अब कृषि विश्वविद्यालयमा एग्री इन्जिनियरिङ र डेरी टेक्नोलोजी पनि

यो समाचार 219 पटक पढिएको

चितवन । कृषि तथा पशुपन्छी विषयमा अध्यापन गराउदै आएको चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा अबदेखि प्राविधिक तहको समेत पढाई हुने भएको छ ।

यसै शैक्षिक सत्रदेखि स्नातक तहमा एग्री इन्जिनियरिङ र स्नाकोत्तर तहमा डेरी साइन्स एण्ड टेक्नोलोजी विषयको अध्यापन सुरु गर्ने भएको छ । विश्वविद्यालयको मंगलवार बसेको आठौं प्राज्ञिक परिषद्को बैंठकले यसै बर्षबाट कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै पाठ्यक्रम पास गरेको छ ।

स्नातक तहको एग्री इन्जिनियरिङको ४ बर्षे कार्यक्रममा १५ जना विद्यार्थी र डेरी साइन्स एण्ड टेक्नोलोजीको २ बर्षे कार्यक्रममा २ देखि ५ जनासम्म विद्यार्थीहरु भर्ना गरिने विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।

विश्वविद्यालयले दुई बर्षअघि देखि नै यि दुई विषयमा कार्यक्रम सञ्चालन गर्ने भन्दैं पाठ्यक्रम तयारी थालेको थियो । नेपाललाई कृषिमा आधुनिकिकरण र यान्त्रिकीकरण गर्न देशभित्र नै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्धेश्य एग्री इन्जिनियरिङको रहेको उपकुलपति प्राडा ढकालले जानकारी दिए ।

पछिल्लो समयमा युवाहरु व्यवसायिक दुग्ध उत्पादनमा लागेकोले डेरी उद्योगलाई प्रविधिमार्फत जोड्न डेरी साइन्स एण्ड टेक्नोलोजी विषयले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा विश्वविद्यालयले लिएको उपकुलपति ढकालले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :