चितवन मिल्क उद्योग असोजवाट संचालन हुँदै

यो समाचार 547 पटक पढिएको

चितवन । चितवनको ठिमुरामा रहेको नेपालकै सबैभन्दा ठूलो धुलो दूध कारखाना चितवन मिल्क लिमिटेड पुःन सञ्चालन गरिने भएको छ । भुकम्पका कारण तिन वर्षअघि बन्द भएको ‘चितवन मिल्क उद्योग’ आगामी असोजवाट सञ्चालनमा आउने भएको हो ।

गएको पुस महिनावाट निजी डेरीहरुको बचेको दूध प्रशोधन गर्दै आएको छ । नीजि डेरीले संकलन गरेको दूध उद्योगमा ल्याएर पाउडर र बटर बनाएर प्रशोधन गरेवापत उद्योगलाई भाडा तिर्दै आएका छन् । आगामी असोजवाट उद्योगको आफ्नै उत्पादन हुनेगरी उद्योगलाई सञ्चालनमा ल्याउने गरी काम भइरेको उद्योगका अध्यक्ष राजुबाबु श्रेष्ठले बताए ।

विसं २०६९ मा सो उद्योग सञ्चालनमा आएको थियो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको ७ प्रतिशत र बाँकी श्रेष्ठ नेतृत्वको चितवन को–ई समूहको गरी एक अर्ब ४० करोडको लागतमा उक्त उद्योग स्थापना गरिएको थियो । भूकम्पपछि कच्चा दूधको अभावपछि २०७२ भदौ १ गतेबाट सो उद्योग बन्द भएको थियो ।

उद्योगमा तीन प्रकारको पाउडर दूध उत्पादन गर्न सकिने जानकारी दिदै उद्योगका व्यवस्थापक दुर्गा पराजुलीले उद्योगले होल मिल्क पाउडर, डेरी ह्वाईटनर र क्रिम मिल्क पाउडर उत्पादन गर्ने जानकारी दिए । घ्यू, दही, पनिर र पाउँच दूध पनि उद्योगले उत्पादन गर्न सक्ने उनले बताए । भारतमा बिक्री नभएको गुणस्तरहिन पाउडर दूध नेपाल आउने गरेका कारण नेपालको गुणस्तरको दूधले बजार पाउन नसकेको उनले बताए ।

भरतपुर महानगरपालिका– १ ठिमुरामा स्थापना गरिएको सो उद्योग दैनिक दुई लाख लिटर दूध प्रशोधन गर्ने क्षमताको रहेको छ । नीजि डेरीहरुको दुध संकलन गरेर धुलो उत्पादन गर्ने काम भइरहेको चितवन मिल्क प्रालिका श्रेष्ठले बताए । ‘अहिले अरुको दुधलाई धुलो दुध उत्पादन गर्ने काम गरिरहेका छौ’, उनले भने ‘भाडा लिएर धुलो दुध उत्पादन गरिरहेकाछौ अव छिटै आफ्नै उत्पादनको काम गर्छौ । ’

उद्योगले दैनिक १५ टन पाउडर दूध र एकदेखि डेढ लाख लिटरसम्म प्रशोधित दूध उत्पादन गर्ने क्षमता राख्छ । भुकम्पपछी वार्षिक रूपमा ८ करोड रुपैयाँको हाराहारीमा घाटाबेहोर्न थालेपछि उद्योग सञ्चालनमा कठिनाइ भएकाले बन्द गर्नु परेको श्रेष्ठले बताए । कच्चा पदार्थको अभाव, अस्वस्थ बजार प्रतिस्पर्धा, विद्युत् भार कटौती, बन्द हडताल, निर्बाध रूपमा विदेशी दुग्धजन्य पदार्थ भित्रिएपछि उद्योग सञ्चालन गर्न कठिनाइ परेको उनले बताए ।

अन्य देशमा लागत मूल्य कम हुने र कमजोर गुणस्तरका दुग्धजन्य पदार्थ विनारोकटोक नेपाली बजारमा भित्रिएपछि उच्च गुणस्तरको चितवन मिल्कको उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा बिक्रीमा समेत समस्या भोग्नु परेको श्रेष्ठले बताए । दैनिक खपत भएर बच्ने दूध किनेर पाउडर बनाउने कारखाना बन्द भएसँगै मिल्क होलिडे समेत बढेको थियो । यो उद्योग वन्द हुदाँ डेरी उद्योगले किसानलाई प्रतिलिटर दूधबापत दिने पैसासमेत घटाएका थिए ।

बढी दूध उत्पादन भएका बेलामा सबै दूध किनेर उद्योगले पाउडर दूध बनाउने गर्छ । दूध उत्पादन कम भएका समयमा धुलो दूध बिक्री हुन्छ । कारखाना सञ्चालनमा आएसँगै विसं २०६० सालअघि कायम रहेको गम्भीर समस्या मिल्क होलिडे अन्त्य भएको थियो ।

व्यवसायिक रुपमा पशुपालन गरिरहेका किसानहरुको हितका लागि भएपनि चितवन मिल्कलाई नियमित रुपमा सुचारु गरी जोगाउन माग गर्दै आएका थिए । चितवन, मकवानपुर, नवलपरासी, रुपन्देहीसम्मका दुग्ध उत्पादनका सक्रिय रहेका किसानहरुले उत्पादन गरेको दूधलाई संकलन गरी उपभोक्ताहरु माझ पुयाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका चितवन मिल्कलाई पुःन सञ्चालनमा ल्याउन किसानहरुको माग थियो ।

नेपालमा वार्षिक तीन अर्ब हाराहारीको धुलो दूध आयात हुने गर्दछ । जसको ४५ प्रतिशत खपत दुग्ध विकास संस्थान (डिडिसि), ४५ प्रतिशत निजी डेरी र बाँकी बेकरी, बिस्कुट लगायतका उद्योगले खपत गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार, स्वास्थ्यका लागि प्रतिव्यक्ति वार्षिक ९१ लीटर दूध उपभोग गर्नुपर्छ । नेपालमा प्रतिव्यक्ति वार्षिक दूध खपत सरदर ६४ लीटर मात्र छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :