मोटा धान प्रति क्वीन्टल २३३१.२२ र मध्यम धान २४६०.५७

यो समाचार 196 पटक पढिएको

काठमाडौं । सरकारले यो बर्षका लागि धानको न्युनतम समर्थन मूल्य तोकेको छ ।

हालै बसेको मन्त्रिपरिषद्को बैठकले दुई प्र्रकारको धानको समर्थन मूल्य तोकेको हो । वाली लगाउनुपूर्व ६ महिना अगावै समर्थन मूल्य तोक्ने चलन भएपनि देशभर करिब धानको रोपाई सकिएपछि समर्थन मूल्य तोकिएको हो ।

सरकारले २०७५।७६ का लागि मोटा धानको हकमा प्रति क्वीन्टल २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको हकमा २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा प्रतिक्विन्टल मूल्य कायम गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गाकुल बास्कोटाले जानकारी दिए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :