कृषिमा दुई अर्बभन्दा बढी नोक्सानी हुने अनुमान

यो समाचार 463 पटक पढिएको

पोखरा/ खडेरीका कारण पश्चिमाञ्चलको कृषि क्षेत्रमा दुई अर्ब ८१ लाख रुपियाँको नोक्सानी हुने अनुमान क्षेत्रीय कृषि निर्देशनालयले पोखराले जनाएकोे छ । कृषि सूचना तथा संञ्चार केन्द्रको आयोजनामा भएको जलवायु सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा आज पोखरामा भएको पत्रकार, वातावरण विज्ञ, कृषि सूचना तथा संञ्चार केन्द्र बीच भएको क्षेत्रीय कृषि निर्देशक वेनीबहादुर बस्नेतले सो जानकारी दिनुभएको हो । खडेरीका कारण मकै, सुन्तला र अन्य फलफुल, चैते धान, गहुँ, तरकारी, आलु, अलैची र धानमा नोक्सानी हुदाँ यस क्षेत्रमा खाद्यय संङकट समेत पर्न सक्ने बताउनु भयो ।

२१ सय ६१ हेक्टरमा लगाइएको मकैमा आठ करोड ५० लाख ,सुन्तला र अन्य फलफुलमा गरी सात करोड ३७ लाख, चैते धानमा चार करोड १६ लाख, गहुँमा ७६ करोड ११ लाख,े तरकारीमा २३ करोड १५ लाख,े अलैची खेतीमा ३७ लाख ५० हजार, यस्तै धानको ७९ करोड १४ लाख रुपियाँ तथा यस्तै गरी अन्य सबै बालीमा पनि नोक्सानी हुने अनुमान कार्यालयले गरेको उहाँले बताउनु भयो । कार्यक्रममा लामो समयसम्म खडेरी पर्नु, अत्याधिक वर्षा हुनुले कृषि पद्दतिमा जलवायु परिवर्तनको असर परेको छ । जलवायु परिवर्तनका कारण ३२ देशका जिल्लामा खाद्यय असुरक्षा बढेको तथ्याङक रहेको जसमा गण्डकी अञ्चलका मनाङ, मुस्ताङ, कास्की र गोरखा परेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :