‘कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ’ : उपराष्ट्रपति पुन

यो समाचार 331 पटक पढिएको

नेपाल भेटेनरी एसोसिएसनको १२ औँ सम्मेलन

काठमाडौँ / उपराष्ट्रपति नन्दबहादुर पुनले देशको अर्थतन्त्र मजबुत बनाउन कृषि तथा पशुपक्षी विकासका क्षेत्रमा बजेट बढाउनुपर्ने बताएका छन् ।

vetenaryनेपाल भेटेनरी एसोसिएसनको १२ औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले भने, “यदी राज्यले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्ने हो भने विदेशीएका युवाले यही आफ्नो भविष्य देख्नेछन् र यो पेसामा आवद्ध हुनेछन् ।” उपराष्ट्रपति पुनले सरकारले तयार पारेको २० वर्षे कृषि विकास रणनीति प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा कृषि विकासमन्त्री हरिवोल गजुरेलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा किसान सुरक्षा कोष, निवृत्तिभरणलगायत उत्साहित योजना भए पनि बजेटमा खाली ‘सम्भ्यावता अध्ययन गरिने छ’ मात्र भनिएकाले यो सच्याउनुपर्ने बताए ।

पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले कृषि क्षेत्रको वस्तु आयातका लागि वार्षिक रु १८ अर्ब भन्दा बढी रकम विदेशिने गरेको बताउँदै अबको दुई/तीन वर्षभित्र अयात विस्थापन गर्ने लक्ष्य मन्त्रालयको रहेको बताए ।

मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले मन्त्रालयले पशुपक्षीको विकासका लागि नश्ल सुधार, आहार, स्वास्थ्य र पशुजन्य पदार्थको सुधारका योजनालाई अघि बढाइएको जानकारी दिए । एसोसिएसनका अध्यक्ष डा रामकृष्ण खतिवडाले भेटेनरी सेवालाई अत्यावश्यक सेवाको रुपमा विकास गर्न आफूहरु लागिपरेको बताए। तीन दिने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :