सेन्थेटिक रंग प्रयोग गरी खतरनाक वाइन उत्पादन

यो समाचार 258 पटक पढिएको

काठमाडौं । सर्वसाधारणको ज्यानै जाने गरी नेपालमा गुणस्तरहिन वाइन उत्पादन हुँदै आएको छ ।

वाइन उत्पादन गर्ने उद्योगीले सडेको, ढुसी लागेका र प्रयोग गर्न नमिल्ने गुणस्तरहिन कच्चा पदार्थको समेत प्रयोग गर्ने गरेको खुलेको छ ।सरकारले बुधबार ललितपुरमा गरेको अनुगमनको क्रममै यस्तै रहस्य खुलेको छ ।

महानगरीय प्रहरी प्रभागको सहयोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले आकस्मिक रुपमा गरेको अनुगमनको क्रममा गोदाबरीस्थित पाम फूड बेभरेज टेक्नोलोजी भन्ने उद्योगमा यस्तै तथ्य भेटिएको छ । उक्त उद्योगबाट उत्पादन गरिने रेड वाइनका लागि म्याद सकेको कच्चा पदार्थ प्रयोग गर्ने गरेको भेटिएको छ ।

विभागका प्रवक्ता पूर्णचन्द वस्तीले दिएको जानकारीअनुसार रेड वाइन उत्पादन गर्न उक्त उद्योगले सन् २०१२ को सेप्टेम्बरमै उत्पादन भएको कच्चा पदार्थ प्रयोग हुने गरेको अनुगमनको क्रममा खुलेको छ । यस्ता कच्चा पदार्थहरु पानी राख्ने जारमा संकलन गरी राखिएको छ । मानव स्वास्थ्यका लागि निक्कै हानिकारक तत्व मानिने सेन्थेटिक रंगको समेत वाइन बनाउन प्रयोग हुने गरेको बिभागले जनाएको छ । मानव स्वास्थ्यलाई हानी हुने गरी गुणस्तरहिन वाइन उत्पादन गरेको अभियोगमा विभागले उक्त उद्योगमा सिलबन्दी गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :