पोखरीमा बिष हाल्दा ५० लाखको माछा नष्ट

यो समाचार 121 पटक पढिएको

बारा । अज्ञात समूहले पोखरीमा बिष हालेर ५० लाख मूल्यबराबरको माछा नष्ट गरिदिएका छन् ।

बाराको करैयामाई गाउँपालिकामा स्थित दुई विगाहा (४० कट्हा) जग्गामा रहेको पोखरीमा शुक्रबारराति अज्ञात समूहले बिष हालेका थिए । उक्त बिषका कारण करिव ५० लाख मूल्य बराबरको भुरा माछासहित ठूलो माछा मरेका छन् ।

नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहकाअनुसार करैयामाई–१ मधुवन निबासी तथा नेपाल मत्स्य व्यवसायी संघ बाराका कोषाध्यक्ष दिपक पासवानको ज्योति मत्स्य ह्याचरी कृषि फर्मको पोखरीमा अज्ञात समूहले बिष हालेका थिए । पोखरीमा करिव २५ हजार माछाका भुरा र ठूला माछा मरेको संघले जनाएको छ । दीपकले ३० कठ्ठामा ठूला माछा र १० कठ्ठा क्षेत्रफलमा माछाका भुरा नर्सरी सञ्चालन गरेका थिए। नयाँ व्यवसायी भएकाले दीपकले माछाको बिमासमेत गराएका थिएनन्।

नेपाल मत्स्य व्यवसायी संघ बाराले शनिबार एक विज्ञप्ति जारी गर्दै मत्स्य व्यवसायी र माछापालन व्यवसायमा भएको घटनाको छानविन गरी वास्तविक दोषीलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयसँग माग गरेको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :