पानी उद्योगमाथि कारवाही सुरु

यो समाचार 450 पटक पढिएको

काठमाडौं/ खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले स्रिंक ¥याप नगरिएका पानीको जार तथा बोटल उद्योगमाथि कारवाही गर्न सुरु गरेको छ ।
Water Jarविभागले आफ्नो निर्देशन अटेरी गरेको भन्दै पानी उद्योगलाई कारवाहीको दायरामा ल्याउन लागेको छ । विभागले जेठ १ गतेदेखि उद्योगीले अनिवार्य रुपमा पानीको वोतल तथा जारमा बिक्रोमा प्लास्टिकको स्रिंक ¥याप गर्न निर्देशन दिएको थियो । स्रिंक ¥यापमा उद्योगको नाम र खाद्य विभागबाट लिइएको अनुज्ञा पत्रको नम्बर उल्लेख गरेर मात्रै बजारमा बिक्रि बितरण गर्न मुलुकभरका उद्योगीलाई निर्देशन दिएको थियो ।

निर्देशन पालना नगरेको आरोपमा बिभागले सोमबार तीन उद्योगको उत्पादनमा रोक लगाएको छ । जसअनुसार एक्वा सुलभ ब्राण्डमा पानी उत्पादन गर्ने अग्राज ग्रुप प्राईभेट लिमिटेड, अक्वा बुद्ध ब्राण्डमा उत्पादन गर्ने बुद्ध भूमि प्रशोधित पानी उद्योग र फ्रेस टुओ ब्राण्डमा उत्पादन गर्ने नेवा वेभरेज प्राईभेट लिमिटेडको उत्पादनमा रोक लगाएको छ ।

यसैगरी आईतबार बिभागले सोही अभियोगमा समुल ग्रुप उद्योग, क्रिस्टल एक्वा सर्भिस र एक्वा स्टार मिनरल वाटर उद्योगमा उत्पादन गर्न रोक लगाएको थियो । विक्रेताले जार र बोटलमा आफुखुशी गुणस्तरहिन पानी भरेर बजारमा पाइने बिक्रो लगाएर उपभोक्तालाई बिक्रि बितरण गर्दैआएको प्रमाण फेला परेपछि बिभागले बिक्रोमै स्रिंक ¥याप गर्ने प्रविधि जडान गरेर मात्र बजारमा बिक्रि बितरण गर्न पाइने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :