अब पेट्रोल प्रति लिटर ११३ रुपैयाँ

यो समाचार 317 पटक पढिएको

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलसँगै डिजेल र मट्टितेलको मूल्य बृद्धि गरेको छ । शनिबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३र३ रुपैयाँ वृद्धि गरेकोे हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका प्रवक्ता बीरेन्द्र गोइतले जानकारी दिए । भारतीय आयल कर्पोरेशन (आईओसी) ले शुक्रबार नयाँ मूल्यसूची पठाएको थियो । यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ । ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।

यो घाटा मूल्य स्थिरीकरण कोषबाट ब्यहोर्ने योजना निगमको छ । करिब साढे ४ अर्ब जम्मा भएको यो कोषबाट घाटा ब्यहोर्न निनगमले सरकारसँग प्रस्ताव गरेको निगमका कार्यकारी निर्देशक सुशिल भट्टरार्इले जानकारी दिए । निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५र१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार भारतमाभन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र डिजेल २४ रूपैयाँ सस्तो छ । त्यसैकारण भारततर्फ हुने तेल तस्करी मौलाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :