थारु समुदायका युवाहरु व्यवसायीक काउली खेतीमा

यो समाचार 279 पटक पढिएको

  • अर्जुन सिंह

कञ्चनपुर ,  कञ्चनपुरको देखतभूली गाविस ९ कटानका थारु समुदायका आधा दर्जन युवाहरु व्यवसायीक काउली खेतीमा लागेका छन । काउली खेती बाट मनग्य आम्दानी हुने भएपछि यहाँका युवाहरुले यस व्यवसायलाई अपनाएका छन । काउली बाट सिजनमा एक परिवारले झण्डै ६० हजार बढी आम्दानी गर्दै आएका छन ।

Kauli

दश का जग्गामा काउली खेती गर्नका लागि रसाईनिक मल, सिचाई र किटनासक गरी पाँच हजार जति खर्च लाग्ने काउली खेतीमा संलग्न पर वहादुर चौधरीले बताउनु भयो । लगानी भन्दा आठ गुणा बढी काउली खेती बाट आम्दानी हुने भएकाले यहाँका अधिकांसले काउली खेतीलाई रोजेको उहाँले बताउनु भयो । सात का जग्गामा काउली खेती गरेका चौधरीले १७ जनाको संयुक्त परिवारको खर्च तरकारी खेतीले धानिदै आएको छ । विगतमा मजदुरीका लागि भारतमा जादाँ छ महिना मजदुरी गरेर रु १२ हजार जति कमाई हुन्थ्यो उहाँले भन्नु भयो,“हाल काउली खेती गरेर रु ५० हजार देखि ६० हजार आम्दानी हुने गरेकाले भारतमा जान छाडेका छौं ।”यहाँका कृषकहरुले पाँच बर्ष देखि तरकारी खेती गर्दै आएका छन ।

काउलीको गोडमेल लगायतको कार्य महिलाहरुले गर्ने र पुरुषहरुले स्थानिय बजार र गाँउमै काउली बेच्नका लागि लग्ने गरेका छन । तरकारी बिक्रेताहरुले फोन बाटै चाहेजति काउलीको माग गर्ने भएकाले बजार खोजी हिडनु पर्ने झन्झट समेत नभएको उहाँले बताउनु भयो । विवाह, ब्रतबन्ध र भोजभतेरका लागि गाँउमै समेत काउलीको उच्च माग रहेकाले उत्पादन गरेको काउली ग्राहकको माग बमोजिम नपुग्ने भएको अम्मर चौधरीले बताउनु भयो । भारतीय बजार बाट भित्रिने काउली संग प्रतिस्पर्धा गर्नका लागि मंसिर महिना देखिनै काउली लाई बजारमा पुरयाउदै आएको उहाँले बताउनु भयो । मंसिरमै उत्पादन भएको काउलीको बजार मूल्य समेत अन्य बेलाको भन्दा बढी पाईने भएकाले यहाँका काउली उत्पादक कृषकहरुले रु ५० प्रति किलोका दरले काउली बिक्री गर्दै आएका छन । यहाँका सात जना कृषकहरु काउलीको उत्पादनमा लागेका छन ।

तीन बिघा बढी क्षेत्रफलमा यहाँ १० मेट्रिक टन बढी काउली उत्पादन हुने गरेको छ । कृषि सेवा केन्द्रका जेटिए बाट सल्लाह लिएर काउली खेती गरेका यहाँका कृषकहरुको आर्थिक अबस्थामा समेत सुधार आएको छ ।काउलीको सीजन पछि यहाँका कृषकहरुले नदीको बगरमा कांक्रा, लौका, तरभूजा र टमाटर उत्पादन गरी बार्षिक रुपमा रु एक लाख बढी आम्दानी गर्दैै आएको बताएका छन ।तरकारी खेतीमा संलग्न सबैका घर घरमा तरकारी खेतीको कमाईले सिचाईका लागि विद्युतिय मोटर र जोताईका लागि पावर ट्रेलरको समेत व्यवस्था गरेका छन । जिल्ला कृषि विकास कार्यालयका अनुसार २६५ हेक्टर क्षेत्रफलमा कञ्चनपुरमा २१२० मेट्रिक टन काउली उत्पादन हुने गरको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :