इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोल ११० पुग्यो

यो समाचार 141 पटक पढिएको

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै निगमले मूल्य समायोजन गरेको हो। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ।

बुधबार निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमामा दुई रुपैयाँ रुपैयाँ मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलको मूल्य एक सय १०, डिजेल र मट्टितेल प्रतिलिटर ९२–९२ रुपैयाँ पुगेको छ। यसअघि प्रतिलिटर पेट्रोलको मूल्य एक सय आठ, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ थियो।

निगमले खाना पकाउने एलपिजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ। निगमका प्रवक्ता गोइतका अनुसार अब निगमको नाफा घाटा शून्यमा झरेको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :