कृषि शिक्षा समावेशका लागि वहस

यो समाचार 673 पटक पढिएको

काठमाडौं । नेपालको माध्यमिक तहसम्मको शिक्षामा कृषिसम्बन्धी पाठ्यक्रम समावेश गर्नुपर्ने बिषयमा राजधानीमा बहस सुरु भएको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपालले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो बिषयमा राष्ट्रिय स्तरको बहसको सुरुआत गरेको हो ।


माध्यमिक तहसम्मको पाठ्यक्रममा कृषि : वर्तमान अवस्था र अवको बाटो बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शिक्षा बिज्ञ, कृषिसम्बन्धी प्राध्यापक , प्याव्सन, अभिवाहक संघ, शिक्षक संघका प्रतिनिधीहरुले माध्यमिक शिक्षामा अनिवार्य रुपमा कृषिको पाठ्य सामाग्री समावेश गर्नुपर्ने सुझाव दिएका छन् ।

शिक्षा विभागका उप निर्देशक डा. वावुराम दुुगाँनाले नमुुना कृषि अध्ययन केन्द्र बनाई सिकाईको थलोको रुपमा विकास गर्न लाग्नु पर्ने सुझाव दिए । उनले माध्यमिक स्तरको पाठ्यक्रममा कृषि शिक्षालाई समावेश गर्न सबै क्षेत्रबाट सुझाव संकलन गर्ने जानकारी दिए । वर्तमान पाठ्यक्रम सुधार गरी कृषि र उत्पादनसँग सम्बन्धित विषयलाई थप गर्न आवश्यक रहेको जानकारी गराउँदै पाठ्यक्रम विकास केन्द्रका अधिकृत खुवीराम अधिकारीले सरोकारवाला क्षेत्रबाट प्राप्त भएको सुझावको आधारमा निकट समयमै कृषिसम्बन्धि पाठ्यक्रम समावेश गरिने बताए । अभिभावक संघका सरीेता अर्यालले कृषिसम्बन्धी प्राविधिक जानकारी माध्यमिक तहदेखि नै विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने सुझाव दिइन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :