आयआर्जनमा बोटे समुदाय

यो समाचार 328 पटक पढिएको

दमौली/ नदीमा माछा मारेर र ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोटे समुदाय यतिबेला आयआर्जनमा लागेका छन् । बोटे समुदायको बसोबास रहेको व्यास–७ पाटन, व्यास–५ बैरेनी र कुमालटारी र क्यामिन–९ बोटेटारका बोटेहरु सामूहिक पशुपालन र तरकारी खेतीमा लागेका हुन् ।

Agro Productएसियाली विकास बैंकको सहयोगमा स्थानीय विकास मन्त्रालयले अति सीमान्तकृत जातिको उत्थानका लागि पशुपालन र तरकारी खेती गर्नका लागि सहयोग गरेको छ । बोटे समुदायको आयआर्जनमा सुधार ल्याउने उद्देश्य सहित गत माघबाट कार्यक्रम सुरु भएको हो । जस अनुसार व्यास–७ पाटनस्थित मादीसेती बोटे कृषक समूहलाई ८ लाख, व्यास– बैरेनीस्थित सफल विकास समूहलाई ७ लाख, कुमालटारीको मिलनसार बोटे समूहलाई साढे ६ लाख, क्यामिन–९ बोटेटारको दिगो विकास समूहलाई ६ लाख रुपैयाँ सहयोग गरेको थियो ।

तीमध्ये मादीसेती बोटे कृषक समूहले सामूहिक बाख्रापालन र तरकारी खेती, सफल विकास समूहले बंगुरपालन, मिलनसार बोटे समूहले कुखुरापालन र दिगो विकास समूहले बंगुरपालन गरेको छ । मादीसेती बोटे कृषक समूहमा १७ जना, सफल विकास समूहमा २० जना, मिलनसार बोटे समूहमा २२ जना र दिगो विकास समूहमा २० जना बोटेहरु आबद्ध छन् ।

मादीसेती बोटे कृषक समूहकी अध्यक्ष रमिला बोटेले उक्त सहयोगपछि आयआर्जनका लागि आफूहरुलाई सहयोग मिलेको बताइन् । उनले आफूहरुले हाल २४ वटा बाख्रा पाल्दै आएको जानकारी दिइन् । उनका अनुसार समूहमा आबद्ध सदस्यहरुलाई बाख्रा चराउनका लागि दैनिक पालो लगाइएको छ । चार समूहमा सदस्यहरुलाई विभाजन गरी बाख्रा चराउने, कुढो बनाउने, गोठ सफा गर्ने लगायतका कामहरु विभाजन गरिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :