मत्स्य पर्यटन क्षेत्रको माग पूर्व पूर्वाधार

This post has already been read 77 times!

काठमाडौं, १३ पुस । माछा विशेषज्ञले रुपन्देही जिल्लाको छपियालाई मत्स्य गाउँ घोषणाको माग पूर्व आवश्यक पूर्वाधार पूरा गर्न जोड दिएका छन् । छपिया समाज काठमाडौंले रुपन्देही जिल्लाको दयानगर गाविसको छपियालाई मत्स्य गाउँ पर्यटन घोषणा माग गर्न शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा माछा विज्ञले सो धारणा व्यक्त गरेका हुन् ।

वरिष्ठ माछा विज्ञ रमानन्द मिश्रले पहिले छपियामा आकर्षक होटल, आन्तरिक तथा वाह्य पर्यटकका लागि होमस्टेको व्यवस्था, पुल, आकर्षक बगँैचा, र पोखरीमा डुङ्गाको व्यवस्था भएपछि मात्र छपिया मत्स्य पर्यटक गाउँ घोषण हुनसक्ने बताउनुभयो । त्यसैगरी, अर्का विज्ञ टेकराज दाहालले छपियालाई पयर्टक स्थल घोषणाका लागि पहिले विभिन्न र गुणस्तरीय माछा उत्पादनमा जोड, र स्थानीय स्तरमा नै विभिन्न स्वादमा माछाको परिकार बनाउनसक्ने व्यवस्था भएपछि मात्र पर्यटकीय क्षेत्र बनाउन सकिने सुझाव समाजलाई दिनुभयो । छपियामा दैनिक एक हजार मेट्रिक टन माछा उत्पादन हुन्छ । उक्त माछा पोखरा, लुम्बिनी र भैरहवामा खपत हुने गरेको छ ।

स्थानीय छपियाका ५२६ जना कृषकले ९९६ वटा पोखरीमा व्यावसायिक माछा उत्पादन गर्दैै आएका छन् । नेपालमा साना ठूला गरी हाल २१ हजार व्यक्तिले व्यावसायिक रुपमा सात हजार ७०० हेक्टर जग्गामा करिब दुई अर्बको माछा उत्पादन गर्ने गरेका छन् ।