बढ्यो धान र मकैको उत्पादन

यो समाचार 255 पटक पढिएको

केही जिल्लाको उत्पादनमा कमी

 

काठमाडौं, १२ पुस\ सरकारले चालु आर्थिक बर्षमा धान र मकैको उत्पादनमा बृद्धि भएको जनाएको छ । कृषि विकास मन्त्रालयले यस बर्षको खाद्यान्न वालीको उत्पादनस बन्धी प्रतिवेदन शुक्रबार सार्वजनिक गर्दै यस्तो दावी गरेको हो। मन्त्रालयका सहसचिब बिजयकुमार मल्लिकका अनुसार यस आर्थिक बर्षमा गत बर्षको तुलनामा करिब बाह्र प्रतिशतले उत्पादनमा बृद्धि भएर ५० लाख ४७ हजार मेट्रिक टन धान फलेको छ। धान खेति हुने कूल क्षेत्रफलसमेत यसबर्ष करिब ६६ हजार हेक्टरले बढेको छ। गत बर्ष ४५ लाख ४ हजार मेट्रिक टन फलेको थियो। अघिल्लो आर्थिक बर्षमा ५० लाख ७२ हजार मेट्रिक टन उत्पादन भएको थियो।OLYMPUS DIGITAL CAMERA

‘अहिलेको बजार मूल्यअनुसार १ खर्ब ९ अर्ब ३६ करोड रूपैयाँबराबरको धान फलेको छ,’ सहसचिब मल्लिकले भने,’धानको उत्पादन बढ्नुमा उन्नत कृषि प्रबिधिको उपयोग, समयमा मनसुनी बर्षा र रसायनिक मलको अभाव नहुनु नै हो।’ तराईमा उन्नत जातका साबित्री, बिन्देश्वरी, राधा ४ र १२, मध्य पहाडमा खुमल ४, १०,११ तथा उच्च पहाडमा चन्दननाथ आदिको प्रयोग गरिएका कारण उत्पादकत्व बढेको मन्त्रालयको दावी छ। मन्त्रालयकाअनुसार यस बर्ष खडेरीका कारण तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा र सर्लाही तथा पहाडी जिल्ला भक्तपुर र काभ्रेमा केही धानवाली क्षेत्र प्रभावित हुन पुग्यो। यसआर्थिक बर्षमा पन्द्र जिल्लामा गतबर्षकै तुलनामा उत्पादन भएको छ भने पचार जिल्लाको धानवालीको उत्पादकत्वमा बृद्धि भएको छ। यस्तै १० जिल्लाको धानको उत्पादनमा केही कमी आएको मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयका वरिष्ठ तथ्याङ अधिकृत हेमराज रेग्मीका अनुसार यसबर्ष मकैको उत्पादनमासमेत बृद्धि भएको छ। मकैतर्फ १० प्रतिशतले बृद्धि भएर २२ लाख ८३ हजार मेट्रिक टन उत्पादन भएको छ। गत बर्ष २० लाख ७८ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो। उत्पादनसँगै क्षेत्रफलमा ६ प्रतिशतले बृद्धि भएर ५४ हजार हेक्टर थप मकै खेती गरिएको मन्त्रालयले जनाएको छ। यस वर्ष कोदोबाली र फपर बालीको उत्पादन तर्फ भने दुई प्रतिशतले कमी आएको छ । वर्षा धेरै भएकाले उत्पादनमा असर परेको मन्त्रालयले बताएको छ । गत वर्ष ३ लाख ५ हजार मेट्रिक टन कोदो उत्पादन भएकोमा यस वर्ष घटेर ३ लाख चार हजार मेट्रिक उत्पादन भएको छ। फापरतर्फ १० हजार ३ सय ३५ मेट्रिक टन उत्पादन भएको छ।

क्षेत्रगत उत्पादन

खाद्य वस्तु                                                              उत्पादकत्व

धान                                                                  ५० लाख ४७ हजार मेट्रिक टन

मकै                                                                  २२ लाख ८३ हजार मेट्रिक टन

कोदो                                                                 ३ लाख चार हजार मेट्रिक टन

फापर                                                               १० हजार ३ सय ३५ मेट्रिक टन

रचनात्मक प्रतिक्रिया दिनुहोस् :