कृषकलाई निःशुल्क आलुको बीउ वितरण

This post has already been read 150 times!

 पाँचथर, १३ पुस । जिल्ला कृषि विकास कार्यालय पाँचथरबाट जिल्लाको विभिन्न कृषक समूहका ११ कृषकलाई निःशुल्क आलुको बीउ वितरण गरेको छ । Potato seedविपन्न परिवारका कृषकलाई उन्नत जातको आलुको बीउ उपलब्ध गराई आर्थिकस्तर उकास्न र आलुको उत्पादन वृद्धि गर्न बीउ वितरण गरिएको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको रानीटार, पौवा सारताप, रवि र सिदिन गाविसका विभिन्न कृषक समूहका ११ कृषकलाई कार्डिनल, कुफ्रिज्योति एमएस जातको बीउ प्रतिव्यक्ति ५० केजीको दरले वितरण गरिएको कार्यालयका प्रमुख रोहिणीराज घिमिरेले जानकारी दिनुभयो । कृषि विकास कार्यालयले आधा दर्जनभन्दा बढी गाविसलाई आलु उत्पादनको आधार क्षेत्र घोषणा गरेको छ ।