बाख्राले बदल्यो लिलामायाको जीवन

यो समाचार 346 पटक पढिएको

तेह्रथुम /दुई वर्ष अघिसम्म हक्पाराकी लिलामाया लिम्बुलाई बिहान बेलुका हात मुख जोर्न पनि धौ(धौ थियो । तेह्रथुमको फाक्चामारा गाविसको दक्षिणमा रहेका गाउँमा बस्ने लिलामायाको जीवनमा अभावै-अभाव मात्र थिए ।

Goatपेटभरी पानी पिउन समेत नपाइने गाउँमा उहाँलाई परिवार पाल्न गाह्रो थियो । बिजुलीको समेत सुविधा नभएको ठाउँमा बसेकी लिलामायालाई आफ्नो जीवनदेखि उदेक लाग्थ्यो । तर गाउँमा भएको दलित सचेतना समाज नेपालले उहाँको जीवनमा परिवर्तन ल्याइलियो । संस्थाले गरिबी निवारण कोषको सहयोगमा विपन्न बस्तीबाट गरिबी निवारणकालागि बस्तीका महिलालाई आयआर्जन हुने व्यवसाय गर्न उत्प्रेरणा दियो ।

कोषले संस्थालाई घुम्तीकोषको रुपमा लगानी गर्न दिएको २ लाख ७० हजार रुपैयाँमध्ये लिलामायाले पनि २० हजार रुपैयाँ ऋण स्वरुप लिनुभएको थियो । संस्थाबाट लिएको रकममा आफूले खाई नखाई जम्मा गरेको १० हजार रुपैयाँ थपेर ६ वटा माउ बाख्रा खरिद गरेर बाख्रापालन व्यवसाय थालेको लिलामायाले बताउनुभयो । अहिले लिलामायाले पालेका बाख्राले आँगन भरिसकेको छ । लिलामाया हिजोआज तीनै बाख्राको स्याहार सुसार गरेर आफ्नो जीवन चलाउनुहुन्छ । बाख्रापालनबाटै आएको पैसाले लिलामायाको परिवारको बिहान बेलुकाको छाक टर्छ र चाडपर्व कट्ने गर्छ ।

बाख्रा पाल्न थालेपछि उहाँलाई बालबच्चाको पढाई र बिरामी खर्च जुटाउन सजिलो भएको छ । ‘गरिखाने ढंग थिएन, हातखुट्टा सद्दे भएपनि केही गर्न सकेका थिएनौँ ।’ पहिलेको कुरा सम्झिँदै लिलामायाले भन्नुभयो, ‘तर जब ठाउँ, परिवेश र समय अनुसार आयआर्जनकालागि बाख्रापालन गर्ने प्रेरणा पाएँ, त्यसपछि मेरो जीवनको ढोका खुल्यो ।’

लिलामायाको जीवनमा अहिले थुप्रै फेरबदल भएको छ । गाउँमा गठन भएको शितलपाटी सामुदायिक संस्थामा आवद्ध भएर आयआर्जनमा लागेपछि लिलामायाको जीवनको लीला फेरिएको हो । गाउँमा पढे जानेका कोही थिएनन् के गर्दा के हुन्छ रु थाहै हुन्थेन ।’ लिलामायाले भन्नुभयो, ‘जब संस्था गठन भएर हामीलाई आयआर्जन गर्न समूहले नै प्रेरणासँगै लगानी गर्ने रकम पनि पाइयो, त्यसपछि हामीले बल्ल बाटो देख्यौँ ।

सुख्खा क्षेत्रमा अन्य व्यवसायभन्दा बाखा्रपालन उपयुक्त हुने भएपछि आफूले बाख्रापालन व्यवसाय रोजेर काम थालेको लिलामायाले बताउनभयो । उहाँ जस्तै यहाँका १२ विपन्न परिवारको जीवन अहिले बाख्रापालन, बंगुरपालन, गाईपालनले बदलिदिएको छ ।

सुख्खा क्षेत्र भएकाले अरु पेशा भन्दा पशुपालन गरेर यहाँका विपन्न परिवारले मनग्य आम्दानी लिएर परिवार धान्न सक्ने भएका छन् । सिंचाई सुविधा नहुँदा खेतीबाली लगाउन नपाउने उनीहरु अहिले पशु व्यवसाय गर्न थालेपछि पहिलको भन्दा दैनिकी राम्रो बन्दै आएको कृषकहरुको भनाई छ । पाक्चामारा गाविसका कृषकको जीवन बदल्नका लागि गरिबी निवारण कार्यक्रमले सघाएको स्थानीय किसान बताउँछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :