चलखेलले डुबाएको नेपाली गुँदपाक, बजार लिदैं भारतीय मिठाई

यो समाचार 388 पटक पढिएको

gudpak-shop-newroad-12

भदौं १९, २०६८ नेपाली परम्परा र मौलिक स्वाद भएको गुँदपाकको लागि कालो दिनको रुपमा सावित भयो ।

०६८ सम्म गुँदपाकको बजार उत्कर्षमा थियो । त्यति वेला सामान्य दिनमा दैनिक सय किलो बिक्रि हुने गुँदपाक अहिले दैनिक १० देखि १५ किलोमा सिमित भएको छ । न्युरोडस्थित प्रसिद्ध ‘कर्नर ताजा गुँदपाक भण्डार’ का सञ्चालक मनिन्द्रलाल मास्के आज पनि त्यो दिन सम्झेर झस्किन्छन् । झण्डै सय बर्ष इतिहास बोकेको उनको गुँदपाकको बजार क्षणभरमै सकियो । त्यो दिन साथीभाईसँग कागेश्वर महादेव मन्दिरमा दर्शनका लागि उनी त्यहाँ गएका रहेछन् ।

महादेवको दर्शन गरेर फर्कने क्रममा थिए उनी । फर्कने बाटोमै हुँदा दिनको करिब सबा एक बजेतिर एक्कासी उनको मोवाइलमा कसैले फोन ग¥यो । ‘तपाईको ताहाचलस्थित गुँदपाकको कारखानामा अनुगमन हुँदैछ, सरकारी टोलीले छापा मारेको छ’, यति सुन्ना साथ उनी हतपथ घरका लागि हिडे । केही समय ढिलो गरी घर पुगेका उनी कारखानामा पुगेपछि छांगाबाट खसेजस्तै बने ।

‘म पुगेपछि अनुगमन टोलीले मसँग विभिन्न प्रकारका अनेकन प्रश्नहरु गर्न थाल्नुभयो, केहीले तत्कालै कारवाही गर्नुपर्छ भन्दै थिए, म आफ्नो कुरा राख्न खोज्दै थिए’, उनी भन्छन,‘तर मेरो पक्षमा सुन्ने कोही थिएनन् । मैले आफ्नो कुरासम्म कतै राख्न मौका पाइन् ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, तत्कालिन समयमा भएको बाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, उपभोक्तावादी संघसंस्था र सञ्चारकर्मी गरी ११ जनाको अनुगमन टोलीले मास्केको कारखानामा अनुगमन गरेको थियो ।

म्याद नाघेको र दूषित मिठाइको प्रयोग गरी गुँदपाक र पुष्टकारी बनाएको भन्दै सरकारी अनुगमन टोलीले आरोप लगाएको थियो । सरकारी टोलीले दूषित मिठाई प्रयोग गरी गुँदपाक तयार पारेको भन्दै गुँदपाकको उत्पादन र न्युरोडस्थित पसलमा सिलवन्दी गरी उत्पादन तथा बिक्रिमा रोक लगायो ।

उनकाअनुसार पसलमा बिक्रि हुन नसकेका र उपभोग गर्न नमिल्ने मिठाईहरु पसल बन्द गर्ने क्रममा दैनिक रुपमा कारखाना लगिन्थ्यो । घटनाको अघिल्लो राति पनि बिक्रि हुन नसकेका राम्रा र नराम्रा गुँदपाक, लाखामरी र पुष्ष्पकारी बोकेर कारखानामा पु¥याइएको थियो । कारखानामा ल्याइने उपभोग गर्न मिल्ने र उपभोग गर्न नमिल्ने दुवै थरी मिठाई छुट्टाछुट्टै स्थानमा राख्ने व्यवस्था थियो । ‘पसलमा भएका राम्रा मिठाई र खान नमिल्ने बिग्रेका मिठाई दैनिक रुपमा हामी पसल बन्द गर्ने क्रममा झिकेर कारखानामा लगेर छुट्टा छुट्टै स्थानमा राख्ने गथ्र्यौ’, मनिन्द्रलाल भन्छन,‘घटना भएको अघिल्लो राति पनि त्यस्तै ग¥यौं ।’

अनुगमन टोलीले कारखानामा राखिएका प्रयोग गर्न मिल्ने र प्रयोग गर्न नमिल्ने मिठाईको बारेमा यर्थाथ जानकारी नलिएर गुणस्तरहिन र म्याद नाघेका मिठाईहरु प्रयोग गरी गुँदपाक तयार पारेको अभियोग उनीमाथि लगाएको उनको ठम्याई छ । ‘मैले धेरै पटक उहाँहरुलाई बुझाउन प्रयास गरे, तर सकिन्’, उनी भन्छन् ।

अनुगमन टोलीले मनिन्द्रलालसँगै न्युरोडकै मिलन भनिने मिलनलाल मास्केको कारखाना र श्रीकृष्ण गुँदपाक भण्डारमा पनि यस्तै प्रकारको अभियोगमा सिलवन्दी गरेको थियो । श्रीकृष्ण गुँदपाकका सञ्चालकमाथि झन नाला (ढल) को पानी प्रयोग गरी गुँदपाक तयार गरेको भन्ने अभियोग लगाइएको थियो । ‘साना तिनो व्यवसायीले आफ्नो नैतिकता बेचेर रातारात मालामाल हुन गुणस्तरसँग सम्झौता गर्छन्’, उनी भन्छन्,‘एउटा प्रतिष्ठित व्यवसायीले आफ्नो शाख नै गुमाउने गरी गुणस्तरहिन पदार्थ बिक्रि गर्न सक्दैंन् ।’


‘एक पटक गल्ति गरेपछि त्यसको सजाय हामीसहित समग्र गुँदपाक क्षेत्रले नै व्यहोरी सक्यो । त्रुटीका कारण स्वदेशी उत्पादनलाई नै धरासायी बनाउन हुन्न् । मैले सुधार गरेर उत्पादन गरेको गुँदपाक बिक्रि नभएपनि अन्यले उत्पादन गरेको गुँदपाकलाई उपभोक्ताले कम्तिमा रुचाइदिनु पर्छ । एउटाको सानो गल्तिका कारण समग्र गुँदपाक क्षेत्रलाई धरासायी बनाउनु हुन्न् ।’ नेपाली मौलिकता भएको गुँदपाकलाई पुनः बजारमा खडा हुन आवश्यक सहयोग गर्नुपर्ने उनको सुझाव छ । ‘अहिले हामी सर्वसाधारणको स्वास्थ्यप्रति निकै सचेत भएर गुणस्तरसम्बन्धी सम्पूर्ण मापदण्ड पुरा गरी सरकारी अनुमति प्राप्त उत्पादनकर्ताबाट उत्पादन भएका गुणस्तरयुक्त गुँदपाक ल्याएर बिक्रि गर्दैछौं’


उनकाअनुसार अनुगमन टोलीले महानगरपालिकाको गाडी बोलाएर करिब नौं सय किलो राम्रा र नराम्रा गुँदपाक, पुष्टकारी र खुवा उठाएर लगे । ‘कारवाही गरेकोमा मेरो चित्त दुखाई छैंन । त्रुटी र कमजोरी गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ । तर पहिलो पटक त्रुटी भएपनि एक पटक पनि मलाई सुधार गर्ने अवसर प्रदान गरिएन्,’ उनी भन्छन,‘घटना हुनु अघिसम्म हामी पौराणिक र परम्परागत विधिमा आधारित गुँदपाक र पुष्टकारी तयार पार्थे । नयाँ विधि हामीलाई थाहा थिएन् । बदलिदो परिवेश र समयको मागलाई मैले बुझन सकिन् । मेरो त्रुटी त्यही भयो । अहिलेको बजार ट्रेण्ड, आधुनिक प्रविधि, ब्राण्डिङ्ग र प्याकेजिङ्गतर्फ ध्यान पु¥याउन नसक्दा त्यो दिन धेरै ठूलो घटना भयो । घटनासँगै नेपाली मौलिक परम्परा बोकेको स्वदेशी मिठाईको अस्तित्व नै सकियो ।’



gupak-shop-newroad-4

गुँदपाक घटनाबाट भारतीय बजार बिस्तार
गुँदपाकको बजार समाप्तिसँगै भारतीय ब्राण्डका सन पापडीसहित अन्य प्रकारका मिठाईको आयात र आउटलेट्सले ठूलो बजार हिस्सा ओगट्यो । गुँदपाकको बजार बिस्तापित भएपछि त्यसको प्रत्यक्ष फायदा भारतीय राजस्थानी र मारवाडी घराना समूह बिकानेरवाला, बाम्बिनो, बिकाजी, हल्दिराम, गुलाव, सजनगोठ, संगम स्वीट्स, पशुपति फुड्सको आँगनलगायतका एक दर्जन उद्योग र केही नेपाली ठूला घराना उद्योगले उठाएका छन् । कतिपय भारतीय ब्राण्डका उद्योगले भारतीय गुँदपाक पनि उत्पादन गरि प्रतिकिलो एक हजार एक सय रुपैयाँ प्रतिकिलोमा बिक्रि गर्न सुरु गरेका छन् । नेपाली गुँदपाकको बजार मूल्य भने पाँच सय ५० रुपैयाँ छ । अहिले बजारमा नेपाली परम्परा र मौलिक स्वाद भएको मिठाईको हिस्सा करिब १० प्रतिशतको हाराहारीमा मात्रै छ । ९० प्रतिशत बजार हिस्सा भारतीय ब्राण्डेड कम्पनी र नेपाली घराना समूहले उत्पादन गरेको मिठाईले ओठटेको छ ।

कारवाहीमा भेदभाव
सरकारी नियमनकारी निकाय पनि पहुँच र घराना समूह हेरेर कार्वाही गर्ने गरेको थुप्रै उदाहरणहरु भेटिएको उनको कथन छ । उनको गुनासो यसैमा छ । उनले भने,‘गुँदपाकको बजार समाप्त भएपछि बजारमा उदाएका भारतीय मिठाईका ब्राण्डिङ्ग उद्योगहरुमध्ये एउटैमा बर्षेनी १० पटकभन्दा बढी पटक अनुगमन पनि हुन्छ । अनुगमनको क्रममा मानव स्वास्थ्यलाई हानि गर्ने गरी गुणस्तरहिन मिठाई उत्पादन गरेको भेटिन्छ । कहाँसम्म भने एउटा प्रख्यात भारतीय कम्पनीको मिठाईमा प्रतिग्राम दुई सय ढुसी र प्रतिग्राम मिठाईमा १६ हजारको संख्यामा कोलिफर्म र खुवामा पिठो भेटिए पनि पहुँचकै भरमा त्यस्ता उद्योगमाथि आजसम्म कुनै कारवाही पनि गरिएको छैंन र सिलवन्दी पनि गरिएको छैंन् । उनीहरुले १० पटकसम्म गल्ति गरेको अवस्थामा पनि सुधार गर्ने मौका प्रदान गरिएको छ ।

हाम्रो पहुँच कतै नभएकाले एकै पटक ठूलो कारवाही गरियो । जहाँपनि पहुँचवाला र घराना समूहकै बोलबाला छ ।’ मनिन्द्रलालले भनेजस्तै उपत्यकाका बजारमा भारतबाट आयात हुने र ब्राण्डिङ्ग मिठाई उद्योगमा दर्जनौं पटक अनुगमन भएको छ । एउटै उद्योगको मिठाईमा मानव स्वास्थ्यलाई हानि गर्ने गरी दर्जनौं पटक त्रुटी भेटिएका छन् । तर सरकारी अनुगमनकारी निकाय र उपभोक्तावादी संघसंस्थाले पहुँचकै आधारमा त्यस्ता उद्योगमाथि कुनै कारवाही गर्न नसकेको दर्जनौं उदाहरणहरु छन् ।

घटनापछि उनीसहित उनको ६७ बर्षीया आमा मदनबाबा, श्रीकृष्ण गुँदपाक भण्डारका सञ्चालक मिलनलाल मास्केलाई भदौं २२ गते पक्राउ गरी हनुमानढोकामा सार्वजनिक मुद्दाअन्तर्गत २८ दिनसम्म थुनामा राखिएको थियो । ‘पत्रेर लगेको चारघण्टासम्म सुरक्षाकर्मीले केरकार गरे । हामीमाथि कुन ऐनअन्तर्गत कारवाही गर्ने भनेर नियमनकारी निकाय आफै पनि अन्यौल देखिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थपेर हामी सबैलाई थुनामा राखियो । हामीसँग मान्छे मारेर आएको अपराधीभन्दा पनि चर्को व्यवहार सबैले गरे । त्यो अवस्था निक्कै पीडामय बन्यो । त्यो घटनाले धेरै दिनसम्म म मानसिक रुपमै विक्षिप्त बन्न पुगे ।

केही महिना मनोचिकित्सकसँग उपचारमै विताउनु प¥यो’, मनिन्दले भने,‘धरौटीमा पनि विभेद गरियो । निर्धालाई ठूलै ऐन कानुन लाग्दो रहेछ । पहुँच र घराना परिबारका लागि सामान्य ऐन कानुन मात्रै लाग्छ ।’ उनकाअनुसार तत्कालिन समयमै घराना बीएल शर्माको अनमोल स्वीट्समा भेटिएको कमजोरीका कारण उनको मैनेजरलाई पनि पक्राउ गरिएको थियो ।

असोज १७ गते मनिन्द्र र उनको आमा मदनबाबासँग जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो भने सोही समयमा मिलन मास्केसँग ५० र बीएल शर्माका मैनेजरले ५० हजार धरौटी बुझाएर तारेखमा रिहा भएका थिए । ति सबै विरुद्ध प्रहरीले कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको थियो । कारवाही त्यतिमै सिमित रहेन् । एक महिनापछि फेरी जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर भयो ।

डेढ बर्षसम्म जिल्ला अदालत धाउनुप¥यो । जिल्ला अदालतले २५ हजार जरिवाना गरी आवश्यक सुधार र सरसफाई गरी बिक्रि बितरणको अनुमति दिएको थियो । तर केही समयपछि फेरी उनीविरुद्ध पुनरावेदनमा मुद्दा दायर भयो । पुनरावेदनले पनि त्रुटीहरु सच्याएर सरसफाई गरी बिक्रि बितरणका लागि अनुमति दियो । मुद्दा दायर र कारवाहीको क्रम यतिमै कम भएन् । केही समयपछि फेरी उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भयो । ‘सर्बोच्चबाट हालसम्म मुद्दा किनारा लागेको छैंन्,’ मनिन्द्रले भने,‘सम्मानित अदालतबाट कानुनी रुपमा गुँदपाक र पुष्टकारी बनाएर बिक्रि गर्न बाधा अवरोध नभएपनि यस्तो माहौलमा उत्पादन गरी बिक्रि गर्न जाँगर नै चलेको छैंन् । मुद्दा किनारा नलागेसम्म आफै उत्पादन गर्दिन् ।’ जिल्ला अदालत र पुनरावेदनबाट बिक्रि बितरणको अनुमति पाएपछि उनले दुई बर्षसम्म पानी, चकलेट र बिस्कुट बिक्रि गर्नुपरेको थियो ।

अब सुधारिएको गुणस्तरसहितको गुँदपाक
भनिन्छ ठेस लागेपछि बुद्धि बढ्छ र सचेत होइन्छ । त्यस्तै भएको छ मनिन्द्रलाललाई पनि । अहिले उनी पाइला पाइलामा सचेतना अपनाएका छन् । एउटाले त्रुटी गर्दैमा त्यसको समग्र क्षेत्रलाई सजाय दिन नहुने उनको तर्क छ । नेपालमा आफ्नो मौलिक परम्परा र स्वाद बोकेको गुँदपाक, पुष्टकारी, लाखामरीजस्ता मात्रै मिठाई छ । बजारमा पाइने अन्य मिठाईहरु आयातित छन् । ०६८ को घटनापछि गुँदपाकको सिङ्गो बजार नै समाप्त पारियो । गुँदपाक घटनापछि स्वदेशी बजारमा स्वदेशी हलुवाई (तराईका मिठाई उत्पादन गर्ने जाति) को पनि मिठाई भण्डार पनि जम्नुपथ्र्यो । तर त्यस्तो भएन् । समग्र बजार भारतीय मिठाईले ओगटेको उनको ठम्याई छ ।

‘एक पटक गल्ति गरेपछि त्यसको सजाय हामीसहित समग्र गुँदपाक क्षेत्रले नै व्यहोरी सक्यो । त्रुटीका कारण स्वदेशी उत्पादनलाई नै धरासायी बनाउन हुन्न् । मैले सुधार गरेर उत्पादन गरेको गुँदपाक बिक्रि नभएपनि अन्यले उत्पादन गरेको गुँदपाकलाई उपभोक्ताले कम्तिमा रुचाइदिनु पर्छ । एउटाको सानो गल्तिका कारण समग्र गुँदपाक क्षेत्रलाई धरासायी बनाउनु हुन्न् ।’ नेपाली मौलिकता भएको गुँदपाकलाई पुनः बजारमा खडा हुन आवश्यक सहयोग गर्नुपर्ने उनको सुझाव छ ।

‘अहिले हामी सर्वसाधारणको स्वास्थ्यप्रति निकै सचेत भएर गुणस्तरसम्बन्धी सम्पूर्ण मापदण्ड पुरा गरी सरकारी अनुमति प्राप्त उत्पादनकर्ताबाट उत्पादन भएका गुणस्तरयुक्त गुँदपाक ल्याएर बिक्रि गर्दैछौं’, आग्रह गर्दै उनले भने,‘अहिले हामी आफै गुँदपाक र पुष्कारी उत्पादन गर्दैंनौं । विश्वास गरेर एक पटक फेरी यो क्षेत्रलाई खडा हुने अवसर दिनुपर्छ ।’ पाँच बर्षअघिसम्म पशुपतिको जात्रा सिद्राको व्यापारजस्तै नेपाल(राजधानी) घुम्न आउने हिमाल, पहाड र तराई क्षेत्रका दुरदराजका सर्वसाधारणले पशुपतिनाथको प्रसाद र कोशेलीको रुपमा गुँदपाक थोरै भएपनि घर भित्र्याउने चलन थियो । तर अहिले यो कोशेलीको संस्कृति बिस्तारै सेलाउदै गएको छ ।

गुँदपाकको इतिहास
नेपालमा गुँदपाक उत्पादन गर्ने श्रेय ताहाचलका स्व.द्रव्यलाल मास्केको परिबारलाई जान्छ । नेपालमा गुँदपाक मिठाईको इतिहास झण्डै सय बर्षमा पुग्न थालेको छ । मास्के परिबारले नै नेपालमा गुँदपाकको इतिहासको सुरुआत गरेका हुन् । यो मिठाई उत्पादनमा मास्के परिबारको तीन पुस्ताले न्युरोड गेट नजिकैंको कर्नर ताजा गुँदपाक भण्डारमा आफ्नो जीवन व्यतित गरिसकेका छन् ।

हुनत् गुँदपाक भन्ने शब्द नेवारी समुदायका लागि नौलो होइन् । ३२ मसला मिसाएर सुत्केरीका लागि गुँदपाक बनाइन्थ्यो उतिबेला । नेवार समुदायमा सुत्केरी भएका महिलाका लागि यो सबैभन्दा ठूलो औषधी मानिन्थ्यो । अहिले पनि उक्त समुदायमा ३२ मसला मिसाएर गुँदपाक बनाएर सुत्केरीलाई खुवाउने चलन छ । नेपालटारको फुटुङ्गे पुर्खौली घर भएका स्व. द्रव्यलाल पत्नी र छोराछोरीसहित उतिवेला राजधानी झरेका थिए । मनिन्द्रलाल स्व. द्रव्यलालका नाती हुन् । सुरुआत ताका द्रव्यलालले न्युरोडमै कोठा बहाल गरी असनमा काठको व्यापार गरेका थिए । त्यो व्यापारमा निकै घाटा लागेपछि द्रब्यलालले पत्निसँग नेवारी मौलिक स्वाद बोकेको गुँदपाकलाई मिठाईको रुपमा परिस्कृत गर्ने सल्लाह गरे ।

गुँदपाकमा मिसाइने ३२ मसला झिकेर त्यसको स्थानमा चिनी र ड्राइपु्रmट्स मिसाएर मिठाईको रुपमा गुँदपाक तयार पार्ने निधो भयो । सोहीअनुसार मास्के दम्पतिले परम्परागत गुँदपाकलाई मिठाईको रुप दिए । सुरुआत समयमै उनी बसेको घर वरपर उक्त मिठाईलाई सर्वसाधारणले निकै मन पराए । स्थानीयले पसल गरेर व्यवसायिक रुपमा बिक्रि गर्न सुझाव दिएको आधारमा द्रव्यलालले न्युरोडको ग्वाछे गल्लीबाट यो मिठाईको व्यापार सुरु गरे । संयोगले द्रव्यलालको परिस्कृत यो मिठाईको व्यापार खुवै चल्यो । उनले त्यसपछि पिपलबोट नजिकै सानो टहरामा यो मिठाईको बिक्रि सुरु गरे । त्यहाँ पनि राम्रै चल्यो । सानो पसलबाट विस्तारै सर्दै उनी र उनको तीन पुस्ताले हालको न्युरोड गेट नजिकैको भवनबाट व्यापार गर्दैआएको छ । गुँदपाक नितान्त खुवा, चिनी र ड्राइपु्रmट्सबाट तयार गरिन्छ ।

साभार: अन्नपूर्ण पोष्ट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :