सुन्तलाको प्याक हाउसका लागि ८५ प्रतिशत अनुदान

यो समाचार 360 पटक पढिएको


स्याङजा, गोरखा तथा तनहुँ जिल्लाका लागि अवसर

काठमाडौं । सरकारले तीन वटा जिल्लामा सुन्तलाको प्याक हाउसमा ८५ प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । कृषि मन्त्रालयअन्तर्गतको पोष्ट हार्भेस्ट व्यवस्थापन निर्देशनालयले २०७४ कात्तिक २३ गते सार्वजनिक सूचना प्रकाशित गरी यो सुविधाको घोषणा गरेको हो । स्याङजा, गोरखा तथा तनहुँ जिल्लामा संकलन, प्रिकुलिङ, निसंक्रमण, ड्राइङ्ग, प्रशोधन, ग्रेडिङ्ग, प्याकिङ्ग, लेवलिङ्ग तथा भण्डारणसमेतको सुविधा भएको प्याक हाउस निर्माण गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न ८५ प्रतिशत अनुदान दिने घोषणा गरिएको छ ।

भौतिक पूर्वाधार निर्माण गर्न तथा मेसिनरी औजार निर्माण लागतमा मूल्यको ८५ प्रतिशत वा ५४ लाख २५ हजार प्रति प्याक हाउसवापत अनुदान उपलब्ध गराइने पोष्ट हार्भेस्ट व्यवस्थापन निर्देशनालयले जनाएको छ । यो कार्यक्रममा स्याङजा, गोरखा तथा तनहुँ जिल्लाका सुन्तलाको उत्पादन तथा बजारीकरणमा संलग्न कृषक समूह, सहकारी तथा कृषि उद्यमी, व्यवसायीले सहभागिता जनाउन सक्नेछ ।  यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र प्रस्ताव बुझाउन समय सीमा दिइएको छ ।

 

 

शर्तहरु
१. समूह, सहकारी, फर्म दर्ता, नागरिकता, समूहको हकमा प्यानमा दर्ता भएको ।
२. आर्थिक बर्ष २०७३/७४ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
३. आर्थिक विवरण(विगत ३ आवको कारोबार तथा लेखा परिक्षण प्रतिवेदन)
४. निर्माणको हकमा
क. जग्गाको निजी स्वामित्व भएका हकमा जग्गाको लालपूर्जाको प्रतिलिपी
ख. जग्गा भाडामा लिएको हकमा आधिकारिक कानुन व्यवसायीले नेपाली कागजमा तयार पारेको लिजको कागजात र लिजमा लिएको समूह, सहकारी, व्यक्ति जग्गाको लालपूर्जाको प्रतिलिपी
ग. सार्वजनिक, सरकारी जग्गाको हकमा आधिकारिक मन्जुरीनामा
घ. जग्गा भाडामा लिएका(लिज) अवधी न्युनतम १५ बर्षको हुनुपर्ने
५. मेसिनरी औजारको हकमा आधिकारिक सप्लायर्सको स्पेशिफिकेशन सहितको कोटेशन
६. निर्माण गरिने पूर्वाधारको मान्यता प्राप्त इन्जिनियरबाट तयार गरिएको डिजाइन, लागत तथा ईस्टिमेट
७. समूह, सहकारीको आधिकारिक निर्णयसहितको अधिकार प्रत्यायोजनको पत्र
८. सम्बन्धित जिल्ला कृषि विकास कार्यालयबाट सिफरिश

९ विशेष जानकारीको लागि सम्पर्क
०१- ५५२११५१ / ५५५०२२६

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :