यस्तो छ, कृषिमा सिंचाई

यो समाचार 602 पटक पढिएको

काठमाडौं/ सरकारले आगामी पाँच बर्षभित्रमा सम्पूर्ण कृषि योग्य भूमिमा सिंचाई सुविधा पु¥याउन तराई मधेश र भित्रि मधेशका २२ जिल्लामा आधुनिक सिंचाई प्रणाली स्थापना गरेर आगामी आर्थिक बर्ष ११ जिल्लामा समृद्ध तराई मधेश सिंचाई विशेष कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।

Irrigationयसका लागि दुई अर्ब ३० करोड रुपैयाँ बिनियोजन गरिएको छ । यसैगरी सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय सिंचाई आयोजना गरी सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, रौतहठ र बाराको एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाई उपलब्ध गराउने लक्ष्य छ । सिंचाई तर्फ कूल २४ अर्ब ४६ करोड बिनियोजन गरिएको छ ।

निर्माणाधिन बृहत सिंचाई प्रणालीहरु सिक्टा, रानी जमरा, कुलरिया, बबई, भेरी बबई डाइभर्सन, महाकाली तेश्रो र बागमती सिंचाई आयोजनाको बाँकी काम तीन बर्षमा सम्पन्न गरिनेछ । यो कार्यक्रमका लागि पाँच अर्ब ३५ करोड बिनियोजन गरिएको छ । सिंचाई प्रणालीको मूल नहरमा मत्स्य पालन व्यवसायलाई प्रोत्साहन गरिनेछ । मूल नहरमाथि सोलार प्यानल जडान गरी सौर्य उर्जा उत्पादन गर्न नीजि क्षेत्रसँग सहकार्य गरिनेछ । कन्काई सिंचाई आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्यक्रम आरम्भ गरिनेछ ।

काली गण्डकी तिनाउ, सुनकोशी कमला र राप्ती कपिलवस्तु डाइभर्सन वहुउद्देशीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ । पहाडी र उच्च पहाडी क्षेत्रमा बग्ने १२ ठूला नदीमा व्यवस्थित नियन्त्रणका कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि तीन अर्ब ९८ करोड छुट्टयाइएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :