सरकार, मलाई कार्वाही होस !

यो समाचार 689 पटक पढिएको

२ वटा गाई, २ वटा कुखुरा पालेर, निर्वाहमुखि खेति गरेर,


६० बर्षदेखि सरकारले लिएको ब्यापारिक कृषि नीति बिरोधि कृयाकलाप गरेको अभियोगमा मलाइ कार्वाहि होस सरकार ।।
कहिलेकांहि भेटहुने जे.टि.ए.साहेबले
धेरै फल्छ भनेर नपुंशक बिउ रोप्न सुझाए,
मैलेपनि त्यसै गरें, आज र्मैले आमाले सांचेर राखेझैं
राख्ने गरेको पुर्र्नउत्पादनशिल बिउ बिस्थापित गरें ।
अब मलाइ डरलाग्नथालेको छ, केहि गरी तल्लोगांउको बिउपसलेसंग भनावैरी भयो भने मेरो खेत बांझो हुनेछ, मेरा बालबच्चा भोकै रहनेछन् ।

जलवायु परिर्वतन हुदैछ भन्छन्,
हजारौं बर्षदेखि आफ्नै माटोमा रमाएका बिउ तथा बिरुवाहरु,
मैले मेरैपालामा सिध्याएं
त्यसैले मलाइ अपराधि करार गरियोस सरकार ।।
कोरेली ब्याउन २ महिना जतीमात्रै बांकि थियो,
मलाई अलिअलि सम्झना छ,

छोरा नातिले दहि दुध खान पाएनन् भनेर चारगांउ डुलेर मेरा बा ले गाई किनेर ल्याएको अनी पेटभरी दुध र ढिंडो खाएको ।
त्यसैको बलले त हो नि, मं अहिले सम्म निरोगि भएको, नत्र अहिलेको खान्कि त उहि हो ।
आहा ! गाईको गहुंत हालेको साग कराईमा हाल्न पाएको हुदैन लत्याक लुतुक्क हुन्थ्यो
अनी मीठो कति नि, अहीलेको साग त कुकरमा हालेर पकाएपनि आधा काच्ंचै हुन्छ ।
मं अपराधि करार हुन चहान्छु सरकार
किनभने माटोको खद्यतत्व र मानिसको पोषणको सुत्रधार गाईलाइ संरक्षण गर्न सकिन । त्यतिमात्रै होइन हीजो आफ्नी जन्मदिने आमाले झैं दुध खुवाएकी गाईलाई

कुकुरले टोक्दा, झरिमा रुझ्दा, पुष माघको कठ्याङ्ग्रीदो जाडोमा लुगलुग कांप्दा,
या सबै मिलेर लखेट्दापनी संरक्षण गर्न नसकि टुलुटुलु हेरीरहनसक्ने नरपशु जो भएको छु ।।
ठुला–ठुला नेता तथा हाकिमसंग पहुंच भएका, गाडिबाट कहिल्यै नर्ओलीए पनि पुग्ने, काला चस्मा लगाएका भुडिवाला किसान साहेबहरु,
जसले कराडौं रुपैंया अनुदान पाउनकै लागिमात्र यो क्षेत्रमा प्रवेश गर्नुभयो,
उहांहरुका अगाडि
मलाई एकपाकेट बिउ देउ, अनुदानमा ऋण देउ, मल जोगाइदेउ, बिउ जोगाइदेउ, जमिन बचाइदेउ भनेर
निर्वाहमुखी कुरा गरेर राज्यले लिएको समृद्धिको यात्रामा भांजो हाल्नखोज्ने मं नाथेलाई
तत्काल कार्वाहि गरियोस सरकार ।।

हो सरकारले ब्याबशायि बन्नुपर्छ भन्यो, सयौं समस्या संग जुधेरैसहे मैले पनि त्यसै गरें, दुर्भाग्य अभागिले खानेबेलामा जहिलेपनि आंधिबेहरी,
अदुवा फलाएं, स्याउ फलाएं, गोलभेंडा फलाएं, उखुफलाएं, धान फलाएं, घिरौंला फलाएं, फर्सी फलाएं, दुध उत्पादन गरें ।
अहं.. जे गरेपनि कि बिचौलिया पाल्नुपर्ने, कि त सडकमा फाल्नुपर्ने,
यस्तो अलछीना किसानलाई तुरुन्त कार्वाहि गरीयोस सरकार ।।

मसंग जति थीयो त्यतिले नपुगेर,
काठमाण्डौं बस्ने बडा हाकिमको चारकठ्ठा जमिन अधियामा लिएर,
उनलाई खुवाएर रहेको अन्नपातले बालबच्चा पालेकै थिएं,
एक्कासी बडाहाकीमसाहेबले काठमाण्डौंबाटै आफ्नो जग्गा बेचीदीनुभयो,
उहांको जमीनसंगै गैरीखेतका अन्य जमिनहरुपनि बिक्री भए,
लहलह गहुं, तोरी, आलु फांड्दै डोजरहरु दौडीनथाले,
हेर्दाहेर्दै अग्लाघरहरु ठडिए,
हुंदा–हुंदा मेरो घरमा घामसमेत नछिर्ने भयो
तैपनि मं आफ्नो कामहरु गर्दै थिएं,

छिमेकिहरु चारतलामाथिबाट मलाई चेतावनियुक्त स्वरमा सुझाव दिदैथिए,
दाई गाईको भकारो कस्तो गन्हाउनेरहेछ, अवदेखि छोपेर राख्नुहोस है,
बिहान चार बजेदेखी तपांइको कुखुरा कराएर सुत्नै दिएन,
यस्तै यस्तै हुंदै थियो,
एकातिर छिमेकिको गनगन अर्को आफ्नो जमिनमा घामसमेत नछिर्ने भएपछी
मं घोत्लिन बाध्यभएं,
ऐनकेन प्रकारेण

मलाइ पनी भातखाने थाल बेचेर अग्लो घरमा बस्न बाध्यपारीयो,
मन अमीलो बनाएर गांउकै नामचलेको जग्गाको कामगर्ने भाईलाई
मेरा हजुरबाले छोरा नातिले भोली के खालान् भनेर
पन्ध्रबिसमा जोडिदीएको गैहृीखेत बेचीदिन आग्रह गरें ।
मं त्यो अपराधि हुं जसले पुर्खाले सुम्पिएको नासो
आफ्नो भावि पुस्तालाई हस्तान्तरण गर्नसकिन ।
अनि मं पनि देशको ब्यापारघाटामा सहयोग पु¥याउनुको सट्टा
आयात बढाउने लाइनमा उभिनपुगेको छु ।
त्यसैले सरकार यस्ता अनगिन्ति अभियोगहरु लगाई मलाई हदैसम्मको कार्वाहिको माग गर्दछु ।।

भवदीय
उद्धव अधिकारी
किसान

रचनात्मक प्रतिक्रिया दिनुहोस् :