मकवानपुरको फापरबारीमा कुरिलो नर्सरीको तयारी

यो समाचार 239 पटक पढिएको

नेपाली जडिबुटीको अवस्थाबारे सर्वेक्षण हुँदै

काठमाण्डौ । कुरिलो खेती गर्ने किसानहरुलाई खुशीको खबर । कुरिलोको हाइब्रिड बिरुवामा कमिसनको खेल भइरहेका बेला अब किसानहरुलाई सहजता प्रदान गर्नका लागि सर्लाही, रुपन्देही र मकवानपुरमा कुरिलोको नर्सरी स्थापना गरिने भएको छ । नेपालमा जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावारको खास स्थिति र तथ्यांकबारे सर्वेक्षण हुने भएको छ । नेपालमा जडिबुटी र गैह्रकाष्ठ वन पैदावरको राम्रो स्रोत मानिए पनि यिनीहरुबारे औपचारिक तथ्यांकको अभाव रहँदै आएको छ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन ९एफएओ० र वन विभागको सक्रियतामा यो सर्वेक्षण हुन लागेको हो ।Kurilo

तराई तथा चुरेमा गैह्रकाष्ठ वन पैदावरको दिगो व्यवस्थापन तथा विकास कार्यक्रम नामक परियोजनाबाट थालिएको यो अध्ययन २०१४ डिसेम्बरमा पूरा हुनेछ । गत फेब्रुअरीदेखि सञ्चालित यस परियोजनाले हाल तीन जिल्लामा जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावारको प्रवर्द्धनमा काम गरिरहेको छ । सो कार्यक्रमका मुख्य राष्ट्रिय परामर्शदाता डा। राजेन्द्र केसीका अनुसार सर्लाही, मकवानपुर र रुपन्देही जिल्लामा प्रारम्भिक चरणका कामहरु भइरहेका छन् । यी जिल्लाहरुमा गैह्रकाष्ठ वन पैदावारका नर्सरी स्थापना हुनेछन् ।

सर्लाहीको पत्थरकोटस्थित लक्ष्मी कबुलियती वन र रुपन्देहीको बुटवलस्थित जीतेश्वरी सामुदायिक वनमा बीऊ बगैंचा कार्यक्रम सुरु भइसकेको छ । मकवानपुरमा ठाउँ खोजी भइरहेको छ । नेपालमा हाल वाषिर्क एक सय ५० प्रजातिको जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावार संकलन तथा बजारीकरण भइरहेको प्रारम्भिक अनुमान छ । यसबाट झण्डै एक अर्ब रुपैंयाँको कारोबार भइरहेको बताइन्छ । प्राकृतिक उत्पादन र संकलनमा मात्र जोड दिइरहेको हुँदा नेपाली जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावारको उत्पादकत्व वर्षेनी घट्दो छ । ‘हामीले यिनीहरुको दिगो उपयोगका लागि खेती विस्तार तथा स्थानीयकरणमा ध्यान दिनु जरुरी छ’ डा। केसी भन्नुहुन्छ ‘कच्चा रुपमा भन्दा पनि प्रशोधनपछि मात्र बजारीकरण गर्न पाए राम्रो हुनेछ ।’

तीन जिल्लामा कुरिलोको नर्सरी को तयारी

परियोजनाले नेपालमै पहिलोपटक सरकारी तवरबाट स्थानीय जातका कुरिलोको नर्सरी स्थापना गर्ने भएको छ । हाइब्रिड तथा आयातीत बीऊको नाममा किसानहरु ठगिइरहेको अवस्थामा नेपाली कुरिलोको स्थानीयकरणले राहत पुग्ने डा। केसी बताउनुहुन्छ । सर्लाही, मकवानपुर र रुपन्देही जिल्लामा एक(एक हेक्टर जमीनमा कुरिलोको नर्सरी स्थापना गरिने बताइएको छ । आफूहरुले मकवानपुरको फापरवारी केन्द्र बनाई जडिबुटी प्रशोधनमा केही लगानी गर्ने सोचसमेत बनाएको उनले जानकारी दिएका छन् । फापरबारी आसपासबाट गत वर्ष मात्र साढे तीन करोड रुपैंयाँ बराबरको कुरिलो संकलन भई कच्चा रुपमा भारत निर्यात भएको वन विभाग स्रोतले जनाएको छ । परियोजनाको लागत जम्मा तीन लाख युरो ९करिब पौने तीन लाख नेपाली रुपैंयाँ० को छ । यो परियोजना सफल भएमा जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावरको प्रवर्द्धनमा राष्ट्रिय स्तरको परियोजना लागू गरिने बताइएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :