विश्व दूध दिवसमा दर्जनौ सम्मानित

यो समाचार 398 पटक पढिएको

काठमाडौं / ‘नियमित दूध सेवन, स्वस्थ र समृद्ध जीवन’ भन्ने नाराका साथ विश्व दूध दिवस मनाइएको छ ।

milk day 19दूध तथा दुग्धजन्य पदार्थ उपभोगमा सबैको पहुँच पु¥याउने उद्देश्यले विभिन्न सरोकारवाला निकायको सहकार्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्धारा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा सम्वन्धित क्षेत्रका विज्ञ, किसान र पशु सहकारी गरी दर्जनौं सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा धुम्वाराही डेरीका प्रलाद दहाल, आधुनिक डेरी प्रोडक्स प्रालि बालाजुका पूर्णबहादुर थापा, एकीकृत दुग्ध विकास तथा कृषि उत्पादन प्रालि पनौती कृष्णकुमार राठी, लुम्विनी एग्रो पोडक्टस एण्ड रिसर्च सेन्टर रुपन्देहीका शशिधर पौडेल, औराहा पशुपालन कृषि सहकारी संघ वारा र कलाकार सीता केसी रहेका छन् ।

डेरी विज्ञका तर्फबाट नेपाल दुग्ध विकास संस्थानका पूर्व महाप्रन्धक टेकबहादुर थापा र सञ्चार क्षेत्रबाट हिमालय टाइम्सका लेखनाथ पोखरेल सम्मानित भएका छन् । त्यस्तै व्यावसायिक गाईपालनतर्फ सुनसरीस्थित गोरखा गौशाला तथा कृषि उपज प्रालिका सन्तोष आचार्य प्रथम, रुपन्देहीस्थित उमादेबी पशु विकास फार्मका यज्ञमूर्ति खनाल द्धितिय, नवलपरासीस्थित सोसाइटी फार्म हाउस एण्ड रिसर्च सेन्टर प्रालिका गोपाल पाण्डेले तृतिय पुरस्कार प्राप्त गरेका छन् भने मोरङकी रञ्जना चालिसेले सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन् । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले सम्मान तथा पुरस्कार प्रदान गरेकी थिइन् ।

त्यस्तै दूध दिवसको अवसरमा आयोजित उपत्याकाव्यापी विद्यालय कविता प्रतियोगितामा काठमाडौं विशालनगरस्थित सेन्टजर्स इन्टरनेशनल स्कुलका आयुस पौडेल प्रथम भएका छन् । त्यस्तै धुम्वाराहीस्थित युनिभर्सल उमाविका विशाल रेग्मी र कोटेश्वरस्थित ग्रामर पब्लिक उमाविकी समृद्धि कार्कीले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । सान्त्वनातर्फ कोटेश्वरस्थित वेष्ट ग्रुप भिजन पब्लिक स्कुलका समीर तामाङ, सेन्टसर्ज इन्टरनेशनलका सन्दीप रसाइली र डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम उमाविकी आरती सुवेदी रहेको कार्यक्रम संयोजक प्रलाद दहालले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ५, ३, २ र १–१ हजार नगद पुरस्कार प्राप्त गरेका छन्् ।

lekhnath finalसो अवसरमा पशुपंक्षी विकासमन्त्री शान्ता मानवीले दुध तथा दुग्धजन्य उत्पादनमा पशुपालन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै पशुप्रति पनि सम्मान प्रकट गर्नुपर्ने बताइन् । गाईको दुध पञ्चामृतजस्तो पवित्र वस्तुका प्रयोग हुने गरेको भएपनि गाइ भने उपेक्षित अवस्थामा रहेको उनको गुनासो थियो । राष्टिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक कैलाश प्रसाद ढुंगेलले पशुपालन क्षेत्रका लागि सरकारले आगामी आर्थिक वर्षका लागि न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । घोषणाले मात्रै दुध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुन नसक्ने भएकोले परिणामुखी कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिनुपर्ने उनको भनाइ छ । उनले कृषि क्षेत्रको विकास र विस्तारका लागि सबैभन्दा पहिले किसानलाई इज्जत र सम्मान गर्ने परिपाटीको विकास हुनुपर्ने बताएका छन् । उनले भने–अझै पनि कृषि कर्ममा लागेका युवाहरुको विवाहका लागि सहजरुपमा कन्या पाउन गाह्रो छ । शिक्षित भनिएकाहरुबाटै किसान र कृषि क्षेत्र सबैभन्दा अपेक्षित बनेको छ ।

विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो । हरेक वर्ष वोर्डको अगुवाइमा नेपाल डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएनल, पशुसेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, दुग्ध विकास संस्थानलगायतले संयुक्त रूपमा दिवस मनाउँदै आएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :