जमेको खाद्य पदार्थलाई पनि निकाल्न सहयोग गर्छ ।

१३. एनिमियाको उपचार
मकैं आइरनबाट भरपुर हुन्छ, यसले शरीरमा आइरनको कमीजस्ता समस्या हटाउँछ । यसले गर्दा एनिमियाबाट पनि जोगाउँछ मकैंले ।

१४. गर्भवति महिलालाई थप फाइदा
गर्भवति महिलाहरुलाई खानपानमा बिशेष ध्यान दिनुपर्छ । मकैंमा भिटामिन बि ९ र फोलिक एसिड पर्याप्त परिमाणमा पाइने हुनाले गर्भवति भएको अबस्थामा महिलालाई खुवाउँदा निकै लाभदायक मानिन्छ ।

-एजेन्सी