सगरमाथाको पानी उद्योगसहित पांचमा सिलवन्दी

यो समाचार 358 पटक पढिएको

काठमाडौं । गुणस्तरहिन पानी उत्पादन गरेको अभियोगमा सरकारले मातातिर्थस्थित सगरमाथा फुड एण्ड वेभरेज प्राइभेट लिमिटेडको उद्योगमा सिलवन्दी गरेको छ ।

प्रशोधित पानीको नाममा उपभोक्तालाई गुणस्तरहिन पानी बिक्री बितरण गरेको अभियोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र खानेपानी व्यवस्थापन बोर्डले संयुक्त रुपमा अनुगमन गरी उक्त उद्योगमा सिलवन्दी गरेको हो ।

मापदण्ड विपरित उक्त उद्योगबाट पानी उपत्पादन भएको अभियोगमा सिलवन्दी गरिएको खाद्य विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए । सगरमाथा पानी उद्योगले जारको पानी शिल नगरी बजारमा पठाउन लागेको, शुद्धिकरण नगरी सिधै जारमा भरेको, फुटेको बिक्रोमा टेपले टासेको भेटिएको थियो ।

त्यस्तै मातातीर्थकै दुवा फुड प्रोडक्ट एण्ड वेभरेज प्रा.लिमा पुराना जार भेटिएकाले अनुगमन टोलीले २९ वटा जार नष्ट गरेको छ । यस्तै गोदावरीस्थित गोदाबरी मिनरल वाटर, सोही स्थानको कोर स्प्रिंग वाटर, एक्वा गोदाबरी बेभरेज उद्योगमा पनि सिलवन्दी गरिएको छ । यसैगरी रियल स्प्रिंग मिनेरल वाटर एण्ड वेभरेजमा पनि सिलवन्दी गरिएको छ । सनसाइन वेभरेज प्रोडक्सन प्रा.लिको मुहान फोहोर भेटिएको थियो । एक महिनाभित्र मुहान लगायत वरिपरी सरसफाइ गर्न समेत निर्देशन भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा सर्वसाधारणको स्वास्थ्यस“ग प्रत्यक्ष जोडिएको खानेपानीको शुद्धता, मापदण्डको अनुगमन भएको हो । मन्त्रालयले दैनिक जीवन यापनस“ग सरोकार राख्ने वस्तुहरुको गुणस्तर कायम राख्न अनुगमन अभियानै सञ्चालन गरिरहेको छ ।

मन्त्रीको सचिवालयको तर्फबाट यज्ञराज खरेल र मानसिंह ठकुरी सहितको संयुक्त विशेष अनुगमन टोली परिचालित भएको थियो । अनुगमन तीव्र बनाएर सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गर्नेलाई ठगीमा मुद्दा चलाइने छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :