दोस्रो कफी महोत्सव सुरु

यो समाचार 210 पटक पढिएको

पोखरा, १३ पुस । राष्ट्रिय कफी व्यवसायी संघ र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा पोखराको प्रदर्शनी केन्द्रमा आजदेखि नवौँ कफी दिवस तथा दोस्रो राष्ट्रिय कफी महोत्सव सुरु भएको छ । महोत्सवमा पश्चिमाञ्चलका ११ जिल्लाका कफी उत्पादक समूहले भाग लिएका छन् । नेपालका ४० जिल्लामा २७ हजारभन्दा बढी किसान कफीको खेतीमा आबद्ध रहेका छन् । अहिले नेपालमा एक हजार ७५० हेक्टर जमिनमा कफीखेती हुंदै

Coffe

आएको छ । कफीखेतीलाई व्यावसायिक मात्र नभई उद्योगकै रूपमा विकास गर्न र ठूला लगानीकर्ता तथा व्यापारीलाई कफीखेतीतर्पm आकर्षित गर्न महोत्सव उपयोगी हुने बताइएको छ । कुल उत्पादनमध्ये २१५ टन कफी ग्रीन विन (दाना) कोरिया, जापान, अमेरिका, जर्मन, न्युजिल्यान्डलगायतका देशमा निर्यात हुँदै आएको छ । गतवर्ष मात्र कफी निर्यातबाट रु सात करोड १२ लाख नेपाल भित्रिएको महोत्सवमा जानकारी दिइयो ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :