“खेती लोकतन्त्र” माथि प्रहार

यो समाचार 249 पटक पढिएको

  • चन्द्रकिशोर 

सर्लाही बलरा -९ का किसान जीतेन्द्र भन्छन्,”यसपटक उब्जनी भएको सय मन धानमध्ये सत्तरी मन त बटैया गर्ने श्रमिक किसानलाई नै दिनुपर्‍यो । बटैया गरेको हुनाले आधीमा उसको हक हुने नै भयो । बाँकी ज्यालाका रूपमा धान काट्ने, दाइँ गर्ने जस्ता कामको पारिश्रमिकमा गयो ।”  जीतेन्द्र एउटा सामान्य किसान हुन् । उनको खेतको बटैया एकजना खेतीहर मजदुरले गर्छ । तराईमा जग्गा भएका किसान र अर्को उक्त जग्गामा काम गर्ने श्रमिक किसान गरी दुई थरीका किसान छन् । श्रमिक किसानलाई खेतीहर मजदुर भनिन्छ ।

जग्गा भएका किसानहरूमा पनि दुई थरीका छन् । एकथरी जो खेतीपातीमै निर्भर तथा आफू पनि खेतको आलीमा जाने, निगरानी गर्ने, खेतीहर मजदुरलाई अह्राउने-खटाउने गर्छन् । अर्कोथरी खेतीयोग्य जग्गा छ, तर ऊ खेतको आलीमा आफू पुग्दैन । उसले ठेक्का, बटैया, हुन्डीमा बाली दिएको हुन्छ र सोझै ऊकहाँ बालीको आम्दानी पुग्छ । खेतीहर मजदुरमा पनि वर्गीकृत अवस्था छ । खेतीपातीमै संलग्न रही गाईवस्तु समेत पाल्ने र त्यसका लागि खेतखलिहानमा निर्भर रहने एउटा समूह छ ।

cc

अर्को परिवारको केही सदस्य बाहिर रोजगारीमा जान्छन् र केही सदस्य गाउँमै खेतीहर मजदुरको काम गर्छन् । बाहिर खेती रोजगारीमा जानेहरूको एउटा यस्तो पनि समूह छ, जो आफ्नो गाउँघरतिर खेतीमा सघाउँदैनन्, बरु खेतीको मौसममा अरुतिर जान्छन् । त्यसैगरी खेतीहर मजदुरकै एउटा यस्तो वर्ग छ, जो खेतीका लागि आवश्यक प्रविधि र गोरु पनि राख्छन् । खेतलाई बटैया, ठेक्का वा हुन्डीमा लिन्छन् र खेती गर्छन् । मोटामोटी हिसाबले तराईको खेती प्रणालीमा आबद्ध रहेका समूहहरूलाई यसरी वर्गीकृत गरी बुझ्न सकिन्छ । क्षेत्र र जिल्ला विशेषमा खेतीका तौरतरिकामा अलि फरकपन पनि भेटिन्छ, तर समग्रमा प्रवृत्तिगत रूप उस्तै छ । जस्तै( कतै पारश्रमिकमा अन्न नै तौलिएर दिइन्छ त कतै खास(खास कामका लागि नगद नै भुक्तान गरिन्छ । खेतीजन्य कार्यका लागि पारिश्रमिकमा एकरूपता छैन ।
खेती हाम्रो संस्कृतिको आत्मा हो । सामाजिक जीवनको अन्तरनिर्भरताको एउटा पारम्परिक आधार हो । खेतीसँंग नै हाम्रा आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक चक्रहरू जोडिएर आउँछन् । तर पछिल्ला दशकदेखि खेती घाटाको कारोबार बन्दै गएको छ । खेतीपातीमा संलग्नहरू आफूलाई हीनताबोध भएको अनुभव गर्छन् । कृषि क्षेत्र एउटा असंगठित क्षेत्र भएकाले यसका बारेमा न राजनीतिक सुनुवाइ नै हुन्छ, नत मिडियामा नै किसानका पीडा यथार्थ रूपमा बाहिर आउँछन् । माथि खेती प्रणालीमा आबद्धहरूको वर्गीकृत पहिचान गराउन लामो फेहरिस्त दिइए पनि वास्तविकता के हो भने खेतीमाथिको निर्भरता घट्दै जाँदा यसमा संलग्न ठूलो हिस्सा अर्कोतिर कामको खोजीमा भौंतारिरहेका छन् ।

यसरी भौंतारिएकाहरूले के(कस्ता काम पाए, कहाँ गए, कहाँ जाँदैछन्, पारम्परिक सिकाइको पेसा छाडेर अलग्गिँदा अर्को सीप सिकियो कि सिकिएन, उनीहरूको रोजगारीको स्थिरता के छ जस्ता प्रश्नबारे बढी विमर्श हँुदैन । स्थानीय मिडियाहरूले पनि यस्ता कुरालाई खोतल्ने यत्न गर्दैनन् । रोजगारीका नाममा थोरबहुत वैदेशिक रोजगारी वा औद्योगिक रोजगारीतर्फका परिदृश्यहरूलाई चियाउने काम भइराखेको छ । तर खेतीबाट आफूलाई बञ्चित गर्नथालेका समूहका मार्का र तिनका सामाजिक(सांस्कृतिक(आर्थिक चक्रमा हुनथालेका फेरबदल बारेमा त्यति चासो पाइँदैन ।

खेती एउटा पारम्परिक कार्य थियो, जसमा ग्रामीण स्वतन्त्रताको झलक भेटिन्थ्यो । अर्थात गाउँ, गाउँमै निर्भर थियो, गाउँबाट उत्पादन बाहिर जान्थ्यो । खेतीसँग जोडिएका अन्य व्यवसाय पनि थिए, तीमध्ये कतिपय व्यवसाय पारम्परिक रूपमा विभिन्न जात समूहसँग आबद्ध थियो, तर यसमा आफ्नै प्रकारको सीप र रोजगारी थियो । जगको रूपमा रहेको खेती नै हल्लिन थालेपछि योसँग जोडिएर आउने अन्य पेसा पनि भत्किँदै गएको छ । खेतीलाई आधुनिकीकरण गर्ने नाममा जुन तौरतरिका बाहिरबाट गाउँमा भित्र्याइयो, त्यसले ग्रामीण अर्थतन्त्रको स्वायत्ततालाई मास्ने काम गर्‍यो । गाउँको निर्भरता सहरमुखी हुनथाल्यो । सहर भनेको बजारले गाउँको स्वायत्ततालाई निर्देशित र नियन्त्रित गर्न थाल्नु हो । अहिलेको अवस्था यही बीचको संक्रमणको हो । अर्थात हाम्रो समाज राजनीतिक रूपमा मात्र होइन, सामाजिक(आर्थिक रूपमा पनि संक्रमणको गोलचक्करमा फँसेको छ । राजनीतिक क्षेत्रको सामान्यकालका बारेमा एउटा स्पष्ट चित्र छ, तर गाउँमा भइराखेको हलचल र उसको स्वायत्तता हरणको सवालमा कुनै स्पष्ट मार्गचित्र छैन । यो नै यतिखेरको दुःखान्त हो ।

देहाती वैज्ञानिकका रूपमा चिनिएका बारा, प्रस्टोका( ६ का अगुवा कृषक रामाश्रय साहले आफ्नो खेतीपातीका लागि आफ्नै घरमा बीउ तयार गर्थे । धान, मकै, गहुँ, दलहन वा तरकारीको बीउ पनि घरमै संरक्षित गरेर राखिन्थ्यो । बीउ संरक्षणका लागि पारम्परिक तरिकाहरू अपनाइन्थे । उनी भन्छन्, ुअब हामी बजारको बीउमाथि निर्भर भएका छौं ।ु बीउ सञ्चय र छर्ने पारम्परिक तरिकासँगै सांस्कृतिक पक्ष पनि जोडिएको थियो, जसलाई कोठीवन्न, मुठलग्गी, गवलग्गी, कदवापखार भन्ने गरिन्थ्यो । त्यो भनेको बीउको शुद्धताप्रतिको सचेतता थियो । तर आजभोलि प्रायः किसान बीउका लागि बजारमाथि निर्भर हुनथालेका छन् । उनलाई कृषि प्राविधिकहरूले सिकाउँदैछन्( वर्णशंकर बीउ प्रयोग गर । यसले उत्पादन बढाउँछ । अत्यधिक उत्पादन र सुरक्षित भनिएको बीउको प्रलोभनमा किसानहरू आफ्नो रैथाने बीउहरू छोड्दै गएका छन् । पारम्परिक तरिकाबाट बीउ सञ्चय गर्ने र त्यसलाई आफ्नो खेतमा प्रयोग गर्ने जुन चलन थियो, त्यो हराउँदै गयो ।

आधुनिकीकरणको नाममा मिश्रति खेती प्रणालीको चलन समाप्त भएको तथा ग्रामीण किसानको क्रयशक्ति कम भएको छ । हाम्रो कृषि प्राणालीलाई विदेशी परिभाषाको आँखाले न हेर्न सकिन्छ, नत आवरण नै दिन सकिन्छ । हजारौं वर्षको अनुभव र ज्ञानले विकसित भएको खेती प्रणालीलाई कसरी व्यवस्थित गर्ने, त्यसमाथिको निर्भरताको दायरालाई कसरी फराकिलो बनाउने, बहुअन्नको उत्पादनलाई कसरी विस्तारित गर्ने र यहाँको जीवनशैलीसंँग जोडिएको कृषि प्रणालीलाई निरन्तरको गतिमान कसरी बनाउने जस्ता सवालहरू अहिलेका लागि महत्त्वपूर्ण हुन् । बाहिरी ज्ञानका पछाडि आफ्नै दृश्य(अदृश्य स्वार्थ हुन्छन्, नेपालमा त यहींको परिवेश अनुसारको पद्धति विकासका चरणहरू उक्लियो भने त्यसले स्थायित्व पनि पाउँछन् र सबैतिर उन्नति पनि छाउँछन् । सवाल केवल ुबीउुको होइन, पारम्परिक रूपमा ग्रामीण उत्पादन बिक्री गर्ने ुहाटुहरूको स्वायत्तता निमोठिँदैछ, त्यसमाथि कर्पोरेट शक्तिको बर्चस्व र स्वामित्व थपिँदै गएको छ । यो अवस्था भनेको ुखेती लोकतन्त्रुका लागि अधिनायक शक्तिको स्पर्शाघात हुनु हो ।

तसर्थ खेतीको लोकतान्त्रीकरणतर्फ बहस र व्यवस्थापन भएन भने किसानको हातबाट खेती गुम्दै जान्छ । खेतीमा किसान संलग्न देखिए पनि उसको निर्णायकत्व हुँदैन, उसको स्वामित्व हुँदैन, ऊ कमैया हुन्छ ।धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेत भन्छन्, ुनेपाल रैथाने धानको हकमा विविधता भएको मुलुक हो । हामीसँंग विभिन्न जातका रैथाने धानहरू छन् । तर बजारको चपेटामा ती रैथाने धानहरूको खेती गर्ने चलन कम भयो ।ु रैथाने बीउको विशेषता भनेकै स्थानीय हावापानी, माटो, सुखाड, पानी जम्ने, कम पानी हुने जस्ता अवस्था अनुसारको अनुकूलतासँग मिल्न सक्नु हो । विभिन्न बीउका आफ्नै मौलिक गुणहरू थिए । तर योसंँग जोडिएको महत्त्वपूर्ण पक्ष के थियो भने खेतीको मूलतत्त्व ुबीउुमाथि किसानको आफ्नै स्वामित्व थियो । यही साता काठमाडौंमा सोसल साइन्स वहाःद्वारा आयोजित महेशचन्द्र रेग्मी लेक्चर(०१३ मा वन्दना शिवा आएकी थिइन् । वन्दना शिवा अन्तर्राष्ट्रिय मञ्चमा खेतीको सवालमाथि लगातार लड्ने गरेकी र वैचारिक प्रदान गर्ने नाम हुन् । उनले भनिन्, ुवंशाणुगत गुण परिवर्तित बीउबिजन भनेको आत्महत्याको बीउ हो ।ु वन्दना त्यतिखेर नेपाल आइन्, जतिखेर नेपाली समाज मोन्सान्टोको उत्पादन बारेमा तरंगित भइराखेको थियो ।

कान्तिपुरबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :