तरकारी बाली सुकेपछि किसान चिन्तामा

यो समाचार 379 पटक पढिएको

रामपुर (पाल्पा)/ लामो खडेरीले तरकारी बाली सुक्न थालेपछि जिल्लाको डाँडाभेगका किसान चिन्तामा परेका छन् ।

Vegetable seedप्रर्याप्त सिँचाइ सुविधा नहुँदा जिल्लामा व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसान बोट नै सुक्न थालेपछि मारमा परेका हुन् । खडेरीले यहाँ लगाइएका लहरे तरकारी बाली सुक्दै गएका छन् । अर्काको जग्गा भाडामा लिएर व्यवसाय गरेका किसानको लागत नउठ्ने पिर परेको छ ।

रामपुर– १० जाउने खरकका अगुवा किसान सूर्यप्रसाद रेग्मीले पाँच रोपनी जग्गामा लगाएको तरकारी सुकेपछि उहाँलाई लागत कसरी उठाउने भन्ने चिन्ताले सताउन थालेको छ । “पानीको मूल स्रोत गाउँमा नहुँदा तरकारी घामले दिन प्रतिदिन सुक्दै गएका छन्,” उहाँले भन्नुभयो । रेग्मीले गतवर्ष रु तीन लाखको तरकारी बिक्री गनुभएको थियो ।

युवा किसान मिनु थापा जापानको भिसा त्यागेर तरकारी खेतीमा लाग्नुभयो । गत वर्ष राम्रै आम्दानी भए पनि यस वर्ष खडेरीले लगानी उठ्न मश्किल भएको उहाँ बताउनुहुन्छ । यहाँका युवाले तरकारी उत्पादन गरी मनग्य कमाई गर्न थालेपनि अहिले खडेरीका कारण निराशा बनेका छन् । यस्तै पार्वती न्यौपानेले ६ रोपनी जग्गामा लगाएको तरकारी सिँचाइ गर्न नपाउँदा बोट नै सुक्न थालेका बताउनुहुन्छ । विद्युत्को सुविधा भएका ठाउँमा मोटरबाट पानी तानेर सिँचाइ गरेपनि डाँडाभेगका किसान खडेरीको मारमा परेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :