मदिरा : मुखमा हाल्नासाथ निलिहाल्ने होइन

यो समाचार 240 पटक पढिएको

सुजित महत

जन्मदेखि मृत्युसम्मका संस्कारमा मदिरा नभई नहुने जातजातिको संख्या टन्न छ । नेवार समुदायमा बेलविवाह, व्रतबन्ध, विवाह र भाइटीकामा सगुनका रूपमा मदिरा अनिवार्य हुन्छ । सगुनमा मदिराको विकल्प नहुने भएकाले नपिउनेले पनि सगुनका रूपमा मुखमा हाल्नैपर्ने हुन्छ । श्राद्धमा गणेश कुमारको पूजा गर्दा मदिरा नचढाई हुन्न । मदिरा सेवन गर्नेलाई मतवाली भनेर होच्याउने जातिमा पनि मदिरा प्रतिष्ठाको विषय बन्न थालेको धेरै भइसक्यो ।

Liquir

 

सहरिया उच्च र मध्यमवर्गमा बिहेका भोजमात्र हैन पास्नी, न्वारान, तीजको दर सबैमा मदिरा चल्छ । सहरमा त मदिरा स्वीकार्यमात्र भएन, सामाजिक प्रतिष्ठासग जोडिएको छ । कुनै बेला मदिरा र मदिरा सेवन गर्नेलाई हेयले हेर्ने समाजमा मदिरा अब प्रतिष्ठा बन्न थालेको छ । भोजभतेरमा अरू जतिसुकै परिकार भए पनि मदिरा नभएको भोजको नकारात्मक चर्चा हुन थालेको छ ।

मुलुकमा मदिराको प्रचलन सदियौंदेखि भए पनि आधुनिक प्रविधिबाट मदिरा उत्पादनको इतिहास छोटो छ । अन्नबाट घरमै बनाइने (घरपाला) उत्पादन नै प्रयोग हुन्थ्यो, अहिले पनि हुन्छ । आयातीत मदिराको चुस्की लिने सौभाग्य थोरै अभिजात्य धनाढ्यले मात्र पाएका थिए । जंगबहादुर राणाले युरोपको यात्रा गरेपछि नेपालीको विदेश यात्रा सुरु भयो । विदेशमा सम्पर्कसगै विदेशी मदिरा भित्रिन थाल्यो । राणाकालमा राजा र राणा परिवारमा विदेशी मदिरा भित्रिने गथ्र्यो । विदेशी मदिराको लतकै कारण शाह राजाका साथै कतिपय राणा परिवारका सदस्यले अल्पायुमै ज्यान गुमाएको इतिहास छ । ‘दिनमै सिंगै बोतल रित्याइदिने तर घरमा तलमाथि गर्दासमेत अरूलाई बोकाउने सामन्ती बानीका कारण मदिरा पिउने चाडै बित्थे’, नेपालको आर्थिक इतिहास लेखिरहेका अर्थशास्त्री डा. विश्व पौडेल भन्छन्, ‘मदिरा ठिक्क पिउने, एक्सरसाइज गर्ने बानी थिएन ।’


सहरिया उच्च र मध्यमवर्गमा बिहेका भोजमात्र हैन पास्नी, न्वारान, तीजको दर सबैमा मदिरा चल्छ । सहरमा त मदिरा स्वीकार्यमात्र भएन, सामाजिक प्रतिष्ठासग जोडिएको छ । कुनै बेला मदिरा र मदिरा सेवन गर्नेलाई हेयले हेर्ने समाजमा मदिरा अब प्रतिष्ठा बन्न थालेको छ ।


सन साठीको दशकमा महेन्द्र सुगर मिल एन्ड जनरल प्राइभेट लिमिटेडले उखु क्रसिङ गर्दा निस्किने खुदो (मोलासिस) बाट मदिरा उत्पादन गरी बोतलमा सिलप्याक मदिरा बजारमा ल्याएको थियो । केही दशक अघिसम्म मदिराको आपूर्ति ठेक्का प्रणालीमार्फत हुन्थ्यो । सरकारले क्षेत्र तोकेर पाच वर्षका लागि मदिरा ठेक्का आह्वान गथ्र्यो । सम्बद्ध ठेकेदारले ठाउ-ठाउमा बिक्री केन्द्र राखेका हुन्थे । ‘काठको ड्रममा मदिरा लिएर ठेकेदारका मान्छे बसेका हुन्थे’, राणाकालदेखि मदिरा कारोबारमा संलग्न परिवारका विजय शाह (जावलाखेल डिस्टिलरी र हिमालयन डिस्टिलरीका संस्थापक) सम्झन्छन्, ‘ड्रममा पाइप डुबाई खरिदकर्ताले ल्याएको भा“डोमा मदिरा दिइन्थ्यो ।’ यसरी मदिरा बिक्री गर्ने चलन केही वर्षअघिसम्म प्रचलित थियो ।

मदिराको कारोबारमा संलग्न परिवारका पाचौं पुस्ताका विजयले सन् १९७३ मा दोस्रो आधुनिक मदिरा उद्योग सञ्चालनमा ल्याएका थिए, जावलाखेल डिस्टिलरी । ‘यसपछि मुलुकमा एकपछि अर्को मदिरा उद्योग खुल्दै गए’, उनी भन्छन्, ‘ठेक्का प्रणालीबाट मदिरा कारोबार गर्ने क्रम पनि यहीबाट भंग भयो ।’ मदिराको माग पनि बढेको बढ्यै छ । आधुनिक उद्योग खुल्न थालेपछि सरकारले पनि मदिरामा अन्तःशुल्क असुल्न उद्योगमै कर्मचारी खटाउन थाल्यो ।

रङका आधारमा मदिरालाई डार्क र ह्वाइट स्पिरिटमा वर्गीकरण गरिन्छ । कलर/फ्लेभर मि श्रण गरी गाढा रङ दिइने ह्विस्की, ब्रान्डी, वाइन सामान्यतया डार्क स्पिरिट हुन् । पानीजस्तो देखिने भोड्का जिन ह्वाइट स्पिरिट । हिजोआज ह्वाइट रम/ब्रान्डी पनि उत्पादन हुन्छ । परम्परागत भोड्कामा फ्लेभर प्रयोग नगरिने भए पनि पछिल्ला दिनमा फ्लेभर प्रयोग गर्ने चलन बढ्दो छ । बजारमा डार्क स्पिरिटको माग बढी छ । तर पछिल्ला वर्षहरूमा ह्वाइट स्पिरिटको माग पनि क्रमशः बढिरहेको छ ।

बृजमोहन मि श्र (पीएचडी, अल्कोहल टेक्नोलोजी) का अनुसार विधि झन्डै उस्तै भए पनि प्रयोग हुने कच्चा पदार्थका आधारमा मदिरा फरकफरक हुन्छन् । ह्विस्की चिनी बनाउने क्रममा उखु क्रसिङ गर्दा निस्कने खुदो (मोलासिस) लाई फर्मेन्टेसन गरी उत्पादन गरिन्छ । रम उखुको रसबाट बन्छ । ब्रान्डी र वाइनको कच्चा पदार्थ अंगुरको जुस हो । गहुको दानामा जुनिपर बेरी जडीबुटीको मि श्रण नगरी जिन हुँदैन । खास भोडका भनेको आलुबाट बनाइन्छ । तर दक्षिण एसियाली मुलुकहरूमा ह्विस्कीका साथै रम र भोड्का पनि मोलासिसबाटै बनाइन्छ ।

मोलासिसलाई डिस्टिल गरी पानी निकालेपछि बनेको ग्लुकोज र कार्बोहाइड्रेडलाई सय डिग्री सेन्टिगे्रडमा पानीमा उमालेपछि १२ प्रतिशत सुगर निस्कन्छ । फर्मेन्टेसन गरी इथानोल स्पिरिट र कार्बोहाइड्रेडमा परिणत हुन्छ । यसमा ९६ प्रतिशत अल्कोहल हुन्छ । त्यसैमा कलर, फ्लेभर, जडीबुटीको मि श्रण (ब्लेन्डिङ) गरी ह्विस्की तयार हुन्छ । फरक कच्चा पदार्थ प्रयोग गरे पनि ब्रान्डी, रम, भोडका, जिन उत्पादन गर्ने विधि उस्तै हो । प्रविधि पुरातन भए पनि घरपाला मदिरा बनाउने तरिका पनि यस्तै हो ।

स्कटल्यान्डमा उत्पादित ह्विस्की (स्कच) सबैभन्दा अब्बल मानिन्छ । स्कच बनाउने विधि अलि फरक छ । ढड्याएर उमारेको जौ (माल्ट) लाई सुकाएर पिठो बनाई फर्मेन्टेसन गरेर स्पिरिटमा परिणत गरिन्छ । यो स्पिरिट ओक (काठको भाँडो) मा भरेर समुद्रमा राखिन्छ । समुद्रमा राखेको अवधिका आधारमा स्कच १२ (ब्ल्याक लेबल), १५ (ग्रिन लेबल), १८ वर्ष (गोल्ड लेबल) का हुन्छन् । समुद्रमा भण्डारण गरिएको स्पिरिटमा जडीबुटी ब्लेन्डिङ गरेपछि स्कच ह्विस्की तयार हुन्छ ।

अरूले स्कचजस्तो ह्विस्की उत्पादन गर्न नसक्नुको कारण स्कटल्यान्डको हावा, माल्ट र पानी हो । स्कटल्यान्डमा उत्पादन हुने खालको माल्ट नै अन्यत्र उत्पादन हुँदैन । त्यहाको पानीले पनि अरू ठाउ“मा उही विधि/प्रविधिबाट उत्पादन गरे पनि स्वादमा फरकपन ल्याउँछ । अल्कोहललाई ओकमा राखेपछि समुद्रमा हुने सम्पर्कले पनि फरक पारेको छ । सिंगल माल्ट बनाउने विधि उही हो । तर, यसमा एउटै लटको माल्टलाई फरमेन्टेस, ब्याच डिस्टिलेसन, म्याचुरेसन गरी उत्पादन गरिने भएकाले सिंगल माल्ट भनिएको हो ।

मदिरालाई हामीकहा ब्रिटिस प्रणालीको यूपीमा मापन गरिन्छ । यूपी भनेको कुनै पनि मदिरामा रहेको अल्कोहलको मात्रालाई बुझाउँछ । यूपीअनुसार मदिराको मात्रा थाहा पाउन सकिन्छ । २५ यूपीको मदिरामा ४२ प्रतिशतभन्दा केही बढी अल्कोहल हुन्छ । प्रणालीअनुसार २५ यूपी भनेपछि एक सयबाट २५ घटाएर बाकी हुने ७५ लाई १ दशमलव ५७१ ले भाग गर्दा हुने अंक ४२ दशमलव ५ प्रतिशत अल्कोहल त्यसमा रहेको बुझ्नु र्छ । यसैगरी ४० यूपीको मदिरामा कति प्रतिशत अल्कोहल छ भन्ने बुझ्न एक सय बाट ४० घटाउदा बाकी हुने ६० लाई १ दशमलव ५७१ प्रतिशतले भाग गर्दा ३४ प्रतिशत हुन्छ ।

मदिरालाई सकारात्मक रूपमा लिइन्न । तर, यो बेफाइदाजनकमात्रै हैन; यसका फाइदा पनि छन् । डा. मि श्रका अनुसार ‘मोडरेट’ परिमाणमा मदिरा सेवन गर्नुपर्छ, यसका फाइदैफाइदा छन् । आफ्नो वजन जति छ, त्यति नै मिलिलिटर परिमाणमा मदिरा मोडरेट हो— ६० किलोको सेवनकर्ताले ६० एमएल पिउने, ९० किलो वजन हुनेले ९० एमएल । सो परिमाणमा दैनिक मदिरा सेवन गरे भोक लाग्ने, पच्ने प्रक्रिया एकदम ठीक हुन्छ । यसले कोलेस्ट्रोल कन्ट्रोलमा राख्छ । मान्छेको स्मरणशक्ति पनि घट्न दिँदैन । ‘दक्षिण भारतमा ब्राह्मणहरूको स्मरण शक्ति चाडै कमजोर हुनुमा मदिरा परहेज गर्नु देखियो’, उनी थप्छन् ।

सहरिया कामकाजी वर्गका मान्छे स्ट्रेसमा हुन्छन्, निद्रा राम्रो पर्दैन । यसले गर्दा ब्लडप्रेसर, डायबिटिज आदि हुने खतरा हुन्छ । तर मोडरेट परिमाणमा मदिरा पिएर आनन्दपूर्वक निद्रा लागे, त्यस्तो खतराबाट बच्न सकिन्छ । युरोपमा अधिकांशले मदिरा सेवन गरे पनि स्वस्थ रहनुको कारण मोडरेट परिमाणमा ड्रिंक हो । ६० मिलिमिटर हार्ड डिंकबराबर एक बोतल (६५० एमएल) बियर हुन्छ । यसैले वजनअनुसार पिउनेले यही हिसाबले पिउनुपर्छ । वाइनको हकमा चाहि दुई सय ५० देखि तीन सय ५० एमएमल उपयुक्त हुने उनको सुझाव छ ।

मदिरामा ह्विस्कीमा पानी/आइस/सोडा मिसाएर पिउने चलन छ । रममा जाडोमा तातोपानी, गर्मीमा कोक, जिनमा टनिक वाटर/कागती, भोड्कामा क्यानबेरी जुस पिउँछन् । डा. मि श्र मदिरा खासमा केही नमिसाई वा थोरै आइससम्म मिसाएर पिउने कुरा हो भन्छन् ।

केही वर्षअघि एक बोतल (सात सय ५० मिलिलिटर) को एक लाख पर्ने ह्विस्की जोनी वाकर ओडीसीको स्वाद चखाउने कार्यक्रममा स्कटल्यान्डबाटै आएका बार टेन्डरले उच्च गुणस्तरीय मदिरा कसरी पिउने भनेर सिकाएका थिए । मदिरामा पानी नहाल्ने, एक टुक्रा आइससम्म हाल्न सकिन्छ । पानी वा धेरै आइसको सम्मि श्रण भए मदिराको स्वाद त्यसैमा हराएर महँगो मोलको आनन्द उठाउन नसकिने बार टेन्डरले सम्झाउन परेको थियो । ग्लासको धार दुई ओठबीच पु¥याएपछि केही सेकेन्ड नाकले त्यसको सुगन्ध लिएरमात्र ह्विस्की मुखमा प्रवेश गराउनुपर्ने उनले बताएका थिए । ‘मुखमा हाल्नासाथ निलिहाल्ने होइन नि’, बार टेन्डर सचेत गराउदै भन्न परेको थियो । केही सेकेन्ड जिब्रोमै खेलाएर विस्तारै विस्तारै घाटी हुदै पेटमा पु¥याउनुपर्ने उनले बताएका थिए । बार टेन्डरको प्रशिक्षण लिएपछि काठमाडौंका छानिएका ५० जना भीआईपीमात्र बोलाइएको उक्त कार्यक्रममा कतिपयले ‘ओहो हामीले त रक्सी खान जानेकै रहेनछौं’ भनेर एकआपसमा कुरा गरेका थिए ।

डा. मि श्रका अनुसार पिउनपर्ने ‘निट’ हो । ठाउअनुसार मदिरामा मिसाउने कुरा फरकफरक प्रचलित छन् । जस्तो, नेपालमा रम जाडोमा तातोपानी, मह आदि मिसाएर र गर्मीमा कोक मिसाएर पिउने गरिन्छ । यस्तो चलन बाहिर भेटिन्न । कक्टेल चाहि बार टेन्डरका उपज हुन् । मदिरा उद्योगले कक्टेल उत्पादन गर्दैन । बार टेन्डरले मदिरामा मि श्रण गर्ने कुरामा प्रयोग गर्दागर्दै एउटा नामले खास किसिमको कक्टेल उत्पादन हँुदै गएको हो । कक्टेलका हजारौं रेसिपी छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :