गर्मीसँगै फलफूलको कारोबार बढ्यो

यो समाचार 160 पटक पढिएको

काठमाडौं/ गर्मी लागेसँगै फलफूलको कारोबार बढेको छ । अहिले स्याउ, अंगुर, खर्बुजा र मेवाको कारोबार धेरै भएको नेपाल फलफूल व्यवसायी संघले जनाएको छ । संघका अनुसार नेपाली बजारमा खपत हुने फलफूल चीन र भारतबाट आयात हुने गरेको छ ।

फलफूलको माग र कारोबार बढेपनि स्वदेशी उत्पादन बढाउन नसक्दा छिमेकी देशको भर पर्नुपर्ने बाध्यता भएको संघका कोषाध्यक्ष काशीराम सापकोटाले बताउनुभयो । उहाँका अनुसार चीनसँगको केरुङ नाकाबाट काठमाण्डूको माग धान्ने गरी स्याउ आयात भैरहेको छ भने भारतको कोलकाताबाट भएर अंगुर, केरा, खर्बुजा, मेवा लगायतका फलफूल भित्रिरहेको छ ।

स्वदेशीमा यी फलफूल उत्पादन हुने भएपनि भण्डारण गर्ने प्रविधि नहुँदा छिमेकी देशबाटै आयात गर्नुपर्ने अवस्था आएको सापकोटाले बताउनुभयो । स्वदेशमा उत्पादन हुने केराको पुसरमाघ, स्याउको भदौरअसोज र आँपको असाररसाउन महिनामा मात्रै धेरै कारोबार हुने गरेको व्यवसायीले बताएका छन् ।

भण्डारणको व्यवस्था र फलफूल खेतीमा किसानलाई आकर्षित गर्न सके आयात घटाउन सकिने उनीहरुको भनाई छ । काठमाडौंको बल्खुमा रहेको फलफूल थोक बजारमा अहिले स्याउ किलोको ८० देखि १ सय रुपैयाँ, अंगुर ११० रुपैयाँ, खर्बुजा २५ देखि ३० रुपैयाँ र मेवा किलोको ५० देखि ५५ रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :