डेढ करोडको लगानीमा चिज उद्योग

यो समाचार 276 पटक पढिएको

तेह्रथुम/ संखुवासभाको तामाफोक–९ टुटेमा एक करोड ५० लाख रुपैयाँको लगानीमा चिज उद्योग खुलेको छ । तेह्रथुमको सुङ्नामका व्यवसायी तेजेन्द्र कुरुङवाङले चिज उद्योग सञ्चालन गर्नुभएको हो ।

cheej goatग्रामीण क्षेत्रका किसानले पालेका पशुको दूध संकलन गरेर चिज उत्पादन सुरु गरेको कुरुङवाङले बताउनुभयो । दुई वर्षअघि मेन्छ्यायेम कृषि उद्योग दर्ता गरेर काम थाल्नुभएका उहाँले तीन महिना अघिबाट उद्योगको उत्पादन बजारमा ल्याउनुभएको छ ।

दैनिक तीन हजार लिटर दुध खपत गर्ने लक्ष्यका साथ काम गरिरहनु भएका उहाँले दूध अभावमा अहिले एक हजार लिटर दूध मात्र किसानसँग खरिद गरिरहनुभएको छ । सुख्खा मौसममा दूध कम दिने भएकाले चिजका लागि दूध अभाव भएको कुरुङवाङले बताउनुभयो । उद्योगमा चिजका साथै अहिले छुर्पी र घ्यु पनि उत्पादन भइरहेको छ । तेह्रथुम, धनकुटा र संखुवासभाका चार वटा दूग्ध संकलन केन्द्रसँग दुध खरिदका लागि सम्झौता गरिएको उहाँले बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :