महिनाव्यापी खाद्य स्वच्छता दिवस आरम्भ

यो समाचार 216 पटक पढिएको

काठमाडौं । सरकारले जेठ महिनालाई खाद्य स्वच्छ दिवसको रूपमा मनाउने घोषणा गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जेठ महिनालाई महिनाव्यापी खाद्य स्वच्छता दिवसको रुपमा मनाउन सुरु गरेको हो ।

खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलेको संयोजकत्वमा महिनाभरि नै दिवस मनाउन लागेको विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले बताए ।

उनका अनुसार यस वर्ष मनाइन लागेको खाद्य स्वच्छता दिवस १०औं हो । आर्थिक वर्ष २०६५/६६ देखि प्रत्येक वर्ष सरकारले खाद्य स्वच्छता दिवस मनाउँदै आएको छ । ‘हामी सबैको सरकोकार: खाद्य शृंखलामा स्वच्छता र गुणस्तर’ भन्ने मूल नाराका साथ यस वर्षको खाद्य स्वच्छता दिवस मनाउन लागिएको हो ।

विगतका वर्षमा मनाइएको यस किसिमका दिवसबाट जनस्तरमा सकारात्मक प्रभाव परेको विभागको दाबी थियो । यस किसिमका दिवसले जनतामा एक्कासी परिवर्तन नआए पनि विस्तारै सकारात्मक सुधार आउने विभागका अधिकारीहरूको भनाइ थियो । महिनाव्यापी रूपमा मनाइन लागेको दिवसमा खाद्य सम्बन्धमा पढाइ हुने कलेज, खाद्य तथा पोषणसँग सम्बन्धित संघ संस्था, उपभोक्ता संघ संस्थाको समेत सहभागिता गराई आमजनस्तरमा जनचेतना अभिवृद्धिको कार्यक्रम सञ्चालन गरिने विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :