पशुपालनमा साना किसानको सवा ३१ अर्ब लगानी

यो समाचार 443 पटक पढिएको

काठमाडौं /साना किसान बैंकले पशुपालनका क्षेत्रमा हालसम्म ३० अर्ब ७१ करोड लगानी गरेको छ ।

Goat-with-naryan-achryjaबैंकले आफू मातहतका सहकारी संस्थामार्फत सो लगानी गरेको हो । बैंकले मासु तथा दुग्ध उत्पादन, बाख्रा, बंगुर, पाडापाडी, भैंसी र गाई पालनमा सो रकम लगानी गरेको हो । माघसम्म ३ सय ३० सहकारी संस्थाका ६० हजार किसानलाई ४ अर्ब ९४ करोड कर्जा प्रवाह भएको छ । उक्त रकमबाट ३ लाख ३३ हजार १ सय ९२ पशु पालन गरिएको छ ।

त्यसैगरी, सो अबधिमा २२ अर्ब १२ करोड रुपैयाँ असुली गरेको छ । पुस मसान्तसम्म बैंकको लगानीमा रहेको ऋण ८ अर्ब ५९ करोड रुपैयाँ छ भने भाखा नाघेको कर्जा रकम ०।१ प्रतिशत मात्र र कर्जा असुलीदर ९९ प्रतिशत रहेको छ ।

सरकारको सहयोगमा साना किसान सहकारी संस्थामार्फत २ अर्ब ३७ करोड रुपैयाँ मूल्य बराबरको पशुधन सुरक्षण गरिएको छ । इजरायली राजदूतावाससँगको सहकार्यमा नेपालको कृषिमा आधुनिक प्राविधि र प्रविधियुक्त जनशक्ति तयार गर्न साना किसान परिवारका २० देखि ३० वर्ष उमेर समूहका युवालाई इजरायलका कृषि तालिम केन्द्रमा १०÷११ महिनासम्मको कृषि तालिम सञ्चालन हुँदै आएको छ ।

यस अन्तर्गत हालसम्म तीन चरणमा गरी १ हजार १ सय ५० जनालाई, इजरायल पठाइएकोमा ६ सय जनाले तालिम पूरा गरी नेपाल फर्किएका छन् भने ५ सय जना भन्दा बढीको तालिम चलिरहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :