चिनी मिलको १३ मेगावाट विद्युत् यो वर्ष पनि खेर गयो

यो समाचार 394 पटक पढिएको

काठमाडौं/ सर्वसाधारणले चर्को लोडसेडिङ भोगिरहँदा चिनी उद्योगबाट उत्पादन हुने विद्युत् भने खेर गइरहेको छ । मुलुकका विभिन्न चिनी उद्योगबाट उत्पादन भइरहेको १३ मेगावाट विद्युत् यस वर्ष पनि खेर गएको हो । उखु क्रसिङका क्रममा सहउत्पादनका रूपमा विभिन्न चिनी मिलले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा नजोडिँदा खेर गएको हो ।
Sugar Factory, Nepalमन्त्रिपरिषद्ले अघिल्लो जेठमा ‘चिनी उद्योगबाट हुने विद्युत् सहउत्पादनको प्रवद्र्धन गर्ने’ प्रस्तावलाई स्वीकृति दिएको थियो । तर, प्रसारण लाइन, सबस्टेसनलगायत आवश्यक पूर्वाधार तथा प्रणालीको विकास नगरिँदा यस वर्ष पनि चिनी मिलबाट उत्पादन भएको विद्युत् खेर गएको छ । चिनी उद्योगले उखु पेलिसकेपछि निस्किने खोस्टाबाट विद्युत् उत्पादन गरिरहेका छन् । तर, त्यसको उपायोग हुन सकेको छैन । अघिल्लो सरकारले उखु पेल्ने यही सिजन (मंसिर)बाटै चिनी उद्योगबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्ययोजना बनाएको थियो । चिनी मिलको उखु पेल्ने सिजन मंसिरदेखि चैत अन्त्यसम्म हो ।

विद्युत् प्राधिकरणकै अध्ययनले अहिलेको अवस्थामा चिनी उद्योगले १० देखि १३ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने र तत्काल प्रसारण लाइनमा जोड्न सकिने देखाएको छ । उद्योगले थप लगानी र मेसिन, उपकरणमा सामान्य संरचनागत सुधार गरेर डेढ/दुई वर्षभित्र करिब ३०–४० मेगावाट विद्युत् (वार्षिक झन्डै १२ करोड युनिट) उत्पादन गर्न सक्नेछन् । थप पूर्वाधार सुधार र उल्लेख्य लगानी गर्ने हो भने २ देखि ४ वर्षभित्र ६३–८७ मेगावाट (वार्षिक २६ करोड युनिट) विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध हुन सक्ने अध्ययनले देखाएको थियो ।


विद्युत् ऐन २०४९ अनुसार विद्युत्को सर्वेक्षण, उत्पादन, प्रसारण र वितरणका लागि अनुमतिपत्र अनिवार्य छ, तर चिनी मिलसँग यस्तो अनुमतिपत्र छैन, सोही कारण चिनी उद्योगबाट उत्पादन हुने विद्युत् प्रसारण लाइनमा जोड्न समस्या रहेको प्राधिकरणका अधिकारीको भनाइ छ ।

  • शशिकान्त अग्रवाल, अध्यक्ष, नेपाल चिनी उद्योग संघ


 

नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले प्राधिकरणको लापरबाहीले गर्दा चिनी मिलबाटउत्पादन हुने विद्युत्को उपयोग हुन नसकेको बताए । ‘एभरेष्ट सुगर मिलले आफुले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडी पाऊँ भनी प्राधिकरणमा निवेदन नै दिएको छ,’ उनले भने, ‘तर, प्राधिकरणले काम नै अघि बढाएको छैन ।’ मुलुकले चर्को लोडसेडिङ भोगिरहेका वेला चिनी मिलको विद्युत् खेर गइरहनु प्राधिकरणको चरम लापरबाहीको नमुना भएको उनको भनाइ छ ।

उद्योगी स्वयंले चासो नदिँदा चिनी उद्योगको विद्युत् खेर गइरहेको विद्युत् प्राधिकरणको व्यापार विभाग प्रमुख प्रबल अधिकारीले बताए । ‘जम्मा एउटा उद्योगले मात्रै निवेदन हालेको थियो,’ उनले भने, ‘त्यसले पनि आवश्यक कागजात र प्रक्रिया पुर्‍याउन सकेको छैन ।’ चिनी उद्योगले उत्पादन गर्ने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न ऐन बाधक भएको प्राधिकरणका एक अधिकारीले तर्क गरेका छन् । विद्युत् ऐन–२०४९ अनुसार विद्युत्को सर्वेक्षण, उत्पादन, प्रसारण र वितरणका लागि अनुमतिपत्र अनिवार्य छ । तर, चिनी मिलसँग यस्तो अनुमतिपत्र छैन । सोही कारण चिनी उद्योगबाट उत्पादन हुने विद्युत् प्रसारण लाइनमा जोड्न समस्या रहेको उनको भनाइ छ ।

यद्यपि, ऐनको दफा ३५ मा नेपाल सरकारले कुनै व्यक्ति वा संस्थासँग करार गरी सोही करारमा उल्लिखित सर्तहरूका आधारमा विद्युत् उत्पादन, प्रसारण वा वितरण गर्न/गराउन सक्नेछ । यही दफालाई टेकेर सरकारले चिनी मिलबाट उत्पादन हुने विद्युत् खरिद गर्ने निर्णय गरेका थियो । तर, प्राधिकरणले काम नगर्दा उत्पादित विद्युत् त्यसै खेर गएको अग्रवालले बताए ।

हाल सञ्चालनमा रहेका ११ भन्दा बढी चिनी उद्योगले वार्षिक झन्डै ३० लाख टन उखु पेल्छन्, जसको खोस्टाबाट अत्यधिक लोडसेडिङ हुने हिउँद याममा विद्युत् पनि उत्पादन हुन्छ । अधिकांश उद्योग विद्युत् तथा सडक पहँुच भएको ठाउँमा रहेकाले उनीहरूले उत्पादन गरेको विद्युत् प्रसारण लाइनमा सहजै जोड्न सकिने उद्योगी बताउँछन् । जलविद्युत् आयोजनालाई अहिले दिँदै आएको सूचीकृत दर (पोस्टेड रेट)अनुसार नै चिनी उद्योगबाट उत्पादन हुने विद्युत्को मूल्य कायम हुने सहमति भइसकेको छ । हाल प्राधिकरणले हिउँद याममा जलविद्युत् आयोजनाबाट प्रतियुनिट ८ रुपैयाँ ४० पैसाका दरले विद्युत् खरिद गर्दै आएको छ ।

विद्युत् प्राधिकरणको अध्ययनबाट अहिलेको अवस्थामा चिनी उद्योगले १० देखि १३ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने देखिएको छ, उद्योगले थप लगानी र मेसिन, उपकरणमा समान्य संरचनागत सुधार गरेर डेढ–दुई वर्षभित्र करिब ३०–४० मेगावाट विद्युत् (वार्षिक झन्डै १२ करोड युनिट) उत्पादन गर्न सक्नेछन् ।
मन्त्रिपरिषद्ले अघिल्लो जेठमा ‘चिनी उद्योगबाट हुने विद्युत् सहउत्पादनको प्रवद्र्धन गर्ने’ प्रस्तावलाई स्वीकृति दिएको थियो, तर प्रसारण लाइन, सबस्टेसनलगायत आवश्यक पूर्वाधार तथा प्रणालीको विकास नगरिँदा यस वर्ष पनि चिनी मिलबाट उत्पादन भएको विद्युत् खेर गएको हो ।

एभरेष्ट सुगर मिलले आफूले उत्पादन गरेको विद्युत् ‘राष्ट्रिय प्रसारण लाइनमा जोडिपाऊँ’ भनी प्राधिकरणमा निवेदन नै दिएको छ, तर प्राधिकरणले काम नै अघि बढाएन, मुलुकले चर्को लोडसेडिङ भोगिरहेका वेला चिनी मिलको विद्युत् खेर गइरहनु प्राधिकरणको चरम लापारबाहीको नमुना भएको हो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :