नारायणगढ–मुग्लिन सडकको जामबारे एसएमएसबाटै सूचना पाइने

यो समाचार 198 पटक पढिएको

काठमाडौं । अब नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भए नभएको सूचना एसएमएसबाटै पाइने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले एसएमएस सेवा सुरु गरेको हो । महाशाखाका अनुसार nmt टाइप गरेर 34848 मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्नेछन् ।

‘यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु गरेको हौं’, महाशाखाले भनेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :