टोकियोमा ‘कृषि प्रदर्शनी’ हुने

यो समाचार 363 पटक पढिएको

काठमाडौं/ जापानको राजधानी टोकियोमा कृषिजन्य वस्तु र खाद्यान्न प्रदर्शनीको साथै ‘जापानको कृषि क्षेत्रमा नेपालीहरुको सम्भावना, यहाँको कृषिपद्धति र प्रबिधिलाई नेपालसँग कसरी जोड्ने’ विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

Eco-Heart-logoलुम्बिनी ग्रुप अन्तर्गत रहेको ECo-Heart कम्पनीको आयोजनामा यही जुन १९ तारिख आइतबार हुन लागेको कार्यक्रममा जापानका उत्कृष्ट कृषि तथा खाद्यान्न विज्ञहरुको सहभागिता रहने आयोजकले बताएको छ ।

टोकियोको शिनओकुबोस्थित सोलमारी रेष्टुरेन्टमा हुने उक्त अन्तरक्रिया कार्यक्रममा जापान एग्रिकल्चरका कृषि विज्ञ, जापान फर्टिलाईजरका मल विज्ञका साथै होक्दाईदौ रामेन कम्पनीका प्रबन्ध निर्देशक लगायत विशिष्ट व्यक्तिहरुको सहभागीता रहने कार्यक्रम संयोजक एवं पत्रकार नारायण रिमालले बताए ।

जापानको ब्यवसायिक कृषि क्षेत्रमा छोटो समयमै स्थापित भएको लुम्बिनी ग्रुपले जापान सरकारबाट ब्यावसायिक कृषिका लागि अनुमति प्राप्तगरी जापानको होक्काईदो स्टेटमा १५ हेक्टर जमिनमा आधुनिक खेती गरिरहेको छ । कृषि प्रदर्शनीबाट जापानमा सञ्चालित नेपाली रेष्टुरेन्ट ब्यवसायीहरुलाई प्रत्यक्ष लाभ पुग्ने कम्पनीका प्रबन्ध निर्देशक बिष्णु गिरीले बताए ।

त्यस्तै कार्यक्रममा जापानको कृषि क्षेत्रमा नेपाली लगानीको सुनिश्चितता र नेपालको कृषि क्षेत्रको विकासमा प्रवासीहरुको भुमिकाको बारेमा पनि प्रष्ट पारिने गिरीले बताए । कार्यक्रम दिउँसो दुई बजे सुरु हुनेछ । कार्यक्रममा आयोजक संस्था अन्तर्गत रहेको ECO-Heart कम्पनीद्धारा उत्पादित कृषिजन्य बस्तुहरुको जानकारी तथा यसको प्रयोगबाट नेपाली तथा ईण्डियन रेष्टुरेन्टका ब्यवसायमा सुधार ल्याउन अवधारणा समेत तयार गरिने छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :