सरकारले ल्यायो, फलफूल प्याक हाउसमा ८५ प्रतिशत अनुदान

यो समाचार 1696 पटक पढिएको

एक प्याक हाउसका लागि ३० लाख ८७ हजार पाँच सय रुपैयाँ अनुदान

काठमाडौं । सरकारले फलफूल वालीको उत्पादनोरान्त क्षती न्युनिकरण गर्न प्याक हाउस निर्माणका लागि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । कृषि विकास मन्त्रालयअन्तगतको पोष्ट हार्भेस्ट व्यवस्थापन निर्देशनालयले बुधबार सूचना प्रकाशित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो । फलफूल प्याकहाउस योजना मनांग, सिन्धुली, सिराहा र सर्लाही जिल्लामा लागु गरिएको छ । यि चार जिल्लाका कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीहरुले प्याकहाउसका लागि अनुदान प्राप्त गर्न सक्नेछन् ।

विभिन्न जिल्लामा प्याक हाउस(संकलन, प्रिकुलिङ्ग, निसंक्रमण, ड्राइङ्ग, प्रशोधन, ग्रेडिङ्ग, प्याकिङ्ग, लेवलिङ्ग तथा भण्डारण सुविधासहितको दुई वटा) निर्माण गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार तथा मेसिनरी औजारको खरिद मूल्यमा ८५ प्रतिशत अनुदान उपलब्ध गराउने पोष्ट हार्भेस्ट व्यवस्थापन निर्देशनालयले घोषणा गरेको हो ।

निर्देशनालयले भौतिक पूर्वाधार तथा मेसिनरी औजारको खरिद मूल्यमा ८५ प्रतिशत वा एक प्याक हाउसका लागि ३० लाख ८७ हजार पाँच सय रुपैयाँ अनुदानमा उपलब्ध गराउन लागेको हो । यो सुविधा बाली उत्पादनोरान्त क्षती न्युनिकरण कृषि बस्तु, उत्पादनको लागि कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीहरुलाई अनुदान उपलब्ध गराउने कार्यविधिअनुसार उपलब्ध गराइने निर्देशनालयले जनाएको छ ।

फलफूल बालीको उत्पादन तथा बजारीकरणमा संलग्न कृषक समूह, सहकारी तथा कृषि उद्यमी, व्यवसायीबाट सूचना प्रकाशित भएको मितिदेखि ३० दिनभित्रमा सम्बन्धित जिल्ला कृषि विकास कार्यालय वा पोष्ट हार्भेस्ट व्यवस्थापन निर्देशनालयमा प्रस्तावसहितको आवेदन दिन अनुरोध गरिएको छ ।

आवश्यक शर्तहरु
१. समूह, सहकारी, फार्म दर्ता, नागरिकता, समूहको हकमा प्यानमा दर्ता भएको हुनुपर्नेछ ।
२. कर चुक्ताको प्रमाणपत्र
३. आर्थिक विवरण(विगत तीन आर्थिक बर्षको कारोबार तथा लेखापरिक्षण रिर्पोट)
४. निर्माणको हकमा
क. जग्गाको निजी स्वामित्व भएको हकमा जग्गाको लालपूर्जाको प्रतिलिपी
ख. जग्गा भाडामा लिएको हकमा आधिकारिक कानुन व्यवसायीले नेपाली कागजमा तयार गरेको लिजको कागजात र लिजमा लिएको समूह, सहकारी, व्यक्ति, सरकारी जग्गाको लालपूर्जाको प्रतिलिपी
ग. जग्गा भाडामा लिएको(लिज) अवधी न्युनतम १५ बर्ष हुनुपर्ने ।
५. मेशिनरी औजारको हकमा आधिकारिक सप्लायर्सको स्पेशिफिकेशन सहितको कोटेशन
६. निर्माण गरिने पूर्वाधारको मान्यता प्राप्त इन्जिनियरबाट तयार भएको ड्रोइङ्ग डिजाइन नक्सा र लागत इस्टिमेट
७. समूह, सहकारीको आधिकारिक निर्णयसहितको अधिकार प्रत्यायोजनको पत्र
८. सम्बन्धित जिल्ला कृषि विकास कार्यालयबाट सिफारिश

थप जानकारीको लागि तलको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिन्छ
०१- ५५२११५१, ५५५०२२६

रचनात्मक प्रतिक्रिया दिनुहोस् :