कपिलबस्तुदेखि काठमाडौंसम्मको असार १५ को धान रोपाई (हेर्नुस तस्विरमा)

यो समाचार 258 पटक पढिएको

राष्ट्रिय धान दिवसको अवसर पारेर विभिन्न स्थानमा असार १५ अर्थात धान दिवस मनाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले खुमलटारको बाली बिज्ञान महाशाखामा धान रोपाई कार्यक्रम आयोजना गरी मनाएको छ ।

कृषि सचिब डा.युवकध्वज जीसी, राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुलगायत उक्त कार्यक्रममा सहभागी भएका थिए । यसैगरी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दक्षिणकालीमा धान रोपाई कार्यक्रम आयोजना गरेको थियो ।

कृषि मन्त्री कपिलवस्तुमा आयोजित कार्यक्रममा सहभागी भएर धान रोपाई गरेका थिए । यसैगरी राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीमा आयोजित कार्यक्रममा सहभागी भइन् ।

यसैगरी युवा संघ नेपालले बुढानिलकण्ठमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सहभागी भए । त्यस्तै वाइसिएल तथा युवा संघ नेपालद्वारा नै ललितपुरको हरिसिद्धिमा आयोजित कार्यक्रममा नेकपा नेता नारायणकाजी श्रेष्ठ, भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा नेकपाका महासचिब बिष्णु पौडेल, टोखामा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा सहभागी भएका थिए । यसैगरी नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा भक्तपुरको खरिपाटीमा आयोजित धान रोपाई कार्यक्रममा सहभागी भएका थिए ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :