बाख्रापालन व्यवसाय प्रवद्र्धन गर्न व्यवसायीको माग

यो समाचार 474 पटक पढिएको

काठमाडौं/ बाख्रापालन व्यवसाय प्रवद्र्धनका लागि एकद्वार प्रणालीबाट सहयोग गर्नुपर्ने व्यवसायीहरुले औल्याएका छन् ।

goat 2नेपाल व्यवसायिक बाख्रापालन महासंघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर व्यवसाय प्रवद्र्धन र विस्तारका लागि सरकारले एकद्वार प्रणालीबाट उचित सेवा सुविधा उपलव्ध गराइदिनुपर्ने माग गरेका हुन् ।  महासंघका अध्यक्ष शंकरप्रसाद मैनालीले सरकारले कृषिमा अनुदानको लागि रकम छुट्टाए पनि व्यवसायिक रुपमा लागेका किसानले पाउन नसकेको गुनासो पोखे । निजी स्तरबाट करौडौ लगानीमा बाख्रापालन व्यवसाय सुरु गरिएपनि राज्यबाट कुनै सुविधा पाउन नसकेको भन्दै उनले झोलामा व्यवसाय गर्नेले मात्रै सरकारी अनुदान प्राप्त गर्ने गरेको आरोप लगाए ।

स्थानीय उत्पादनले माग धान्न नसकेर वर्षेनी अबौं रुपैयाँ बराबरको मासु आयात भइरहेको अवस्थामा महासंघले भेडा, च्याङग्रा र बाख्राको गुणस्तरीय उन्नत जातका ब्रीड (वीर्य ) व्यवस्था तथा आयात गर्न सक्ने वातावरण मिलाइदिनुपर्ने माग राखे । व्यवसायीहरुबाट उत्पादित बाख्रालाई राज्यले साल्ट्र टे«डिङ र नेपाल खाद्य संस्थानमालाई खरिदको पुर्ण जिम्मेवारी दिदा उपभोक्ताले उचित मुल्यमा पाउन सक्ने भन्दै महासंघले भेडा, बाख्रा, च्याङग्रा अनुसन्धानको काम नार्कबाट गर्न सकिए स्वदेशमै मागअनुसार बाख्रा, खसी, च्याङग्राको उत्पादन गर्न सकिने जानकारी दिए । महासंघका अनुसार मुलुकभर दुई हजार संख्यामा बाख्रा फार्म सञ्चालनमा रहेका छन । जसमा ५० हजार संख्यामा च्याङग्रा, आठ हजार भेडा, एक करोड २ लाख संख्यामा बाख्रा रहेका छन । गत वर्ष गएको भुकम्पका कारण दुई सय ८० फार्म ध्वस्त भएको थियो

यसैबीच, बाख्रापालनमा व्यवसायीहरुको व्यवसाय प्रर्वद्धन गर्ने उदेश्यका साथ आगामी आइतबार नेपाल व्यवसायिक बाख्रापालक महासंघको राष्ट्रिय सम्मेलन हुन लागेको छ । ४७ जिल्लामा रहेका किसानहरु आवद्ध रहेको महासंघमा व्यवसायिक रुपमा बाख्रापालन गर्ने व्यवसायीहरु आवद्ध रहेका छन । करोडौ रुपैयाँ लगानी गरी निजी निजी स्तरबाट व्यवसायीले बाख्रापाल व्यबसाय विस्तार गरिरहेका छन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :