खाद्य र पेयजन्य २२४ मुद्दा दायर

यो समाचार 124 पटक पढिएको

काठमाडौं ।मानव स्वास्थ्यलाई हानि हुने गरी अखाद्य पदार्थ उत्पादन गर्ने उद्योगीबिरुद्ध सरकारले मुद्दा दायर गरेको छ ।

स्वास्थ्यलाई हानि गर्ने गरी उत्पादन भएका खाद्य तथा पेयजन्य पदार्थविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले गत आर्थिक वर्ष २०७४ ।७५ मा दुई सय २४ वटा मुद्दा दायर गरेको छ ।

मुद्दा दायर भएकामध्ये सबैभन्दा बढी पानीसम्बन्धी ४१ वटा दायर भएका छन् । यसपछि तेलसम्बन्धी ३८ वटा र दूधसम्बन्धी १६ वटा रहेका छन् । दूषितका हिसाबले ६० र न्युन गुणस्तरको आधारमा एक सय २३ वटा मुद्दा दायर भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज पेश गरेको बिवरण अनुसार बजारबाट संकलन गरिएका २ हजार ८ सय १३ नमूना मध्ये १४।२ प्रतिशत नमूना मापदण्ड अनुसार नभएको पाइएको छ । विभागको विवरण अनुसार ३ सय ५४ नमूना मापदण्ड अनुसार नभएको पाइएको हो । नमुना परीक्षणबाट प्राप्त जानकारी अनुसार सबैभन्दा बढी दुग्धजन्य वस्तुमा मापदण्ड पूरा नभएको पाइएको हो ।

यस्तै, ६९ खाद्य तथा दालमा मिसावट पाइएको छ भने ६६ वटा खानेपानीका नमूना दुषित पाइएको छ । ३२ तेल र ९ दाना पदार्थ तथा अन्य खाद्य पदार्थहरु मापदण्ड अनुसार प्रतिकूल पाइएको विभागले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :