नवलपरासी मौरीपालन फस्टाउँदै

यो समाचार 307 पटक पढिएको

नवलपरासी, नवलपरासीको रामनगर गाविसस्थित तोरीखेतमा मौरी चराउन राखिएका मौरीका घार । नवलपरासीको रामनगर गाविसस्थित तोरीखेतमा मौरी चराउन राखिएका मौरीका घार । परासी स् जिल्लामा महको माग बढ्न थालेपछि किसान व्यावासायिक मौरीपालनतर्फ उन्मुख भएका छन्। कम मेहनत, थोरै लगानीमा धेरै आम्दानी र उत्पादन गरेको मह सजिलै बिक्री हुने भएपछि किसान व्यावसायिक मौरी पालनतर्फ लागेका हुन्। यही कारण जिल्लामा यस वर्ष मह उत्पादनसमेत वृद्धि भएको छ।Honey bee

महसँगै किसानले घारसमेत बिक्री गर्दै आएका छन्। जिल्लाका किसानले आधुनिक घारमा मौरीपालन गर्न थालेपछि बाहिरी जिल्लामा रहेका किसानबाट घारको समेत माग आउन थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

मह खरिदका लागि व्यवसायी घरघरमै आउन थालेपछि अहिले जिल्लाका किसानले फर्म नै दर्ता गरेर यो पेसालाई अगाडि बढाउन थालेका छन्। जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत देवेशकुमार मिश्रका अनुसार जिल्लाका १७ गाविस मह उत्पादनको पकेट क्षेत्रका रूपमा रहेका छन्। तीमध्ये गैंडाकोट, प्रगतिनगर, देवचुली, माकर र तिलकपुरमा किसानले फर्म नै दर्ता गरेर मौरीपालन गर्दै आएका छन्।

गत वर्ष ५४ मेट्रिक टन मह उत्पादन भएको जिल्लामा यस वर्ष २० प्रतिशतले उत्पादन वृद्धि हुने बाली संरक्षण अधिकृत मिश्रले बताए। जिल्लामा दुई सय ८४ जनाले मौरीपालन गर्दै आएका छन्। उनीहरूले दुई हजार एक सय २५ घारमा मौरीपालन गरेका छन्।

ुव्यवसाय बढेसँगै किसानले परम्परागत घार छाडेर आधुनिक घारमा मौरी पालन गर्दै आएका छन्ु, मिश्रले भने, ुकिसानसँग सबैभन्दा बढी विकासे जात ९मेरिफेरा० का एक हजार सात सय ५० र स्थानीय जात ९सेरेना० का तीन सय ७५ घार मौरी छन्।ु

जिल्लामा उत्पादन भएको मह ४० प्रतिशत स्थानीय बजारमै खपत हुने गरेको सुनवल(३ कीर्तिपुरका किसान दण्डपाणि गौतमले बताए। बाँकी मह नारायणगढ, बुटवल, भैरहवा, पोखरा, काठमाडौंलगायतका बजारमा समेत पठाइने गरिएको छ। आयुर्वेद कम्पनीबाट सबैभन्दा बढी माग आउने गरेको गौतमले बताए। उनले एक घारबाट ४० देखि ४५ किलोसम्म मह उत्पादन हुने जानकारी दिए।

ुखर्च कटाएर एक घारबाट चार हजारदेखि पाँच हजारसम्म बचत हुने गरेको छु, गौतमले भने, ुप्रतिघारमा आठ हजारदेखि १० हजार खर्च लाग्छ।ु जिल्लामा उत्पादित मह स्थानीय बजारमा प्रति केजी चार सयसम्ममा बिक्री हुने गरेको छ। मौरीपालनका लागि असोजदेखि चैतसम्मको समय उपयुक्त मानिन्छ। यति बेला किसान मौरी चराउन तोरीबारीमा व्यस्त देखिन्छन्।

साभारः अन्नपूर्ण पोष्ट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :