५ सय कृषि प्राविधिकको जागिर खुल्यो 

यो समाचार 236 पटक पढिएको

७३ जिल्लामा कृषि प्राविधिक माग

काठमाडौंसरकारले एक गाउं विकास समिति एक कृषि प्राविधिक नीतिअन्तर्गत हरेक गाउँ विकास समितिमा कृषि प्राविधिक पुर्याउन कृषि प्राविधिक माग गरेको छ ।

Department of Agriculture Of Nepal Vacanvy

कृषि विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले ७३ जिल्लामा ५ सय जना कृषि प्राविधिक नियुक्त गर्न माग गरेको छ। कृषि बिभागले कृषि सेवातर्फ राजपत्र अनंकित दितिय श्रेणीका नायव प्राविधिक सहायक(ना.प्रा.स.) पदमा करारमा कृषि प्राविधिक नियुक्त गर्न यो संख्यामा आवेदन माग गरेको हो ।

विभागले जिल्ला तोकेर खुलातर्फ २ सय ८०, महिलातर्फ ७९, आदिवासी जनजातितर्फ ६८, मधेशी ४६, दलिततर्फ २७ गरेर ५ सय कृषि प्राविधिक नियुक्त गर्न आवेदन माग गरेको छ । बिभागले सोमबार सूचना प्रकाशित गरी कृषि बिभागले खुला तथा समावेशी सिद्धान्त अनुसार राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदार सरहका नायब प्राविधिक सहायक माग गरेको हो । जस अनुसार सबैभन्दा धेरै धनुषामा १३ जना, सप्तरी, सिरहा, सर्लाही र रौतहटमा १२ जना माग गरिएको छ।

Department of Agriculture Of Nepal Vacanvy 2यस पदमा आवेदन दिन एसएलसी पास गरी एक वर्षे जेटिए तालिम लिएको वा कृषि विषय लिई टि एसएलसी पास गरेको हुनुपर्नेछ। इच्छुक १८ देखि ३५ वर्षसम्मका नेपाली नागरिकले जेठ ३ गतेसम्म आफ्नो जिल्ला कृषि विकास कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदनका लागि परीक्षा दस्तुर ३ सय रुपैयाँ र समावेशी समूहको लागि थप १ सय ५० रुपैयाँ तोकिएको छ।

 थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस्

  कृषिमा प्राविधिक जागिर खुल्यो

रचनात्मक प्रतिक्रिया दिनुहोस् :