नेपालमा माछापालन व्यवसाय

यो समाचार 3295 पटक पढिएको

माछापालनको महत्व
माछा पूर्णरूपमा पानीमा बस्ने जीव हो । माछा स्वच्छ पानी तथा समुद्रको नुनिलो पानीमा पनि पाइन्छन् । स्वच्छ पानीमा पाइने केही माछाहरूलाई व्यावसायिक रूपमा खेती पनि गरिन्छ । माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो । माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ । यसको अलावा माछालाई सगुनको रूपमा लिइन्छ । माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन् गरिन्छ । व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन् ।Fish 1

नेपालमा जलाशयको क्षेत्र र उत्पादकत्व माछाको तथ्याङ्क
नेपालमा मत्स्यपालन प्राक्रितिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ । नेपालमा करिब ६००० नदीनाला (जलाशय क्षेत्र ३९५००० हेक्टर) तथा नीजि पोखरीको कुल क्षेत्रफल ५१३१ हेक्टर रहेको छ । यसरी पोखरीहरूबाट ११९७५ मेटन र अन्य प्राक्रितिक जलाशयबाट ११२३० मेटन गरी जम्मा २३२०५ मेटन माछा उत्पादन हुने गरेको छ ।

माछाका जातहरू
स्वदेशी जातका माछाहरूः नेपालमा करिब 217 जातका माछाहरू पाइन्छन् जसमध्ये रहु, नैनी, भाकुरलाई व्यावसासिक रूपमा पालिन्छन् सहर, कत्ला, मागुर र हिले माछाहरूलाई पनि कृत्रिम जलाशयमा पनि पालन गर्न सकिन्छ । स्वदेशी जातका माछाहरूमा निम्न विशेषता पाइन्छः
a पुरानो गहिरो पोखरीमा हल्लक बढनाले यस्ता पोखरीमा पालन गर्न उपयुक्त हुन्छन्,
b ढिला बढ्छन् तर प्राक्रितिक आहारा खाएर पनि राम्रै हुर्कन सक्दछन्,
c रागव्याधि सहने क्षमाता निक्कै राम्रो हुन्छ ।
d निक्कै स्वादिलो तथा लोकप्रिय छन् ।

स्वदेशी जातका मुख्य माछाहरूः
क) रहुः यो माछा निक्कै स्वादिलो तथा लोकप्रिय जातको माछा हो । यसको शरीर लामो र डोलो खालको हुन्छ । शरीरभरि मध्यम आकारका कत्ला पाइन्छन् र कत्लाको रङ केही रातो हन्छ । यस माछाले एक कोसीय लेउ, प्राणीजन्य जीवाणु र सडेगलेको झारपात खान्छ । ढिलो बढ्छ र २–३ वर्ष पालेमा एक डेढ किलोको हुन्छ । यो माछा पुरानो गहिरा पोखरी तथा प्राकृतिक दहहरूमा चाँडो बढ्छ ।

ख) नैनीः यस जातको माछाको शरीर लामो माथिल्लो भाग खैरो तथा तल्लो भाग सेतो हुन्छ । शरीर भरी कत्ला पाइन्छ र आँखाको रङ सुनौलो देखिन्छ ।

ग) भाकुर, कत्लाः यस जातको माछाको शरीर केही चौडा र माथिल्लो भाग खैरो तथा पेट सेतो रङ हुन्छ । यसको शरीर भरी ठुलठूला कत्ला पाइन्छन् ।

विदेशी जातका माछाहरूः
विदेशी जातका माछाहरूलाई बोलचालको भाषामा विकासे माछा भनिन्छ । विकासे जातका माछाहरूको निम्न विशेषता हुन्छन्ः
a अनुकूल वातावरण पाएमा यिनीहरू हल्लक बढी छोटो समयमा धेरै उत्पादन दिन्छन् ।
b पानीमा कम अक्सिजनरहेको अवस्थामा पनि बाँच्न सक्दछन् ।
c पोथीले थुप्रै अण्डा दिन सक्ने र बच्चाहरू चाँडै वयस्क भई प्रजन्न कार्यको लागि सक्षम हुने गर्दछन् ।
d पोखरीमा उत्पादन भएका प्राकृतिक तथा थप कृत्रिम आहारा खुवाएर पालन गर्न सकिने ।
e रोगव्याधि सहन्सक्ने क्षमता यिनीहरूमा राम्रो हुन्छ ।
f पौष्टिक तथा स्थानीय व्यक्तिहरूले रुचाउने स्वाद भएको हुन्छ ।

विदेशी जातका मुख्य माछाहरूको विवरण
क) कमन कार्पः नेपालमा पालिने कमन कार्पहरूमा जर्मन कार्प, इजरायली कार्प र नेसिस कार्प मुख्य छन् । जीउ भरी कत्ला हुनेलाई जर्मन कार्प र कम कत्लाहुनेलाई इजरायली वा मिरर कार्प हुन्छ । यसको शरीर केही चेप्टिएको लाम्चो हुन्छ । ओठको दुवैतर्फ जुङ्गा हुन्छ । शरीरमा दुई जोडी पखेटाहरू कान र पेट नेर, र एक्लो पखेटा तीनवटा ढाड, मलव्दार र पुच्छर) मा पाइन्छ । यो माछा सर्वभक्षी भएकोले सूक्ष्म जीवाणु, कीरा, कुहिएको झारपात तथा कृत्रिम आहारा खाएर हुर्कन्छ । यो माछा २०–२५सेन्टिग्रेड तापक्रममा राम्रो फस्टाउँछ । पोखरीमा यो माछा एक वर्षमा एक डेढ किलो सम्मको हुन्छ । यो माछा बढीमा ५० सेन्टिमिटर लामो र १८ किलोसम्म वजन भएको पाइएको छ । नेसिस कार्पको शरीर केही चेप्टो र चौडा डल्लो खालकोे हुन्छ, जीउमा केही कम कत्ला हुन्छ र कत्लाको रङ्ग केही सुनौलो हुन्छ । पोखरीमा यो माछा एक वर्षमा तीन किलोसम्मको हुन्छ । अन्य बानी व्यहोरा कमन कार्प जस्तै हुन्छ ।
ख) सिल्भर कार्पः यसको पुरै शरीरमा ससानो चाँदी जस्तो टल्कने सेतो कत्ला हुन्छ । शरीर केही लाम्चो, चेप्टो र तल्लोभाग केही धारिलो हुन्छ । टाउको केही सानो र गोलो हुन्छ । यस माछाको गिलमा मसिनो जाली हुन्छ र पोखरीमा भएको वनस्पतिजन्य जीवाणु खाएर हुर्कन्छ । यो माछा २५–३० सेन्टिग्रेड तापक्रममा राम्रो फस्टाउँछ । पोखरीमा यो माछा एक वर्षमा एक डेढ किलो सम्मको हुन्छ । यो माछा बढीमा ५० सेन्टिमिटर लामो र ५० किलोसम्म वजन भएको पाइएको छ ।

ग) विगहेड कार्पः यसको टाउको ठुलो र लाम्चो भएकोले यसको नाम बिगहेड राखिएको हो । शरीरमा सिल्भर कार्प जस्तै ससाना कत्लाले ढाकेको हुन्छ ।

घ) ग्रास कार्पः यसको जीउ लाम्चो र केही डोलो खालको तथा टाउको चौडा हुन्छ । शरीरमा ठुलठुला एकनासका कत्लाहरू हुन्छन् । हुर्किएको माछाले पोखरीको झारपात र घाँस खान्छ ।
ङ) माँगुर माछा ९ऋबत(ाष्कज०ः कत्ला नभएको लामो लामो जुङा र विष डङ्क भएका स्थानीय जातका माँगुर रैथान जातका माछा हुन् । गिनीहरू हिले पानीमा तथा पानीमा थोरै अक्सिजन भएको अवस्थामा पनि बाँच्न सक्दछन् । यो माछा माँसाहारी हुन्छ र बढीम आधा किलोसम्म हुन्छ । हाल नेपालमा अफ्रिकन जातका हाइब्रिड माँगुर हाल निकै लोक प्रिय भैरहेका छन् । यो जातका माछा भान्साको उब्रेको आहारा तथा बुचरखानाको फालेका मासु आन्द्राभुँडी खाएर पनि बाँच्न सक्ने र सानो खाल्डोमा पनि पाल्न सकिने भएकोले नेपालको तराई तथा मध्य पहाडी क्षेत्रमा लोकप्रिय बन्दै गएको छ । यो माछा दस बार किलो सम्मको हुन्छ ।
च) रेन्वो ट्राउट ९इलअयचजथलअजगक mथपष्कक०

रेन्वो ट्राउ चिसो र सफा पानीमा हुर्कने ज्यादै स्वादिलो विकासे माछा हो । प्राकृतिक अवस्थामा यो माछा मांसाहारी हुन्छ तर कृत्रिम रूपमा पालन गर्दा उच्च स्तरको प्रोटिनयुक्त दाना खुवाएर यो माछालाई सफलतापूर्वक पाल्न सकिन्छ । यो माछा २०४५ सालमा जापानबाट आयात गरी त्रिशुली तथा गोदावरीमा पालन गरिएको छ । यो माछा १– २१ सेन्टिग्रेड तापक्रमा जीवित रहन्छ । माछाको वृद्धि तथा प्रजननको लागि पानीको तापक्रम १५ देखि १८ सेन्टिग्रेड र पानीमा अक्सिजनको मात्रा ७ मिलि लिटर÷ लिटर भन्दा बढी हुनु पर्दछ । यो माछालाई सफा तथा केही बग्ने पानी चाहिन्छ । माछालाई उमेर अनुसार आहारा खुवाउनु पर्दछ । साधारणतया साना भुरालाई ४० प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको ६–७ प्रतिशतको दरले दैनिक रूपमा खुवाउनु पर्दछ । त्यस्तै १० ग्रामभन्दा माथिका हुर्कदो भुराहरूलाई ३५ प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको ४–५ प्रतिशत दानाको दरले दैनिक रूपमा खुवाउनु पर्दछ । ५० ग्रामभन्दा माथिका माछाहरूलाई ३५ प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको २–३ प्रतिशत दानाको दरले दैनिक रूपमा खुवाउनु पर्दछ । माछाको दाना पेलेट रूपमा बनाउनु पर्दछ । माछाको उमेर र खाने मुखको आकार अनुसार पेलेटको दाना बनाउनु पर्दछ ।

प्रजननको लागि उपयुक्त उमेरको भाले पोथीको छनौट गर्नु पर्दछ । प्रजननको लागि भालेको उमेर ३–६ वर्ष र पोथी ४–७ वर्षको उपयुक्त हुन्छ । ट्राउट माछाको प्रजनन काल कार्तिकको दोस्रो हप्ता देखि फागुनको दोस्रो हप्तासम्म रहन्छ ।

माछापालन व्यवस्थापन
उत्रत माछापालन व्यवसायका लगि निम्न प्रविधिमा ध्यान दिनु पर्दछः
क) माछापालनको लागि पोखरीको ब्यवस्थापनः पोखरीमा भएको झार, जङ्गली माछाहरू हटाउनु पर्दछ । पुष÷माघ महिनामा पोखरी सुकाएर पोखरी सफा गर्नु पर्दछ । पोखरीमा प्रति कठ्ठा १५ किलोको दरले चुन छर्नु पर्र्दछ । पोखरीमा करिब १.५ मिटर स्वच्छ पानी भर्नु पर्दछ । पोखरीमा प्राकृतिक आहाराको वृद्धिका लागि प्रत्येक दुइ हप्तामा करिब १० किलो गोबर वा कुखुराको सुली चारैतिर फैलने गरी छर्नु पर्दछ ।

ख) पोखरीको पानीको ब्यवस्थापनः माछा पोखरीको पानी उच्च गुणस्तर तथा पापक्रमको हुनु पर्दछ । पानीको सफापन ३०–४० सेमी (कुहिनोसम्म हात डुबाउँदा औँला देखिने), पस्यच ७.५–८.५ , अक्सिजन ५ पीपीयम र तापक्रम २०–३०ड्ढ सेन्टिग्रड हुनु पर्दछ ।
ग) माछाको भुरा ब्यवस्थापनः पोखरीमा आवश्यक मात्रामा उपयुक्त साइजको भुरा राख्नु पर्दछ । भुराको तौल करिब २५ ग्राम हुनु पर्दछ र प्रति कठ्ठा करिब ३०० वटा सम्म भुरा राख्नु पर्दछ । मिश्रित माछा पालन गर्दा पोखरीमा कमन कार्प २० प्रतिशत, सिल्भर कार्प ३५ प्रतिशत, विगहेड कार्प १० प्रतिशत, ग्रास कार्प ५ प्रतिशत, रहु १० प्रतिशत, भाकुर १० र नैनी १० प्रतिशत मिसाउन सकिन्छ ।
घ) माछाको आहारा ब्यवस्थापनः माछापालन गर्दा पोखरीमा भएको प्राकृतिक आहाराले मात्र पुग्दैन । माछाको वृद्धिका लागि थप थप आहारा दिनु पर्दछ । माछाको दाना बनाउँदा धानको ढुटो १४ प्रतिशत, गहुँको चोकर ३४ प्रतिशत र मकैको पिठो ५ प्रतिशत, सिद्रा ७ प्रतिशत, भटमास २३ प्रतिशत, पिना १५ प्रतिशत, भिटामिन तथा मिनरल मिक्सर २ प्रतिशत लाई राम्ररी मिसाइ पानी हालेर केही मोक्राएर डल्लो बनाइ पोखरीको एक छेउमा राखि दिनु पर्दछ । दाना हरेक दिन एकै समय र एकै ठाउँमा दिनु पर्दछ । दाना दिँदा माछाको तौलको कबिर ५ प्रतिशत दाना दिनु पर्दछ । ग्रास कार्पका लागि हरियो कलिलो घाँस पनि दिनु पर्दछ ।
ङ) धान खेतमा माछा पालनः तराइका पानी जमिरहने धान खेतमा माछा पालेर धानको उत्पादन तथा माछा एकै साथ लिन सकिन्छ । धानको बेर्ना रोपेपछि खेतमा कार्प जातका माछाका भुराहरू छाडिन्छ । भुराको सुरक्षा, खेतमा पानी कम भएको अवस्थाबाट बच्न तथा माछा सङ्कलन गर्न खेतको बीच भागमा करिब एक गुना एक मिटर आकारको र त्यतिकै गहिरो खाडल बनाइ माछाको भुरा छाड्नु पर्दछ । यसरी माछा पालन गर्दा धान पाकेर काट्ने बेलामा माछा बढेर करिब आधा किलोका हुन्छन् र एक सिजनमा प्रति कट्ठा ३०–५० किलो माछा उत्पादन हुने गर्दछ ।
च) माछा उत्पादनः पोखरीमा माछाको वृद्धि, खानाको अवस्था आदिको निरीक्षण तथा रोग व्याधी, परजीवि (सर्प, भ्यागुता आदि) आदिको नियन्त्रण गर्नु पर्दछ । उत्रत तरिकाले माछापालन गर्दा एक वर्षमा प्रति कठ्ठा ४–५ टन आलो माछा पाउन सकिन्छ ।
साभारः कृषि पत्रिका

रचनात्मक प्रतिक्रिया दिनुहोस् :