केही प्रमुख बर्षे बालीहरुको प्रारम्भिक उत्पादन अनुमान| २०७०\०७१

यो समाचार 353 पटक पढिएको

कृषि बिकास मन्त्रालय

कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्याङ्क महाशाखा

कृषि तथ्याङ्क शाखा
सिंहदरवार
(पौष २०७०)

कृषि बिकास मन्त्रालय अन्तरगतका बिभाग, केन्द्रीय निर्देशनालयहरु, क्षेत्रीय निर्देशनालयहरु,जिल्लास्थित कार्यालयहरुबाट प्राप्त साप्ताहिक वालीनाली स्थिति, बालिकटानी तथा यस महाशाखा समेत मन्त्रालयबाट गरीएको क्षेत्रगत निरिक्षण एंव प्राविधिक समितिको रायसुझाव समेतको आधारमा चालु आर्थिकवर्ष २०७०÷०७१ को केहि प्रमुख बर्षे वालीहरु धान, मकै, कोदो तथा फापर कोे क्षेत्रफल, उत्पादन र उत्पादकत्व आदिको प्रारम्भिक अनुमान यसैसाथ संलग्न तालिकाहरुमा प्रस्तुत गरिएको छ । बिगत केहि बर्ष देखि बिश्व खाद्य कार्यक्रम ध्ँए तथा ँब्इ नेपाल र कृषि बिकास मन्त्रालय बिच बिबिध बिषयका अतिरिक्त बालिनालि स्थिति सम्बन्धि सुचनाहरु परस्परमा आदान प्रदान गर्ने सहमति भए अनुसार तहांबाट प्राप्त सुचना समेतलाई आधार मानि यो प्रतिवेदन तयार गरिएको छ। बर्षे खाद्यान्न बालिको रुपमा बिगत २ बर्ष देखि फापरलाई समेत राष्ट्रिय तथ्याङ्कको रुपमा समाबेश गरिएको छ ।

qw

१.१ धान वाली
चालु आ.व.मा धानको उत्पादन गतबर्षको तुलनामा करिब १२ प्रतिशत अर्थात करिब ५ लाख ४२ हजार मे.टन ले बढ्न गई गतवर्षको करिब ४५ लाख ४ हजार मे.टन. वाट करिब ५० लाख ४७ हजार मे.टन. हुने प्रारम्भिक अनुमान गरिएको छ । यो उत्पादन गतबर्षको भन्दा बढि भएता पनि सो भन्दा अघिल्लो बर्षको ५० लाख ७२ हजार मे. टन भन्दा अझै कम छ । धानको उत्पादन बढ्नुको मुख्य कारण कृषि प्रबिधि तथा मनसुन नै हो । कृषि प्रबिधिको बिकासका कारण तथा सिफारीश गरिएका धानका जातहरु जस्तै तराईमा साबित्री, बिन्देश्वरी, राधा ४ र १२, मध्य पहाडमा खुमल ४, १०,११ तथा उच्च पहाडमा चन्दननाथ आदिको उत्पादकत्व स्थानीय जातको भन्दा दोब्बर रहेको र यी सिफारीश गरिएका धानका जातहरुले ढाकेको क्षेत्रफल ९० प्रतिशत भन्दा पनि बढि रहेको कारण धान उत्पादन बढेको हो ।
सामान्यतया जुन १० तारिख मा शुरुहुने मनसुन यसबर्ष केहि ढिला शुरु भएको तर आषाढ तथा श्रावण भर नै निकै सक्रियवर्षा भएको तथा सेप्टेम्बरको अन्त सम्म मनसुन रहेका कारण धानका लागि उपयुक्त रहन गयो । देशको धान खेति हुने कुल क्षेत्रफल समेत यसबर्ष करिब ६६ हजार हे. ले बढेको छ जुन गतबर्ष मुलतः खडेरीबाट प्रभावित भएको थियो । उत्पादकत्व समेत गतबर्षको तुलनामा केहि बढेको छ । बिस्तृत बिबरण तालिकामा उल्लेख गरिएको छ ।
यसबर्ष मुलतः खडेरीबाट तराईका केहि जिल्ला सप्तरी, सिराहा,धनुषा, महोत्तरी, सर्लाहिका केहि कृषक परिवार तथा केहि क्षेत्रको धानबालीमा समेत असर पर्न गएकोे छ । यसबर्ष १५ जति जिल्लामा गतबर्षकै हाराहारीमा, ५० जति जिल्लामा बढ्न गएको छ भने बांकि १० जिल्लामा धानको उत्पादन केहि घट्न गएको छ ।

१.२ मकै वाली
उत्पादनका हिसाबले धान पछिको दोस्रो प्रमुख खाद्यान्नबाली मकैको उत्पादन यसवर्ष गतवर्षको २० लाख ७८ हजार मे.टन. मा करिब २ लाख ४ हजार मे.टन अर्थात करिब १० प्रतिशतले बढ्न गई २२ लाख ८३ हजार मे.टन. उत्पादन हुने प्रारम्भिक अनुमान रहेको छ । यसवर्ष यसको क्षेत्रफलमा करिब ६ प्रतिशत अर्थात ५४ हजार हे.को बृद्धि आएको पाईएको छ भने उत्पादनमा बृद्धि हुनुको मुख्य कारण उन्नत बिउबिजन तथा अनुकुल मौसम नै हो । यसबर्ष अधिक बर्षाका कारण कतै कतै डांठ कुहिने रोगको कारणबाट केहि क्षेत्रको मकैको उत्पादन घटेको भएता पनि बेमौसमी एवं बसन्ते मकैको क्षेत्रफल समेत बढेको कारण समग्र मकैको उत्पादनमा बृद्धि हुन गएको हो । बिस्तृत बिबरण तालिकामा उल्लेख गरिएको छ ।

१.३ कोदो वाली
चालु आ.व.मा कोदो को उत्पादनमा करिब साढे दुई प्रतिशतले कमि आई गत वर्षको ३ लाख ५ हजार मे.टनवाट करिब ३ लाख ४ हजार मे.टन मात्र रहने प्रारम्भिक अनुमान छ । कोदोबालिमा उन्नत बिउ, मल जस्ता प्रबिधिको प्रयोग गर्ने चलन कम भएका कारण यसको उत्पादकत्वमा खाशै बृद्धि हुन सकेको छैन ।

१.४ फापर वाली
केहि हिमालि क्षेत्रमा मुख्य खाद्यान्न बालिको रुपमा रहेको फापरलाई गत २ बर्ष देखि राष्ट्रिय तथ्याङ्कको रुपमा समाबेश गरिएको हो । जस अनुसार देशका करिब ५० वटा जिल्लामा खेति हुने फापरबाली को क्षेत्रफल १०५१० हे. , उत्पादन १०३३५ मे.टन तथा उत्पादकत्व ९८३ के.जि. प्रति हे. रहेको छ । गतबर्ष यसको क्षेत्रफल यसबर्ष भन्दा करिब २ प्रतिशत कम रहेको थियो ।

२.क्षेत्रफल, उत्पादन तथा उत्पादकत्वमा घटबढ हुनाका प्रमुख कारणहरु

२.१ मौसमको प्रभावः
सामान्यतया जुन १० तारिख मा शुरुहुने मनसुन यसबर्ष ३।४ दिन ढिला शुरु भएको भएता पनि प्रारम्भमा नै निकै सक्रिय रहि श्रावणको अन्ततिरबाट कतै सक्रिय र कहिले कतै निष्क्रिय हुने क्रम जारी रह्यो ।यसबर्ष अक्टोबर १७, आश्विनको मध्यसम्म नै बर्षा भएता पनि अधिकांश पुर्बि तथा मध्य तराईका जिल्लाहरु मुलतः सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहि आदि जिल्लामा धान रोपाई केहि कम हुन गयो । अन्य हिमालि तथा पहाडि जिल्लामा गतबर्षको तुलनामा धानको रोपाई भएको क्षेत्रफल एवं उत्पादकत्व दुबै बढ्न गएकाले समग्रमा धानको क्षेत्रफल तथा उत्पादनमा बृद्धि भएको पाईएको छ ।
जल तथा मौसम बिज्ञान बिभाग अन्तरगतका बिभिन्न बर्षा मापन केन्द्रको रेकर्ड अनुसार जुन महिनामा १२५ प्रतिशत, जुलाई महिनामा १२१ प्रतिशत, अगष्ट् महिनामा १२९ प्रतिशत र सेप्टेम्बर महिनामा ८६ प्रतिशत बर्षा भएको थियो । यसरी सेप्टेम्बर बाहेक सबै महिनामा औसत भन्दा बढि बर्षा भएको तथा समग्र समिक्षा अबधिमा औसत भन्दा निकै राम्रो बर्षा भएकाले र बर्षाको बितरण समेत राम्रो भएका कारण नेपालको कूल धान, मकै आदि बालीको उत्पादनमा सकारात्मक प्रभाव परेको छ ।बिस्तृत बिबरण संगैको तालिकामा प्रस्तुत गरिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :