चितवन जिल्लाका किसानलाई सूचीकृत हुन सरकारको आग्रह

यो समाचार 94 पटक पढिएको

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चितवन जिल्लाका केरा किसानलाई सूचीकृत हुन सूचना सार्वजनिक गरेको छ ।

मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको केरा जोन चितवनले कात्तिक २७ गते सूचना सार्वजनिक गर्दै केरा किसानलाई सूचीकृत हुन आग्रह गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १, रत्ननगर नगरपालिका सबै वडा, खैरहनी नगरपालिकाका सबै वडा, कालिका नगरपालिकाका १ देखि ८ वडामा केरा वालीमा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र कार्यक्रम(जोन) यही आर्थिक बर्षदेखि सञ्चालनमा ल्याइएको छ ।

उक्त स्थानमा कार्यरत सहकारी, किसान समूह, जलउपभोक्ता समूह र किसान उद्यमीको सूची तयार गर्नुपर्ने भएकाले सरकारले जोन क्षेत्रमा आवद्ध भएर कार्यक्रममा सहभागी हुन चाहने सहकारी, किसान समूह, जलउपभोक्ता समूह र किसान उद्यमीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा १० रुपैयाँको टिकट टाँसेर तपसिल बमोजिमको कागजातसहित परियोजना कार्यान्वयन इकाईको कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ ।

तपसिल
१. १० रुपैयाँको हुलाक टिकटसहितको निवेदन ।
२. सूचीकृत हुन चाहने सहकारी, किसान समूह, जलउपभोक्ता समूह र किसान उद्यमी सूचना प्रकाशित भएको मितिभन्दा अगावै सम्बन्धित सरकारी निकायमा विधिवत रुपमा दर्ता भएर नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
३. सूचीकृत हुन इच्छा जाहेर भएको सम्बन्धित सहकारी, किसान समूह, जलउपभोक्ता समूह र किसान उद्यमीको बैठकको निर्णय प्रतिलिपि ।
४. परियोजना कार्यान्वयन इकाईले तयार गरेको फर्मेटअनुसारको तथ्यांकसम्बन्धी विवरण ।

नोट : अन्य थप जानकारीका लागि परियोजना कार्यान्वयन इकाईको कार्यालय, केरा जोन भरतपुर चितवन(साविक जिल्ला कृषि विकास कार्यालयको माथिल्लो तल्ला) को सम्पर्क नम्बर ०५६- ५२४३१२ वा केरा जोन चितवनको फेसवुक पेजमा सम्पर्क गर्न सकिन्छ ।

सूचना प्रकाशित मिति : २०७५ कात्तिक २७

रचनात्मक प्रतिक्रिया दिनुहोस् :