बोर्डको निर्देशकमा एमाले नेता

यो समाचार 392 पटक पढिएको

राजनीतिक हस्तक्षेप बढ्यो

काठमाडौ / सरकारी स्वामित्वको दुग्ध विकास बोर्डमा फेरी राजनीतिक हस्तक्षेप गरेर राजनीतिक नियुक्ति गरिएको छ ।

Kailash Dhungelदुग्ध क्षेत्रको बिज्ञ नियुक्त गर्नुपर्ने स्थानमा पशु पन्छी मन्त्रालयका मन्त्री शान्ता मानवीको प्रत्यक्ष हस्तक्षेपका कारण कार्यकारी निर्देशकमा नेकपा एमालेका नेता कैलाशप्रसाद ढुंगेललाई नियुक्त गरिएको छ । ढुंगेलको नियुक्तिसँगै दुग्ध विकास बोर्डमा फेरी राजनीतिक हस्तक्षेप बढेको चौतर्फी रुपमा आलोचना भइरहेको छ ।

मन्त्रीपरिषदको बैठकले रामेछाप २ बाट संविधान सभा निर्वाचनमा एकीकृत नेकपा माओवादीका उम्मेदबारबाट पराजित ढुंगेललाई कार्यकारी निर्देशकको रुपमा नियुक्त गरिएको हो । ढुंगेल रामेछाप जिल्लाको पूर्व जिल्ला विकास सभापतिसमेत रहिसकेका छन् । उनी बिहिबार नै दुग्ध विकास बोर्डमा पदवहाली गरिसकेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :